Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

फेरी बढायो रिजर्भ बैङ्कले ब्याजदर

Reserve Bank

मङ्गलवार ०.२५% वृद्धि सँगै केन्द्रीय बैङ्कको ब्याजदर अब ३.८५% पुगेको छ।


Published

Updated

By Tim Wharton, Angelica Waite

Presented by Krishna Pokhrel

Source: SBS



Share this with family and friends


मङ्गलवार ०.२५% वृद्धि सँगै केन्द्रीय बैङ्कको ब्याजदर अब ३.८५% पुगेको छ।


रिर्जव बैङ्कले ब्याजदर वृद्धिको क्रमलाई पुन: निरन्तरता दिएको छ।

मङ्गलवार बसेको केन्द्रीय बैङ्कको बैठकमा ब्याजदर बढाउने निर्णय भएको हो।

गभर्नर फिलिप लोले मुद्रा स्फितीदर अझै पनि उच्च रहेको भन्दै ब्याजदर बढाउनु परेको बताएका छन्।

अप्रिल महिनामा भने पर्ख र हेरको रणनीति अपनाउँदै केन्द्रीय बैङ्कले ब्याजदर बढाएको थिएन।

३.८५% पुगेको ब्याजदर सन् २०१२ यता कै उच्च रहेको बताइन्छ।

Interest_Rates_May23.png
The RBA starting hiking rates in May 2022, and every month since then has resulted in a 25 basis point increase, except for a reprieve in April 2023. Credit: SBS News

सरकार के भन्छ?

ब्याजदर वृद्धिको कदमलाई सङ्घीय ट्रेजरर जिम चार्मसले भने बचाउ गरेका छन्।

आगामी हप्ता बजेटको तैयारी गरिरहेको सरकारका ट्रेजररले मोर्गेज तिरिरहेका मानिसहरू यसबाट अझ प्रभावित हुने भए पनि, मुद्रास्फीतिको उच्च दरलाई रोक्न यो आवश्यक भएको बताए।

“यस निर्णयले अप्ठेरोमा परेका अस्ट्रेलियालीलाई झनै दबाब सिर्जना गरेको छ, यद्यपि मुद्रास्फीति हाम्रो अर्थतन्त्रका लागि चुनौती बनेको छ।” उनले भने।

तर यता विपक्षीका ट्रेजरी प्रवक्ता एङ्गस टेलरले भने यो निर्णयले अस्ट्रेलियामा घर भएका मानिसहरूलाई झनै दबाबमा पार्ने बताउँछन्।

“चुनाव पछिको यो १० औँ ब्याजदर वृद्धि हो, ७५०,००० डलर ऋण लिएकाहरूले गत मे यता १७०० डलर अतिरिक्त ब्याजदर तिर्नु पर्ने अवस्था आएको छ।” उनले भने।

फिक्सड् इन्ट्रेस्ट रेट भनिने केही वर्षका लागि निश्चित दरमा ऋण लिएकाहरूलाई उनीहरूको अवधि सकिने बित्तिकै ठुलो आर्थिक भार पर्ने बताइन्छ।

लगानी एवम् अर्थसम्बन्धी विज्ञ इलिन केर ब्याजदर वृद्धिको ठुलो प्रभाव अर्थतन्त्रमा देखिने बताउँछिन्।

उनका अनुसार पारिवारिक खर्चमा कमी आउँदा, आर्थिक गतिविधिहरू पनि कम हुनेछन्।

shop
मङ्गलवार ०.२५% वृद्धि सँगै केन्द्रीय बैङ्कको ब्याजदर अब ३.८५% पुगेको छ। Source: AAP

अहिले मुद्रास्फीति ७% रहेको छ, यद्यपि रिजर्भ बैङ्कले भने स्वीकार गर्न सकिने अवस्थामा मुद्रास्फीति नआएसम्म ब्याजदर बढ्न सक्ने चेतावनी दिँदै आएको छ।

आर्थिक विज्ञ अलुन ड्वाभोर मार्केटले नसोचेको ढङ्गले ब्याजदर वृद्धि सम्बन्धी निर्णय आएको बताउँछन्।

उनले यो नै ब्याजदर वृद्धिको अन्त्य हो भनेर भन्न नसकिने बताए।

तर ब्याजदर वृद्धिले घर धनीहरूलाई मात्र प्रभावित बनाएको छैन, करिब १२ लाख अस्ट्रेलियाली र तीनका सन्तान पनि जीवन यापनको बढ्दो लागत बाट प्रभावित बनेको बताइन्छ।

स्मिथ फ्यामिली नामक च्यारिटी संस्थाका अनुसार अहीलेको अवस्था कोभिड–१९ महामारीका बेला भन्दा पनि विकराल बन्दै गएको छ।

स्मिथ फ्यामिलिका प्रमुख कार्यकारी डग टेलरका अनुसार कम आम्दानी भएका परिवारहरूलाई भाडा तिर्न समेत समस्या परिरहेको बताउँछन्।

आगामी हप्ता सङ्घीय सरकारको बजेट ल्याउँदै गर्दा, आम अस्ट्रेलियालीहरूले महँगीका कारण भोग्नु परिरहेको परिस्थितिलाई सहज बनाउनका लागि सरकार समक्ष विभिन्न मागहरु राखेका छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now