शरणार्थी सप्ताह २०२२: शरणार्थी समुदायको विविधतालाई उत्सवका रूपमा मनाउने एक अवसर

Refugee Week 2022

Refugee Week 2022 Source: RCOA

शरणार्थीहरूका बारेमा आम जनतालाई जानकारी दिन र उनीहरूले अस्ट्रेलियाली समुदायमा पुर्‍याएको सकारात्मक योगदानको चर्चा गर्न प्रत्येक वर्ष शरणार्थी सप्ताहको आयोजना गरिन्छ।


सुरक्षाको खोजीमा आफ्नो घर छाड्न बाध्य पारिएका मानिसहरूको सम्झनामा प्रत्येक वर्षको २० जुनमा विश्व शरणार्थी दिवस मनाइने गरिन्छ।

अस्ट्रेलियामा चाहिँ २० जुनलाई केन्द्रमा राखेर, एक हप्ता भरी नै शरणार्थी सप्ताहमा मनाइने चलन छ। यस पटक जुन १९ आईतवारदेखि २५ जुनसम्म विभिन्न कार्यक्रमहरू गरी शरणार्थी सप्ताह मनाइदैछ।

सन् १९८६ मा पहीलोपटक अस्टकेयर (Austcare) नामक संस्थाले सिड्नीमा शरणार्थी सप्ताह मनाउन सुरु गरेको हो।

१९८६ मा शरणार्थी सम्बन्धी परिषद् रिफ्युजी काउन्सिल अफ अस्ट्रेलियाले कार्यक्रमको सह-आयोजकको भूमिका निर्वाह गरेसँगै यो राष्ट्रिय कार्यक्रम बनेको थियो।

रिपोर्ट सुन्नुहोस्। null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

सन् २००४ देखि भने रिफ्युजी काउन्सिल अफ अस्ट्रेलियाले नै कार्यक्रमको राष्ट्रिय समन्वयको जिम्मेवारी लिई रहेको छ।

रिफ्युजी काउन्सिल अफ अस्ट्रेलियाको सह-प्रमुखको भूमिका निर्वाह गरिरहेकी अडामा कमारा भन्छिन् कि यो दिवस मनाउनुको प्रमुख उद्देश्य शरणार्थीहरूले अस्ट्रेलियाली समुदायमा पारेका सकारात्मक योगदानका बारेमा सम्झना गर्नु हो।

“समग्र उद्देश्य भनेको शरणार्थी र गैर शरणार्थीबिचको समझदारीलाई कायम गर्नु हो...र एकले अर्कालाई स्वागत र समर्थन गर्नु हो,” उनले भनिन्।

Adama Kamara- Deputy CEO of RCOA Credit: RCOA
Adama Kamara- Deputy CEO of RCOA Source: RCOA

“हिलीङ्ग” अर्थात् निको हुँदै जानु

फरक नाराका साथ मनाइने शरणार्थी दिवसको लक्ष्य विश्वभरका शरणार्थीले भागेका समस्या र तीनका असरका बारेमा सचेतना जगाउनु हो।

यसै अनुरूप यस वर्षको मुख्य नारा 'हिलिङ्ग' अर्थात् निको हुनु भन्ने राखिएको छ।

“पछिल्ला १२ महिना जो विश्वभरका मानिसका लागि चुनौतीपूर्ण रर्‍यो, यस वर्षको नारा यसको प्रतिबिम्ब हो,” कमाराले भनिन्।

इराकमा जन्मिएका ओलिभर स्लेवा सुरक्षाको खोजी गदै शरणार्थीका रूपमा जोर्डन, टर्की, ग्रिस हुँदै, सन् १९९४ मा अस्ट्रेलिया आएका हुन्।

उनी सिड्नीमा एक वकिलका रूपमा कार्यरत छन् भने शरणार्थी सप्ताहका दूत पनि बनेका छन्।

