Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

कलर्स अफ क्रिकेट: मैदानमा दक्षिण एसियाली खेलाडी प्रति देखिने जातीय दुर्व्यवहारले कस्तो असर पार्छ?

Sanath Jayasuriya of Sri Lanka

Sanath Jayasuriya celebrates during the 2003 ICC Cricket World Cup semi final match between Sri Lanka and Australia in South Africa. Credit: Hamish Blair, Getty Images

अस्ट्रेलियाको क्रिकेट मैदानमा दक्षिण एसियाका केही खेलाडीहरूले तुच्छ व्यवहार, बोली र जातिवादको सामना गर्नु परेको छ। मैदानमा देखिने जातिवादले, खेलाडीहरूलाई कस्तो असर पर्छ त? कलर्स अफ क्रिकेटको अन्तिम श्रृखंलामा खेलमा रहेका विकृतिको समाधानका उपायहरू के हुन सक्छन् भनी चर्चा गरिएको छ।


Published

Updated

By Deeju Sivadas, Vatsal Patel, Sahil Makkar, Abhas Parajuli

Presented by Kulasegaram Sanchayan, Preeti Jabbal

Source: SBS



Share this with family and friends


अस्ट्रेलियाको क्रिकेट मैदानमा दक्षिण एसियाका केही खेलाडीहरूले तुच्छ व्यवहार, बोली र जातिवादको सामना गर्नु परेको छ। मैदानमा देखिने जातिवादले, खेलाडीहरूलाई कस्तो असर पर्छ त? कलर्स अफ क्रिकेटको अन्तिम श्रृखंलामा खेलमा रहेका विकृतिको समाधानका उपायहरू के हुन सक्छन् भनी चर्चा गरिएको छ।


सन् १९९० मा ग्लेन म्यकग्राथले एक श्रीलङ्काली खेलाडीलाई 'कालो बाँदर' भनी मैदानमा गाली बेइज्जती गरेको घटना होस् वा या सन् २००३ मा डेरेन लेहम्यानले दुर्व्यवहारका कारण पाँच खेलमा प्रतिबन्ध भागेको घटना होस्।

लामो समयदेखि अस्ट्रेलियाली मैदानमा जातिवादको नमुनाहरू देखिँदै आएको छ।

पछिल्लो पटक भने सन् २००५ मा साउथ अफ्रिकी टोलीको भ्रमणका बेला, स्थानीय प्रशंसकहरूले टुरमा रहेका खेलाडीहरूलाई 'काफिर' भन्दै चिच्याए।

अफ्रिकी समुदायका लागि 'काफिर' भनिनु गम्भीर जातीय गाली थियो।

यस घटना लगत्तै आइसीसीले स्थानीय प्रशंसकहरूको व्यवहार माथि अनुसन्धान थालेको थियो।

माल्कम कोन, वाल्की अवार्ड जित्न सफल अस्ट्रेलियाली क्रिकेट पत्रकार हुन्।

उनका अनुसार अस्ट्रेलियाको निर्माण हुँदैदेखि जातिवादले जरा गाडेको छ।

अघिल्ला पुस्ताहरूका लागि समय झनै खराब रहेको उनी बताउँछन्।

भारतीय उपमहाद्धिपबाट आएका खेलाडीहरूले खराब प्रवृत्तिको सामना गर्नु परेको उनको भनाई छ।

अस्ट्रेलिया गोराहरूको मात्र देश थियो
माल्कम कोन

यता क्रिकेट इतिहासकार प्याट्रिक स्केन भने व्यवहारहरू सुधारोन्मुख रहे पछि जातीय अपमान भोग्ने विषय नितान्त व्यक्तिगत भएको धारणा राख्छन्।

“कुनै व्यक्ति प्रत्येक दुई तीन हप्ताको बिचमा आफूले अपमान भोग्ने गरेको गुनासो गर्छन्, कोही भने यसको अस्तित्व नै इन्कार गर्छन्,” उनले भने।

“यसका बारेमा कुरा गर्नु असहज र गार्‍हो छ, तर यस्ता घटनाहरूलाई सतहमा ल्याइएन भने सुधार गर्न पनि सकिँदैन।”

जातिवाद संसारभर नै छ, तर अस्ट्रेलियाली माथि मात्र औला उठाउँदा उनीहरू रिसाउँछन्, तर खेल जित्नकै लागि कसैको पुर्खाको अपमान गर्नु कायरता हो, धोखा हो
प्याट्रीक स्केन

तर यी चीजहरू बिस्तारै परिवर्तन हुदैछन्, किनकि अस्ट्रेलियाली खेलाडी र प्रशंसकहरू सांस्कृतिक रूपमा सचेत र विविध बन्दै गएका छन्।

सन् २०११ म सिड्नी एसेज सिरिजमा डेब्यु गरेका उस्मान खवाजा, अस्ट्रेलियाका लागि खेल्ने पहिलो मुस्लिम खेलाडी थिए।

“खेलमा अगाडी बढ्दै जाँदा थुप्रै मानिसहरूले मेरो अपमान गरे, तर मलाई यसले कहिल्यै बाधा पुर्‍याएन, किनकि मैले मेरा दाजुभाइ र परिवारबाट कहिल्यै सहानुभूति वा बहाना पाइन्, म लचिलो बन्दै गए,” उनले भने।

यता अस्ट्रेलियामा सामुदायिक क्रिकेट खेलमा आबद्ध भाविन नगर आफूलाई गलत व्यवहार गर्नेहरू विरुद्ध आवाज उठाउन आप्रवासी खेलाडीहरूलाई सुझाव दिन्छन्।

“खेलको भावना अनुसार खेल्नुहोस् तर आफूसँग उचित व्यवहार भएको छैन जस्तो लाग्छ भने चाहिँ, स्वीकार नगर्नुहोस्,”

सम्मानजनक उचित व्यवहार भएको छैन भने बोल्नुहोस्, तपाईँको टिम, क्लब वा एसोसिएसनलाई भन्दा पनि हुन्छ, तर जातीय दुर्व्यवहार सहेर नबस्नुहोस्
भविन नगर

यदि तपाईँले यस अघिका भागहरु सुन्न छुटाउनु भएको छ भने शृङ्खला

को सुरुमा जानुहोस्।

Colours of Cricket एसबीएस रेडियो एप वा तपाईँको रोजाइको पोडस्ट एपलाई फलो गरेर सुन्न सक्नु हुनेछ।

Colours of Cricket एसबीएस रेडियोको दक्षिण एसियाली भाषा कार्यक्रमहरू संयुक्त परियोजना हो र यसका आठ भाग प्रत्येक हप्ता सुन्न सकिनेछ।

ती भाषा कार्यक्रमहरूमा रहेका छन्: एसबीएस बाङ्गला, एसबीएस गुजराती, एसबीएस हिन्दी, एसबीएस मलयालम, एसबीएस नेपाली, एसबीएस पन्जाबी, एसबीएस सिन्हाला, एसबीएस तामिल र एसबीएस उर्दु।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now