Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

अस्ट्रेलिया बुझ्नुहोस्: सस्तो र सुलभ स्वास्थ्य सेवा कसरी पाउन सकिन्छ?

pexels-pnw-production-7678145.jpg

Medicare subsidises a wide range of essential medical services, including visits to the doctor, blood and pathology tests, scans, x-rays, and some surgeries or procedures. It also covers annual eye tests by an optometrist, as well as child immunisations. (Photo by PNW Production via Pexels)

अस्ट्रेलियामा मेडीकेयरको मद्दतले आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न सजिलो छ।


Published

Updated

By Claudianna Blanco

Presented by Krishna Pokhrel, Dinita Rishal

Source: SBS




Share this with family and friends


अस्ट्रेलियामा मेडीकेयरको मद्दतले आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न सजिलो छ।


मुख्य बुँदा

  • मेडीकेयर तथा फर्मास्युटिकल बेनीफिट स्किम (पीबीएस) भनिने औषधि सम्बन्धी अनुदान अस्ट्रेलियाको सहुलियतपूर्ण स्वास्थ्य सेवाको प्रमुख भागहरू हुन्।
  • मेडीकेयर प्राप्त मानिसले निःशुल्क वा थोरै शुल्कमा स्वास्थ्य सेवा लिन सक्दछन्।
  • 'बल्क बिल' गर्ने स्वास्थ्य सेवामा जाँदा आफ्नो खल्तीबाट कुनै पनि शुल्क बुझाउनु पर्दैन।
  • मेडीकेयर कार्ड भएकाहरूले अवस्था हेरिकन अतिरिक्त रकम तिर्नु पर्ने हुन्छ।

मेडिकेयरले जीपी लगायतका डाक्टर, रगत, प्याथोलोजी सेवा, एक्स-रे अनि वार्षिक आँखा जाँच सेवा अस्ट्रेलियाली नागरिक, स्थायी भिसावाहक (पीआर) र शरणार्थीहरू उपलब्ध गराउँछ।

यसका साथै अस्ट्रेलियामा बालबालिकाको खोप सम्बन्धी सेवाहरू पनि मेडिकेयर मार्फत उपलब्ध हुने गरेको छ।

मेडिकेयरका लागि योग्य मानिसहरञले निःशुल्क वा न्यून शुल्कमा यी सेवाहरू पाउँछन्।

मेडीकेयरले फर्मास्युटिकल बेनीफिट स्किम (पीबीएस) भनिने औषधि सम्बन्धी अनुदान कार्यक्रमसँग मिलेर काम गर्दछ।

योग्य बनेको अवस्थामा मेडीकेयर प्राप्त गर्नका लागि सर्भिसेज् अस्ट्रेलियाको वेबसाइटमा गएर दर्ता गर्न सकिन्छ।

सर्भिसेज अस्ट्रेलियाका सूचना अधिकृत जस्टिन बट मेडीकेयर प्राप्त गरिसकेपछि कार्ड लिएर साधारण चिकित्सककोमा जाँदा शुल्क तिर्नु नपर्ने बताउँछन्।

“मेडीकेयरमा दर्ता भइसकेपछि, सर्भिसेज अस्ट्रेलियाले मेडीकेयर कार्ड प्रदान गर्दछ, र चिकित्सककोमा जाँदा यो लगेर जान सकिन्छ,” बटले भने।

“यस मार्फत चिकित्सकको बिल वा औषधिमा सहुलियत पाइन्छ, वा 'बल्क विलिङ्ग' मार्फत शुल्क तिर्नु नर्पर्ने पनि हुन सक्छ।”

बिरामी परेमा के गर्ने?

सबैभन्दा पहिला त बिरामी परेको खण्डमा स्थानीय रूपमा उपलब्ध जीपी भनिने सामान्य चिकित्सककोमा जानु पर्दछ।

तर आपतकालिन वा रोगले च्यापेको अवस्थामा चाहिँ, अस्पतालको इमर्जेन्सी विभागमा जान सकिन्छ।

दशकौंदेखि सिड्नीको उत्तरी सर्बबमा क्लिनिक चलाउँदै आएका डाक्टर डोग्लास हर, अस्ट्रेलियाका जीपीहरुले करिब ८० देखि ९०% बिरामीहरूलाई उचित परामर्श दिने गरेको बताउँछन्।

“उनीहरूले पहिले तपाईँका कुरा सुन्छन् अनि तपाईंको समस्या थाहा पाउने कोसिस गर्छन्, अनि उपचारका लागि के गर्न सकिन्छ भनेर सम्झाउँछन्,” उनले भने।

जीपीले बिरामीलाई हेरिसकेपछि अन्य कुनै जाँचका लागि पठाउनु पर्ने अवस्थामा कहाँ जाने र के गर्ने भनेर पनि सुझाव दिन्छन्।

यसबाहेक कुनै विशेषज्ञ वा अस्पताल पठाउनु पर्ने भएमा यसको बारेमा पनि निर्णय लिन्छन्।

उनीहरूले औषधिका लागि पर्ची दिने वा खोप लगाउन पनि सुझाव दिन सक्छन्।

'बल्क बिलिङ' र खर्च भएको रकम दाबी कसरी गर्ने?

