Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

‘प्रिमेच्योर’ शिशुका अभिभावकले पाउने तलब सहितको सुत्केरी बिदामा थप सुविधाको माग

Hispanic baby in intensive care unit

अस्ट्रेलियामा लगभग १० प्रतिशत शिशुहरू डाक्टरले अनुमान गरेको समयभन्दा अगाडी नै जन्मने गरेको तथ्याङ्क छ। स्वास्थ्य क्षेत्रको विकासले निकै ठुलो फड्को मारे पनि, गर्भावधि पुरा नहुँदै जन्मने बच्चामा जीवनभर रहिरहने असक्तताहरू देखिन सक्छ। त्यस्ता परिवारहरूको सहयोगका लागी तलब सहितको सुत्केरी बिदाको समय बढाउने विषयलाई लिएर फेरी एक पटक आवाज उठाइएको छ।


Published

Updated

By Sandra Fulloon

Presented by Sunita Pokharel

Source: SBS



Share this with family and friends


अस्ट्रेलियामा लगभग १० प्रतिशत शिशुहरू डाक्टरले अनुमान गरेको समयभन्दा अगाडी नै जन्मने गरेको तथ्याङ्क छ। स्वास्थ्य क्षेत्रको विकासले निकै ठुलो फड्को मारे पनि, गर्भावधि पुरा नहुँदै जन्मने बच्चामा जीवनभर रहिरहने असक्तताहरू देखिन सक्छ। त्यस्ता परिवारहरूको सहयोगका लागी तलब सहितको सुत्केरी बिदाको समय बढाउने विषयलाई लिएर फेरी एक पटक आवाज उठाइएको छ।


प्रत्येक वर्ष करिब १० प्रतिशत अस्ट्रेलियाली बच्चाहरू तय गरिएको समयभन्दा अगाडी नै जन्म हुने गर्दछ। यसले गर्दा हजारौँ नव अभिभावकहरूलाई प्रभाव पारेको छ।

नव आमा नेरिना मिरेकल बेबिज फाउन्डेसनलाई आफ्नो छोरी लुसियाको निर्धारित समय भन्दा अगाडी नै जन्म हुँदा पाएको तनावबारे बताउँदै थिइन्।

र त्यस्तै मध्येका अर्का अभिभावक हुन् माटेयो जाम्बोनी जसको चार महिने छोरी अलेसियाको जन्म ३४ औँ हप्तामा भएको थियो, जुन पुरा गर्भावधि भन्दा निकै अगाडी हो।

"प्रिमी बच्चा हुनु भनेको अर्थ अस्पतालमा धेरै समय बिताउनु हो। यो अत्यन्त गाह्रो हुन्छ। र त्यहाँ अन्य धेरै परिवारहरू हुन्छन् जसको बच्चालाई धेरै किसिमका समस्या हुन्छन्।"

माटेयोको छोरीको जन्म छ हप्ता अघि नै अपरेसन गरेर भएको थियो र उसलाई कुनै उपचार गरिएन… जुन उनका अनुसार ज्यान नै जोखिममा पार्ने हुन सक्थ्यो।

"बच्चाको विकासलाई लिएर समस्या भएको हामीले ३० औँ हप्तामा थाहा पायौँ। त्यसै उनी साह्रै सानी थिइन् र गर्भ नाल (इम्बेलिकल कर्ड) बाट हुने रक्त सञ्चार पनि सही तरिकाबाट भएको थिएन त्यसैले उनको विकास ठप्प हुनाले आमाको गर्भमा नै उनको ज्यान जान सक्छ भनेर हामीलाई चिन्ता थियो।"

३७ वर्षीय माटेयो सन् २००९ मा इटालीबाट आएका हुन्।

उनका ७ वर्षीय छोरा पनि छन्। उनका लागि आफ्नी भर्खर जन्मिएकी र मेसिनहरू र तारहरूले घेरिएकी छोरीलाई अस्पतालमा भेट्न जानु निकै चुनौतीपूर्ण थियो।

कोभिड-१९ उच्च बिन्दुमा हुँदा सङ्क्रमण नफैलियोस् भन्नका लागि धेरै परिवारहरूलाई अस्पताल आउन दिइएको थिएन।