स्लेवाका अनुसार अन्तर पुस्तामा निहित आघात कम गर्नमा निकै समय लाग्छ, तर एक पटक आफ्नो यात्रालाई एक स्थानमा “सेटल” गराइसके पछि भने यी घाउहरू बिस्तारै निको हुँदै जान्छन्।

उनका अनुसार शरणार्थीलाई निको हुनबाट मद्दत गर्ने तत्त्व भनेको लचिलोपन हो, जुन अस्ट्रेलियामा पाइला टेकेकै दिनबाट सुरु हुने उनको बुझाई छ।

र 'हिलीङ्ग' को यो प्रक्रियामा शरणार्थी र गैर शरणार्थी दुबैलाई कठिनाईहरुलाई निको पारि एक अर्काबाट सिक्न र अघि बढ्न प्रोत्साहित गरिन्छ।

स्लेवाको बुझाइमा अन्य मानिसहरूसँग कुरा गर्नु र आफ्ना भावनाहरू प्रकट गर्नु नै हिलीङ्गका पहिलो कदमहरू हुन्।

“निको हुनु भनेको अरूसँग कुरा गर्नु, आफ्ना कथाहरू सुनाउनु या पूर्वाग्रह बिना खुलेर छलफल गर्नु र स्वीकार गर्नु हो,” उनले भने।

Oliver Slewa
RCOA ambassador, Oliver SLewa Source: Supplied by RCOA

'फेस टु फेस' कार्यक्रमहरू

शरणार्थी सप्ताहका दौरान हुने विभिन्न गतिविधिहरू मध्ये शरणार्थी सप्ताहका दूत र प्रतिनिधीहरुबीच हुने कार्यशाला पनि हुन्।

जहाँ शरणार्थी समुदायका मानिसहरूले आफ्ना जीवनका गाथाहरू, अनुभव र अस्ट्रेलियाली समुदायमा आफ्ना योगदानहरूका बारेमा चर्चा गर्छन्।

यस्ता कार्यशाला र प्रस्तुतिहरू प्राथमिक वा माध्यमिक तहका विद्यार्थी, शिक्षकहरू र इच्छुक समूहहरुका लागि उचित हुन्छन्।

Face-to-Face
Face-to-Face program by RCOA Source: RCOA

विस्थापितको सङ्ख्यामा दोब्बर वृद्धि

गएको दशकमा आफ्नो घर छाडेर अन्यत्रै स्थानान्तरण हुन बाध्य पारिएका मानिसहरूको सङ्ख्या दोब्बर बनेको तथ्याङ्कहरूले देखाउछ।

अघिल्लो दशकमा ४ करोड १० लाख मानिसहरू विस्थापित बनेकोमा यस पटक यो सङ्ख्या ८ करोड २० लाख भन्दा बढी पुगेको छ।

रेडक्रसको नयाँ तथ्याङ्कले पनि प्रत्येक ९५ जना मानिसहरू मध्ये एक जना जबरजस्ती विस्थापित बनाइएको देखाउछ।

सन् २०१० सम्म यो आँकडा प्रत्येक १५९ जना मध्य केवल एक जनामा थियो, जनसङ्ख्या बृद्दीसंगै विस्थापित हुने मानिसहरूको सङ्ख्या पनि बढी रहेको छ।

कमारा भन्छिन् शरणार्थी परिषद्ले अस्ट्रेलियाली सरकारलाई मानवीय कार्यक्रम अन्तर्गत उनीहरुको वार्षिक सङ्ख्या बढाउन प्रोत्साहन गरिरहेको छ।

“अहिलेको परिस्थितिमा केवल १३,७५० मानिसहरू मानवीय सहयोग कार्यक्रम मार्फत प्रत्येक वर्ष अस्ट्रेलिया आउन पाउँछन्, हामी विश्वास गर्छौ कि यो सङ्ख्यालाई थप गर्न सकिन्छ।”


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now