कुनै–कुनै स्वास्थ्य जाँच केन्द्रहरूमा 'बल्क बिलिङ'को व्यवस्था गरिएको हुन्छ।

यसको अर्थ तपाईँले त्यहाँ उपचार वा स्वास्थ्य सल्लाह लिए बापत खल्तीबाट अतिरिक्त रकम तिर्नु पर्दैन।

बल्क बिलिङ नगर्ने स्वास्थ्य संस्थाहरूमा चाहिँ सेवा लिए बापतको सबै शुल्क बुझाउनु पर्ने हुन्छ।

तर मेडीकेयर रिबेट गरे पछि निश्चित रकम फिर्ता पाउन सकिन्छ।

“यो (फिर्ता पाउने) तपाईँले सेवा लिन जाने अवस्था र स्थानमा भर पर्ने कुरा हो, यस बाहेक चिकित्सकले मेडीकयर मार्फत सेवाको शुल्क सिधै सरकारसँग लिन्छन् वा तपाईँसँग भन्ने कुरा आउछ्,” डाक्टर होर भन्छन्।

“कुनै स्वास्थ्य संस्थाले मेडीकेयरबाट तपाईँको सेवा शुल्क लिन सहमत भएमा तपाईँले अतिरिक्त रकम तिर्नु पर्दैन।”

तर यदि कुनै स्वास्थ्य सेवा प्रदायकले बल्क बिलिङ गर्दैन भने चाहिँ सेवा लिए पछि पुरा शुल्क तिर्नु पर्दछ।

यसरी तिरेको पैसाको केही प्रतिशत भने मेडीकेयर रिबेट मार्फत प्राप्त गर्न सकिन्छ।

रिबेट गर्ने वा सामान्य अर्थमा निश्चित रकम फिर्ता पाउन सबैभन्दा सजिलो उपाय भनेको चाहिँ डाक्टरकै अफिसबाट निवेदन दिने हो।

उनीहरूले रिबेट गरिदिए पछि उक्त रकम तपाईँको बैंक एकाउन्टमा सिधै आउँछ, त्यसो नभएमा मेडीकेयरमा गएर अनलाइन पनि गर्न सकिन्छ
जस्टीन बट, सर्भिसेज अस्ट्रेलिया

करदाताहरूले मेडीकेयर लेभी भनिने बिशेष कर मार्फत सहुलियत दरको स्वास्थ्य सेवा सञ्चालनका रकम बुझाउने गर्दछन्।

तर जोखिममा रहेका वा कम आम्दानी हुने स्थायी बासिन्दा र अस्ट्रेलियाली नागरिकहरू जसले कन्सेसन कार्ड वा कमनवेल्थ सरकारको सिनियर कार्ड पाएका छन् उनीहरूका लागि औषधि सहुलियत योजना (पीबीएस) र मेडीकेयर मार्फत थप सहुलियत प्राप्त गर्दछन्।

यस बाहेक उपचारका लागि एउटा निश्चित रकम खर्च गरिसकेपछि, थ्रेसहोल्ड मार्फत थप सहुलियत प्राप्त हुने बटको भनाई छ।

“एक वर्षमा एक निश्चित रकम स्वास्थ्यका लागि खर्च गरिसकेपछि, त्यसपछिको उपचार भने झनै सस्तो बन्न जान्छ,” बट भन्छन्।

Healthcare worker at home visit
Young smiling doctor is consulting a modern senior woman - patient, on the visit at home Credit: filadendron/Getty Images

मेडीकेयर र निजी स्वास्थ्य बिमा

मेडीकेयरबाट सहुलियत नमिल्ने सेवाहरूका लागि निजी स्वास्थ्य बिमाको प्रयोग गरी स्वास्थ्य सेवालाई झनै सहज बनाउन सकिन्छ।

दाँतको उपचार, एम्बुलेन्स सेवा र निश्चित खोपहरू र निजी अस्पतालहरूमा अत्यावश्यक बाहेकको अवस्थामा पनि उपचार पाउन निजी स्वास्थ्य बिमाले सहयोग पुर्‍याउँछ।

“सार्वजनिक सेवा मार्फत तपाईँले पालो कुर्नु पर्ने हुन्छ, तर निजी बिमा मार्फत आफूले चाहेको चिकित्सकसँग, आफूले रोजेको अस्पताल मार्फत उपचार वा शल्यक्रिया गर्न सकिन्छ” डाक्टर होरले भने।

अङ्ग्रेजी पहिलो भाषा नभएका बहु सांस्कृतिक पुष्ठभुमीका बिरामीहरूलाई जाँच गर्ने गरेका डाक्टर होर, आफूले अनुवादका लागि प्रयोग हुने एपहरू मार्फत बिरामीहरूको समस्या सुन्ने गरेको बताए।

“हामीले कतिपय समयमा सरकारले सहुलियतमा प्रदान गरेको अनुवादक सेवा पनि लिने गरेका छौ।”

Virtual medical consultation using a laptop
Woman with covid19 symptoms checking his temperature and having an online virtual consultation with his doctor while staying isolated at home Credit: Phynart Studio/Getty Images

टेलिहेल्थ र इलेकट्रोनिक स्क्रिप्ट

डाक्टरकोमा जान नसकेका बिरामीहरूका लागि मेडीकेयर र पीबीएसले टेलिहेल्थ सेवामा पनि सहुलियत उपलब्ध गराएको छ।

तर टेलि हेल्थ सेवा लिनका लागि सोही चिकित्सकसँग बिरामीले कम्तीमा पनि १२ महिना सेवा लिएको हुनु पर्ने नियम भने रहेको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now