SKIP TO MAIN CONTENT

"कोरोना महामारी सुरु भए यता अस्ट्रेलियाका महिलाहरूमा कार्यभार झनै बढ्यो"

Working from home isn't always the easiest answer
Working from home isn't always the easiest answer Source: Getty

भखरै सार्वजनिक भएको एक नयाँ सर्वेक्षणले कोरोना महामारी सुरु भए यता अस्ट्रेलियाली महिलाहरूमा कार्यभार झनै बढेको पत्ता लगाएको छ ।


Published

Updated

By Dom Vukovic

Presented by Krishna Pokhrel

Source: SBS



Skip to podcast episode content

भखरै सार्वजनिक भएको एक नयाँ सर्वेक्षणले कोरोना महामारी सुरु भए यता अस्ट्रेलियाली महिलाहरूमा कार्यभार झनै बढेको पत्ता लगाएको छ ।


महामारी पछि रोजगारदाता कम्पनीहरूले घरबाटै काम गर्ने सहज वातावरण बनाउँदा पनि घर र कार्यालयको कामका बिच समन्वय मिल्न नसक्दा कामको भार ६१ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

सर्वेक्षणमा सहभागी ६१ प्रतिशत महिलाहरूले आफ्नो कार्यभार वृद्धि भएको बताएका छन् ।

व्यवसायी सारा बार्टर आफ्नो रोजगारदाताले कार्यालय बाहिरको आवश्यकताहरू पुरा गर्ने लचकता नदिएका कारण आफूले जागिर छाड्नु परेको तितो यर्थात सुनाउँछिन् ।

महामारी सुरु भएयता कार्यालय र घरका बिचमा तालमेल मिलाउन महिलाहरूलाई निकै गाहो परी रहेको देखिन्छ ।

working from home
Working from home. Image used for representation purpose. Source: Getty Images/MoMo Productions

क्लार हार्डिङ डेलाईट अस्ट्रेलियाली मुख्य रणनीतिक अधिकारी हुन् ।

उनी भन्छिन् “महिलाहरूले धेरै काम गरिरहेका छन् र घरायसी व्यवस्थापनका काममा पनि उनीहरू व्यस्त छन् कार्यालयको काममा लचकता हुँदा यसका नकारात्मक प्रभाव पनि रहने गर्दछन् ”

जोर्जी डेन्ट,लेखक टिप्पणीकर्ता,तिन सन्तानकी आमा र महिला र परिवार सम्बन्धी वकालत गर्ने व्यक्ति समेत हुन् ।

उनी अभिभावक समर्थन संस्था द पेरन्ट हुडकी निर्देशक पनि हुन् ।

उनी भन्छिन् "घर बाट काम गर्नका लागी रोजगारदाताहरुले सहज वातावरण बनाइदिएता पनि त्यो परिवर्तनले महिलाहरू माथि थप दबाब बढी रहेको छ ।"

वास्तवमा,अस्ट्रेलियाली महिलाहरूको जागिर प्रतिको सन्तुष्टिमा व्यापक गिरावट आएको देखिन्छ ।

महामारी सुरु हुनु अघि ६९ प्रतिशत रहेको महिलाहरूको जागिर प्रतिको सन्तुष्टि अहिले ४७ प्रतिशतमा झरेको छ ।

र झन्डै आधा अर्थात् ४६ प्रतिशत महिलाहरूमा आफ्नो काम भन्दा बाहिरको समयमा उपलब्ध नहुँदा आफ्नो करियरमा गम्भीर असर पर्न सक्ने डर रहेको देखिएको छ ।

र करिब ६० प्रतिशत महिलाहरूले आगामी दुई वर्षमा आफ्नो रोजगादारदाता सँगको सम्बन्ध तोड्ने बिचार गरिरहेको पनि नयाँ अनुसन्धानले देखाएको छ ।

यता २३ प्रतिशतले भने आफूले जागिर छाड्ने पक्का पक्की गरेको बताएका छन् ।

zoom meetings, covid, pandemic, working from home, working remotely
While online meetings allow people to work remotely, the practice has significant limitations. Source: Anna Shvets from Pexels

सर्वेक्षणमा संलग्न ४३ प्रतिशत महीलाले महामारीका बेला रोजगारदाताले आफूलाई आवश्यक सहयोग उपलब्ध गराएको ठान्दछन् ।

यस विषयमा क्लेयर हार्डिङङ भन्छिन् की यो कार्यबलमा सहभागितामा उल्लेखनीय कमी हो ।

जोर्जि डेन्टको भनाइलाई आधार मान्ने हो भने सहभागिताको कमीले काम र जीवनका बिचको सन्तुलन राम्रो हुन सकेको छैन भन्ने कुरा देखाउँछ ।

लैगिक समानतामा अग्रसर कार्यस्थल भने महिलाहरूका नयाँ अनुभव रहने गरेको विश्लेषकहरू बताउँछन् ।

विश्वभरबाट सर्वेक्षण भएका मध्ये आफ्नो कार्यस्थल प्रति सन्तुष्ट रहेका चार प्रतिशत महिलाहरू भने सन्तुष्टिको अनुपात निकै धेरै देखिएको छ ।

उनीहरूमा कार्यस्थल वा आफ्नो काम प्रति ७० प्रतिशत सम्म सन्तुष्टि देखिएको छ ।

क्लायर हार्डिङ भन्छिन् रोजगारदाताहरुले काम गर्ने महिलाहरूका लागि मद्दत गर्न जरुरी छ ।

जोर्जी डेन्ट भन्छिन " लचकदार काम आफैमा पर्याप्त छैन ।"

सारा बार्टर धेरै महिलाहरूले अब सामान्य भन्दा फरक तरीकाले सोच्नु पर्ने बताउँछिन् ।

यो चुनौतीको सामना नगर्ने रोजगारदाताहरुले ठुलो क्षति भोग्ने अनुमान गरिएको छ ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now