मनोविज्ञान सम्बन्धी विभिन्न सिद्धान्तहरूले बालबालिकालाई हुर्काइको क्रममा सुरक्षित वातावरण प्रदान गर्ने अभिभावकले जीवनकालसम्म महत्त्वपूर्ण स्थान राख्ने बताएका छन्। त्यस्ता अभिभावक र विशेष गरी आमालाई गुमाउँदाको चोटले व्यक्तित्व विकासमा दीर्घकालीन प्रभाव पार्ने सिड्नीकी मनोविज्ञ प्रतिभा महर्जन बताउँछिन्। यो पिडाबाट बाहिर निस्कन के गर्न सकिन्छ भन्नेबारे महर्जनसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
नोट: यस कुराकानीमा व्यक्त गरिएका जानकारी सामान्य प्रकारका रहेका छन्। आफ्नो अवस्था सुहाउँदो परामर्श र सुझावका लागि मनोचिकित्सक वा सम्बन्धित चिकित्सकलाई सम्पर्क गर्नु होला।
यदि तपाईँ वा तपाईँको चिनजानको कसैलाई समर्थन वा परामर्श चाहिएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ - लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्।
थप जानकारीका लागि lifeline.org.au वा beyondblue.org.au मा जानुहोस्।
दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस् वा बहु भाषी सामाग्रीका लागि एसबीएसको माइन्ड योर हेल्थ पोर्टलमा जानुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।





