Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपाली महिलाहरूको अस्ट्रेलियाली अनुभव समेटिएको पुस्तकमा सुनाउने हैन त आफ्नो कथा?

A book will be published by DBSV on Australian Experience of Nepali women

Didi Bahini Samaj Victoria (DBSV) is looking for Nepali women to share their Australian experience for a book to be published later this year. Source: Didi Bahini Samaj Victoria

दिदी बहिनी समाज भिक्टोरियाले नेपाली महिलाहरूको अस्ट्रेलिया अनुभव समेटेको पुस्तक सार्वजनिक गर्ने भएको छ। आउँदो ३१ मार्चसम्म आफ्नो कथा बाँड्न चाहनेहरूले अनुभवहरू लेखेर पठाउन सक्ने बताइएको छ।


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


दिदी बहिनी समाज भिक्टोरियाले नेपाली महिलाहरूको अस्ट्रेलिया अनुभव समेटेको पुस्तक सार्वजनिक गर्ने भएको छ। आउँदो ३१ मार्चसम्म आफ्नो कथा बाँड्न चाहनेहरूले अनुभवहरू लेखेर पठाउन सक्ने बताइएको छ।


८ मार्चमा यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवस मनाउने क्रममा दिदी बहिनी समाज भिक्टोरियाले एक पुस्तक सार्वजनिक गर्ने निर्णय गरे अनुरूप अहिले अस्ट्रेलिया भरका महिलाहरूलाई आफ्ना अनुभव साट्न आग्रह गरेको छ। 

दिदी बहिनी समाज भिक्टोरियाकी अध्यक्ष जमुना पराजुलीले ३१ मार्च सम्म अस्ट्रेलियामा रहेका महिलाहरूले आफ्ना कथा समाजको वेबसाइटमा उपलब्ध गराइएको लिङ्कमा गएर पठाउन सक्ने बताएकी छिन्। 

पुस्तक सार्वजनिक हुने मिति अहिले तय नभए पनि अहिले सम्म भिक्टोरियामा रहेका महिला उद्यमीहरूको कथा भने समेटिने निश्चित भएको संयोजक रोशनी श्रेष्ठले जानकारी दिइन्। 

सन् २०१४ देखि भिक्टोरियाका नेपाली पृष्ठभूमिका महिलाहरूको प्रतिनिधित्व गर्दै आएको उक्त संस्थाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राज्यका महिला उद्यमीहरूलाई सम्मान गरेको थियो।

पराजुली र श्रेष्ठसँग गरिएको पुरा कुराकानी सुन्नुहोस् : नेपाली महिलाहरूको अस्ट्रेलियाली अनुभव समेटिएको पुस्तकमा सुनाउने हैन त आफ्नो कथा? हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Jamuna Parajuli, Roshani Shrestha, Didibahini Samaj Victoria
Source: Didibahini Samaj Victoria


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now