Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

माइग्रेसन हटस्पट बन्यो अस्ट्रेलिया, जनसङ्ख्या लगभग २ करोड ७० लाख

Residents are abandoning Australia at record levels.

The highest levels of migration have come from India and China. Source: AAP

अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) को नयाँ तथ्याङ्क अनुसार गत वर्ष आप्रवासी भित्रने संख्याले रेकर्ड कायम गर्दै अस्ट्रेलियाको जनसङ्ख्या बढेर २ करोड ६८ लाख पुगेको छ।


Published

Updated

By Amy Hall, SBS News

Presented by Sapana Phuyal

Source: SBS




Share this with family and friends


अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) को नयाँ तथ्याङ्क अनुसार गत वर्ष आप्रवासी भित्रने संख्याले रेकर्ड कायम गर्दै अस्ट्रेलियाको जनसङ्ख्या बढेर २ करोड ६८ लाख पुगेको छ।


सन् २०२३ सेप्टेम्बर ३० सम्मको १२ महिनामा अस्ट्रेलियाको जनसङ्ख्या २.५ प्रतिशत अर्थात् ६५९,८०० सयले बढेको छ।

यसमा ८३ प्रतिशत आप्रवासीको सङ्ख्या रहेको छ।

गत वर्ष ७६५,९०० प्रवासी आगमन र २१७,१०० प्रस्थान भएका छन्, जसले गर्दा अस्ट्रेलियाको जनसङ्ख्यामा ५४८,८०० ले वृद्धि भएको हो।

सोही १२ महिनाको अवधिमा अस्ट्रेलियामा २९५,००० जन्म दर्ता र १८३,९०० मृत्यु दर्ता भए। जुन अघिल्लो वर्षको तुलनामा ३. ९ प्रतिशतले घटेको छ।

न्यु साउथ वेल्समा आप्रवासी आगमनकोको सङ्ख्या सबैभन्दा धेरै रहेको छ, यहाँ १८६,४३३ नयाँ आप्रवासी आएका छन्।

त्यस्तै दोस्रोमा भिक्टोरियामा १६१,७५८ र क्विन्सल्याण्डमा ८७,९५४ आप्रवासी भित्रिएका छन्।

नर्दन टेरीट्रीमा सबैभन्दा कम ३,१८९ आप्रवासी आएका छन्।

अस्ट्रेलियामा भित्रिनेमा सबैभन्दा धेरै भारतीय र दोस्रोमा चिनियाँ पृष्ठभूमिका रहेका छन्, तेस्रोमा फिलिपिन्स र चौथोमा बेलायत रहेको छ।

कुन राज्य र क्षेत्रहरूमा मानिसहरू बसाइ सर्दै छन् ?

बसाइ सर्नको लागि क्वीन्सल्याण्ड सबैभन्दा लोकप्रिय स्थान बनेको छ।

सन् २०२३ सेप्टेम्बर सम्ममा राज्यको जनसङ्ख्या ३२,६२५ आन्तरिक आगमनले बढेको छ।

त्यस्तै वेर्स्टन अस्ट्रेलिया मानिसहरूको लागि दोस्रो रोजाइको स्थान बनेको छ, यहाँको जनसङ्ख्या ११,२३३ ले बढेको छ।

न्यु साउथ वेल्स भने सबैभन्दा कम रोजाइको क्षेत्रमा परेको छ, यहाँबाट ३३,२०२ जना अन्य राज्यमा बसाइँ सरेका छन्।

समग्रमा सबैभन्दा छिटो जनसङ्ख्या बढ्ने क्षेत्रमा वेर्स्टन अस्ट्रेलिया पहिलो स्थानमा छ।

यहाँ गत वर्ष भन्द ३.३ प्रतिशतले जनसङ्ख्या बढेको छ।

त्यस्तै भिक्टोरिया २.९ प्रतिशत सहित दोस्रोमा र २.७ प्रतिशत सहित क्वीन्सल्याण्ड तेस्रो स्थानमा छ।

टास्मेनियामा सबैभन्दा कम ०.३ प्रतिशत मात्र मानिसहरू बसाइ सरेका छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now