नवजात रोग विशेषज्ञ डा रोबर्ट गेरीएन भन्छन् बुवाहरूलाई भेट्न अनुमति नहुँदा उनीहरू आमाको दूध लिएर आउने गर्दथे र त्यो दृश्य निकै हृदय विदारक थियो।

विश्वभरमा प्रत्येक वर्ष लगभग १ करोड ५० लाख बच्चाहरू गर्भावधि पुरा हुनु भन्दा धेरै अगाडी जन्मने गर्दछन्। र यो सङ्ख्या सम्पूर्ण जन्म हुनेहरूको सङ्ख्याको १० प्रतिशत भएको विश्व स्वास्थ्य सङ्गठनको भनाइ छ।

29 Week Premature Twins are Held Together with Skin to Skin By Mother in Hospital in the NICU
NICU premature twins are both held by mother on chest in NICU. Source: Moment RF

यसरी जन्म लिएका धेरै जीवनभर रहने अशक्तताका साथ जिउन बाध्य छन्। उनीहरूमा सिक्ने क्षमता, श्रवण शक्ति र दृष्टिको समस्याहरू रहने गर्दछन्।

तर यसरी समय अगावै जन्मिएका बच्चाहरू अहिले विश्वभर वयस्क भएका छन् जसको श्रेय जान्छ राम्रो उपचार पद्धतिलाई।

यद्यपि, उनका अनुसार त्यस्ता बच्चाहरूलाई हुर्काउँदा परिवारमा भने दीर्घकालीन भावनात्मक प्रभाव पर्दछ।

यो अवस्थाबारे तिन बच्चाकी आमा काइलि पशललाई व्यक्तिगत अनुभव रहेको छ र यही कारणले उनी अस्ट्रेलियाको मिराकल बेबिज फाउन्डेसनको सह संस्थापक बनेकी हुन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

"मेरी छोरी मेडलिन ३० हप्तामा जन्मिएकी हुन्, जुन छ हप्ता अगाडी हो। मेरो अर्को गर्भावस्थामा जुम्ल्याहा भए २५ हप्तामा, त्यो त झन् अत्यन्तै छिटो भएको थियो"

जन्मने बित्तिकै उनीहरूसँग बस्न नपाउँदा, उनीहरूको अवस्था कस्तो छ भनेर थाहा नपाउँदा र अब के हुन्छ भन्ने निश्चित नहुँदा उनीहरूलाई पुरा समय गर्भमा राख्न नसकेकोमा आफूलाई नै दोष दिएको उनको भनाइ छ।

पशलले यस्तो परिस्थिति भोगेका परिवारहरूलाई थप सहायता चाहिने बताएकी छिन।

त्यसैले उनको फाउन्डेसनले तलब सहितको सुत्केरी बिदाको समय बढाइनु पर्ने विषयलाई पुनः अगाडी बढाउँदै छ।

"तत्काल, बच्चालाई महत्त्वपूर्ण हेरचाहका लागि राखिएका कारण अस्पतालमा बढी समय बिताउने परिवार1)हरूको लागि कुनै पनि व्यवस्था रहेको छैन। र यो कुरालाई सम्बोधन गर्न र उनीहरूलाई चाहिएको समय दिन अहिलेको योजनामा रहेको तलब सहितको सुत्केरी बिदालाई लम्ब्याउनु पर्ने हाम्रो चाहना हो। "

"र यसले गर्दा जब बच्चालाई अस्पतालबाट डिस्चार्ज गरिन्छ उनीहरू पुरा परिवारका साथ घर जाउन जसरी एउटा स्वस्थ बच्चाको परिवार जान्छ।"

माटेयो जाम्बोनीकी छोरी अलेसिया राम्रोसँग हुर्की रहेकी छिन्, र उनले मिराकल बेबिज फाउन्डेसनमा काम गरिरहेका छन्, आफूलाई प्रदान गरेको सहयोगको बदलामा।

यदि यो सामाग्रीले तपाइलाई चिन्ता उत्पन्न गराएको छ भने मिराकल बेबिज फाउन्डेसनलाई सम्पर्क गर्नु होला।

नर्चरलाइन (१३०० ६२२ २४३) मा २४ घण्टा नै सहयोग उपलब्ध रहेको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now