अस्ट्रेलियामा बसोबास: के हो घरेलु हिंसा सुरक्षात्मक आदेश र यसले कसरी काम गर्छ?

door knock

Source: Pixabay

घरेलु हिंसाको सिकार भएका मानिसहरूले थप हिंसाबाट आफूलाई जोगाउनका लागि इन्टरभेन्सन अर्डर लगायत अन्य तरिकाहरू अपनाउन सक्छन्। यी तरिकाहरू केके हुन्, कसरी लागु गर्न सकिन्छ, र तिनले कसरी मद्दत गर्छन् भन्ने बारेमा एक रिपोर्ट।


घरेलु हिंसाको सिकार बन्न पुगेका मानिसहरूले थप हिंसामा नपर्नका लागि अपनाउन सक्ने तरिकाहरूलाई अस्ट्रेलियाका विभिन्न राज्य तथा टेरिटोरीहरूमा फरक-फरक नाम दिइएका छन्।

क्वीन्सल्याण्ड, एसीटी र नर्दन टेरिटोरीमा यसलाई डोमेस्टिक भायोलेन्स अर्डर भनिन्छ भने भिक्टोरिया र साउथ अस्ट्रेलियामा यसलाई इन्टरभेन्सन अर्डरको नाममा चिनिन्छ।

त्यस्तै न्यु साउथ वेल्समा अप्रिहेन्डेड डोमेस्टिक भायोलेन्स अर्डर भनिन्छ, तास्मेनियामा फ्यामिली भायोलेन्स अर्डर र वेस्टर्न अस्ट्रेलियामा यसलाई फ्यामिली भायोलेन्स रिस्ट्रेनिङ्ग अर्डर भनिन्छ।

रिपोर्ट सुन्नुहोस्: null] हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नाम अलग अलग भए तापनि यी सबैको काम भने एउटै नै हो - घरेलु तथा पारिवारिक हिंसा भोगेका मानिसहरूलाई थप हिंसा, त्रास र उत्पीडनबाट टाढा राख्ने।

नताशा मेकग्रो क्वीन्सल्यान्डको एक कानूनी संस्था, वीमेन्स लिगल सर्भिस क्वीन्सल्यान्डमा वकिलको रूपमा कार्यरत छिन्।

डोमेस्टिक भायोलेन्स अर्डर लागु गर्नु पर्छ कि पर्दैन भन्ने सन्दर्भमा, कुनै व्यक्ति डरको वातावरणमा बस्न बाध्य भए, आफ्नो बालबालिकालाई केही होला कि भन्ने डर भएमा तुरुन्तै कदम चाल्न जरुरी रहने उनको भनाई छ।

अस्ट्रेलियाका राज्य तथा टेरिटोरीहरूमा यसको फरक-फरक नाम भए झैँ, यिनलाई लागू गर्ने तरिका पनि ठाउँ अनुसार फरक हुन्छ।

Home Affairs granted extra spots for the State and Territory nominated visa allocations 2021/22 FY
Source: Pixabay

जकोबा ब्राश अस्ट्रेलियाली कानून परिषद्का अध्यक्ष हुन्।

डोमेस्टिक भायोलेन्स अर्डरहरू मुख्य दुई तरिकाले लागू गर्न सकिने उनी बताउँछिन्।

कतिपय अवस्थामा छिमेकीले या पीडित आफैले प्रहरीलाई बोलाएर, एभीओ (AVO) वा डिभीओ (DVO) जारी गर्न सक्छन्।

यस्तै निजी रूपमा अदालतमा गएर वा अनलाइनमा यसको फारम भरेर पनि प्रकिया सुरु गर्न सकिन्छ।

स्वयम् अदालतमा गई या अनलाइन नै डिभीओको फारम भर्न चाहने व्यक्तिहरूले, घरेलु तथा पारिवारिक हिंसा सम्बन्धी सेवा प्रदायकहरूबाट पहिले यस बारेमा सल्लाह लिन उचित हुने विज्ञहरू बताउँछन्।

