महामारी पछि रोजगारदाता कम्पनीहरूले घरबाटै काम गर्ने सहज वातावरण बनाउँदा पनि घर र कार्यालयको कामका बिच समन्वय मिल्न नसक्दा कामको भार ६१ प्रतिशतले वृद्धि भएको देखिएको छ ।
सर्वेक्षणमा सहभागी ६१ प्रतिशत महिलाहरूले आफ्नो कार्यभार वृद्धि भएको बताएका छन् ।
व्यवसायी सारा बार्टर आफ्नो रोजगारदाताले कार्यालय बाहिरको आवश्यकताहरू पुरा गर्ने लचकता नदिएका कारण आफूले जागिर छाड्नु परेको तितो यर्थात सुनाउँछिन् ।
महामारी सुरु भएयता कार्यालय र घरका बिचमा तालमेल मिलाउन महिलाहरूलाई निकै गाहो परी रहेको देखिन्छ ।
क्लार हार्डिङ डेलाईट अस्ट्रेलियाली मुख्य रणनीतिक अधिकारी हुन् ।

Working from home. Image used for representation purpose. Source: Getty Images/MoMo Productions
उनी भन्छिन् “महिलाहरूले धेरै काम गरिरहेका छन् र घरायसी व्यवस्थापनका काममा पनि उनीहरू व्यस्त छन् कार्यालयको काममा लचकता हुँदा यसका नकारात्मक प्रभाव पनि रहने गर्दछन् ”
जोर्जी डेन्ट,लेखक टिप्पणीकर्ता,तिन सन्तानकी आमा र महिला र परिवार सम्बन्धी वकालत गर्ने व्यक्ति समेत हुन् ।
उनी अभिभावक समर्थन संस्था द पेरन्ट हुडकी निर्देशक पनि हुन् ।
उनी भन्छिन् "घर बाट काम गर्नका लागी रोजगारदाताहरुले सहज वातावरण बनाइदिएता पनि त्यो परिवर्तनले महिलाहरू माथि थप दबाब बढी रहेको छ ।"
वास्तवमा,अस्ट्रेलियाली महिलाहरूको जागिर प्रतिको सन्तुष्टिमा व्यापक गिरावट आएको देखिन्छ ।
महामारी सुरु हुनु अघि ६९ प्रतिशत रहेको महिलाहरूको जागिर प्रतिको सन्तुष्टि अहिले ४७ प्रतिशतमा झरेको छ ।
र झन्डै आधा अर्थात् ४६ प्रतिशत महिलाहरूमा आफ्नो काम भन्दा बाहिरको समयमा उपलब्ध नहुँदा आफ्नो करियरमा गम्भीर असर पर्न सक्ने डर रहेको देखिएको छ ।
र करिब ६० प्रतिशत महिलाहरूले आगामी दुई वर्षमा आफ्नो रोजगादारदाता सँगको सम्बन्ध तोड्ने बिचार गरिरहेको पनि नयाँ अनुसन्धानले देखाएको छ ।
यता २३ प्रतिशतले भने आफूले जागिर छाड्ने पक्का पक्की गरेको बताएका छन् ।
सर्वेक्षणमा संलग्न ४३ प्रतिशत महीलाले महामारीका बेला रोजगारदाताले आफूलाई आवश्यक सहयोग उपलब्ध गराएको ठान्दछन् ।

While online meetings allow people to work remotely, the practice has significant limitations. Source: Anna Shvets from Pexels
यस विषयमा क्लेयर हार्डिङङ भन्छिन् की यो कार्यबलमा सहभागितामा उल्लेखनीय कमी हो ।
जोर्जि डेन्टको भनाइलाई आधार मान्ने हो भने सहभागिताको कमीले काम र जीवनका बिचको सन्तुलन राम्रो हुन सकेको छैन भन्ने कुरा देखाउँछ ।
लैगिक समानतामा अग्रसर कार्यस्थल भने महिलाहरूका नयाँ अनुभव रहने गरेको विश्लेषकहरू बताउँछन् ।
विश्वभरबाट सर्वेक्षण भएका मध्ये आफ्नो कार्यस्थल प्रति सन्तुष्ट रहेका चार प्रतिशत महिलाहरू भने सन्तुष्टिको अनुपात निकै धेरै देखिएको छ ।
उनीहरूमा कार्यस्थल वा आफ्नो काम प्रति ७० प्रतिशत सम्म सन्तुष्टि देखिएको छ ।
क्लायर हार्डिङ भन्छिन् रोजगारदाताहरुले काम गर्ने महिलाहरूका लागि मद्दत गर्न जरुरी छ ।
जोर्जी डेन्ट भन्छिन " लचकदार काम आफैमा पर्याप्त छैन ।"
सारा बार्टर धेरै महिलाहरूले अब सामान्य भन्दा फरक तरीकाले सोच्नु पर्ने बताउँछिन् ।
यो चुनौतीको सामना नगर्ने रोजगारदाताहरुले ठुलो क्षति भोग्ने अनुमान गरिएको छ ।








