न्युट्रल बे निवासी ९ वर्षीय श्रीले आफ्नो पत्रमा बाल स्याहार केन्द्रमा कार्यरत आफ्नो आमा सुधा पराजुली काममा जाँदा आफूलाई आमाको स्वास्थ्यलाई लिएर चिन्ता लागेको बताएकी छन्।
एसबीएस नेपालीसँग कुरा गर्दै उनले भनिन् "मैले पत्रमा कोभिड -१९ लाई लिएर आफ्नो अनुभव र बिचार लेखेको हो।"
श्रीको चिन्ता आमालाई लिएर मात्र छैन उनले आमा काममा गएकाले घरबाट नै आफूले पढ्न नसक्ने बाध्यता पनि सुनाएकी छिन्।

उनी विद्यालय जाँदा आफ्ना साथीहरू पनि निकै कम सङ्ख्यामा विद्यालय आउने अनि शिक्षक शिक्षिका पनि धेरै नभएकोले आफूलाई नरमाइलो लागेको बताएकी छिन्।
श्रीकी आमा सुधा पराजुली आफू एकल अभिभावक भएकोले काममा जाँदा छोरीलाई विद्यालय पठाउनु पर्ने बाध्यता रहेको बताउँछिन्।

श्री र उनकी आमासँग हामीले गरेको कुराकानी समेतको रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
लामो बिदा पछि विद्यालय फर्किदा साथीहरू भेट्न पाउने उत्साह लिएर विद्यालय गएकी श्रीले आफ्ना सबै साथी नभेट्दा नरमाइलो मानेको उनको भनाइ छ।
श्रीले धेरै पटक समाचारमा कोभिड सङ्क्रमण काम गर्ने ठाउँहरूबाट सरेको छ भनेकोले सुधालाई काममा नजान आग्रह गरी रहन्थिन।
“ममी तिमी चैँ किन स्कुल जान्छौँ तिम्रो प्रिन्सिपललाई स्कुल नआउने भन।”
एक दिन श्रीले आफैले पत्र लेखेर फेलिसिटी विल्सनलाई पठाई दिन आग्रह गरिन। एक छिन अगाडी केही शब्द कसरी लेख्ने भनेर सोधिराखेकी श्रीले एक्कासि पत्र देखाउँदा आफ्नो पनि मन छोएको सुधा बताउँछिन्।
"एकैचोटी ल्याएर त मलाई लेटर देखायो अनि अब यो पोस्ट गरिदेऊ भनिन्।"
अहिले श्रीले पत्रको जवाफ कहिले आउँछ भनेर सोधिरहने गरेको सुधाको भनाइ छ।

बाल स्याहार जस्तै कि त आफ्नो विद्यालय खोल्नु पर्ने नत्र आमा काम गर्ने बाल स्याहारमा आमा जान नपर्ने वातावरण होस् भन्ने आशा राखेकी श्रीलाई कोभिड-१९ को जोखिमबारे पनि राम्ररी थाहा छ।
त्यसैले त उनले सबैलाई सुरक्षित रहने उपाय बताएकी छन्।
“घरमै बसौँ, केही महत्त्वपूर्ण काम नभए बाहिर ननिस्कौँ, व्यायाम र किनमेल गर्न बाहेक साथीहरू भेट्नु अहिले खासै महत्त्वपूर्ण छैन।”
यी पनि हेर्नुहोस्:

अस्ट्रेलियामा १० वर्ष उमेरका बालबालिकाहरूलाई पनि जेल पठाइँदै