मीह्याल मोरिस इन्टच मल्टीकल्चरल सेन्टर अगेन्स्ट फ्यामिली भायोलेन्स नामक संस्थाकी प्रमुख कार्यकारी अधिकृत हुन्।

उक्त संस्थाले आप्रवासी तथा शरणार्थी पृष्ठभूमिका महिलाहरूलाई सेवा प्रदान गर्ने गर्दछ।

इन्टचमा मद्दतका लागि आउने महिलाहरू मध्य ४० प्रतिशतसँग पहिले नै डोमेस्टिक भायोलेन्स अर्डर हुने गरेको उनी बताउँछिन्।

निजी रूपले डोमेस्टिक भायोलेन्स अर्डर आवेदन भर्दा, आफ्नो परिस्थितिको प्रमाण देखाउनु पर्ने हुन्छ।

यसका लागि पीडितले आफ्नो शरीरमा हिंसाका कारण भएको कुनै घाउ, या झडपका कारण कुनै सामानहरूको क्षति भएको तस्बिर प्रयोग गर्न सकिने नताशा मेकग्रोले बताइन्।

थमस स्प, लिगल एड न्यु साउथ वेल्समा एक ट्रायल अधिवक्ताको रूपमा कार्यरत छन्।

इन्टरभेन्सन अर्डर जसको विरुद्ध लागू गरिन्छ, त्यस व्यक्तिले आवेदक अर्थात् पीडितको वरिपरि कस्तो व्यवहार गर्नु पर्छ भनेर सर्तहरू उल्लेख गरिने उनले बताए।

एक पटक डोमेस्टिक भायोलेन्स अर्डरको आवेदन दर्ता गरिए पछि, जसको विरुद्ध गरिएको हो, त्यस व्यक्तिले अदालतमा उपस्थित भएर त्यसमा सहमत हुन या त्यसको विरुद्ध जान सक्छन्।

विरुद्ध गएमा, अदालतमा मुद्दा चल्ने, नताशा मेकग्रो बताउँछिन्।

यस बारेमा सन् २०१७ मा गरिएका केही नियम परिवर्तनका कारण वर्तमान समयमा अस्ट्रेलियाको एउटा राज्य वा टेरिटोरीमा लागु गरिएको डोमेस्टिक भायोलेन्स प्रोटेक्सन अर्डर, धेरै जस्तो समय अन्य राज्य तथा टेरिटोरीहरूमा पनि योग्य हुने, थमस स्प बताउँछन्।

जसको विरुद्ध भायोलेन्स अर्डर जारी गरिएको हो, उक्त व्यक्तिले सर्तहरूको उल्लङ्घन गरेमा, जरिवाना तिर्नु पर्ने या जेल सजाय हुन सक्छ।

तर केही मामिलाहरूमा भने यो प्रभावकारी नहुन सक्ने उनको भनाइ छ।

यस्ता डोमेस्टिक भायोलेन्स अर्डरहरूले पीडितहरूलाई सुरक्षित राख्ने सुनिश्चित नगरे तापनि, यसले केही हदसम्म भने सुरक्षा गर्ने हुनाले यो निकै महत्त्वपूर्ण रहेको नताशा मेकग्रो बताउँछिन्।

इन्टचमा आउने केही महिलाहरूको लागि यी इन्टरभेन्सन अर्डरहरूले सुरक्षा बाहेक अर्को एउटा कुरामा पनि मद्दत गर्ने महिला मोरिस बताउँछिन्।

धेरै जसो समयमा स्पन्सर्ड भिसामा भएकाहरू पारिवारिक हिंसाको सिकार भएमा, आफ्नो परिस्थितिको बारेमा गृह मामिला विभागलाई थाहा दिन सक्छन्।

उचित अवस्थामा उक्त व्यक्तिको स्पन्सर्ड भिसालाई स्थायी भिसामा परिणत गर्ने सुविधा हुन्छ।

घरेलु तथा पारिवारिक हिंसा बारे मद्दत या थप जानकारीका लागि १-८०० RESPECT वा १८०० ७३७ ७३२ मा सम्पर्क गर्नुहोस्।

 

 

 


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now