Key Points
- अस्ट्रेलियामा १८ वर्ष मुनिका बालबालिकाले कत्तिको भेप प्रयोग गर्छन् भनेर रेकर्ड राखिएको छ।
- भेपिङका सामानहरू बिक्री गर्न नपाइने कानुन बनाइएपनि कालोबजारी बन्द गरिएन भने यसको प्रयोग रोक्न सकिँदैन ।
- थाहा नपाईकन निकोटिनको लत लाग्दा भने टिनेजरलाई भेप छोड्न झन् गाह्रो हुन सक्छ।
अस्ट्रेलिया सरकारले भेपिङमा कडाइ गरेको छ।
यसअघि स्वास्थ्य मन्त्री मार्क बट्लरले भेपिङ एक मुख्य स्वास्थ्य समस्या भएको र धेरै स्कुलहरूमा आनीबानी समस्या देखिएको बताएका थिए।
डिपार्टमेन्ट अफ हेल्थ भनिने स्वास्थ्य मन्त्रालयको डेटा अनुसार सन् २०२२-२३ मा हरेक तीन मध्ये एक अस्ट्रेलियन माध्यमिक स्कुलका विद्यार्थीहरूले इ सिग्रेट प्रयोग गर्छन्।
बेकी फ्रिम्यान युनिर्भरसिटी अफ सिड्नीमा स्कुल अफ पब्लिक हेल्थकी एसोसिएट प्रोफेसर हुन्।
उनी 'जेनेरेसन भेप प्रोजेक्ट'को नेतृत्व गरिरहेकी छन्। भेपिङले युवा पुस्तामा पार्ने असरको अनुसन्धान गर्ने उक्त प्रोजेक्टले किशोरकिशोरीहरूमा ई-सिग्रेटको प्रयोग किन बढिरहेको छ भनेर उल्लेख गरिएको छ।
“हालका वर्षहरूमा भेपिङ गर्नेको सङ्ख्या बढेको छ, विशेष गरी कोभिड अघि र र पछिको समयमा जब स्कुलहरू बन्द थिए। सबैको ध्यान कोभिडमा केन्द्रित भइरहँदा निकोटिनका मात्रा धेरै भएका भेपिङका सामाग्रीहरू युवा पुस्तामा प्रचार भएका थिए।”

फ्रीम्यान बताउँछिन्,फार्मेसीहरू बाहिर खुद्रा पसलहरूमा भेपिङका सामानहरू बिक्री गर्न नपाइने नियम बनाइएपनि कालोबजारी कारण अझै पनि टिनेजरहरूलाई भेप पाउन एकदमै सजिलो छ।
“यदि १४ वर्षको उमेरको टिजेनरले सजिलै रूपमा भेप प्राप्त गर्न सक्छ भने, यो कालो बजार होइन। यो खुला बजार भन्दा बढी हो। त्यसैले हामी भेप किन सजिलै उपलब्ध भइरहेको छ भन्नेबारेमा केन्द्रित भएर काम गरिरहेका छौँ।”
भेपिङका उत्पादनहरू धेरै वर्ष अघि देखि प्रयोगमा थिए।
चुरोट भन्दा भेपिङ फरक छ भनेर प्रचार गरिएको कारण नै युवा पुस्तामा भेपिङ लोकप्रिय हुँदै गएको फ्रिम्यान बताउँछिन्।
“विशेष गरी युवाहरू धूम्रपान विरोधी छन्। उनीहरूलाई चुरोट महँगो लाग्छ र यसका स्वास्थ्य समस्याहरू छन् भन्ने थाहा छ। र जहाँ पायो त्यही धूम्रपान गर्न मिल्दैन। धूम्रपान सामाजिक रूपमै अस्वीकार्य छ...
“तर भेपलाई युवाहरूले सुरक्षित, सामाजिक रूपमा स्वीकार्य र रमाइलोको रूपमा हेर्छन्। भेपिङ उद्योगले यी उत्पादनहरू कत्तिको हानिकारक छ र कत्तिको लत लाग्छ भन्ने बारेमा प्रचार गरेको गलत सूचना अभियानमा सफल भएको छ।”
भेेपिङको स्वास्थ्य चुनाैतीहरू
प्रोफेसर निक ज्वर रोएल अस्ट्रेलियन कलेज अफ जनरल प्राक्टिसनरको बिशेषज्ञ सल्लाहकार समूहका अध्यक्ष हुन्। यो समूहले हेल्थ प्राक्टिस्न अर्थात् जीपीको लागि निर्देशनहरू बनाउँछ अनि यी नै निर्देशनहरू स्मोकिङ छोड्न चाहनेहरूको लागी सहयोग गर्न प्रयोग गरिन्छ।
उनी भन्छन् कि ग्लिसरीन र प्रोपाइलिन ग्लाइकोल समावेश भएको ई-सिगरेट तरल पदार्थलाई वाष्पीकरण गर्दा उत्पादित एरोसोलका कारण निकोटिन नभएका भेपहरूले पनि स्वास्थ्य जोखिमहरू निम्त्याउँछन्।
प्रोफेसर ज्वर भन्छन् कि भेपहरूमा निकोटिन छैन भनेर लेखिएको भएपनि सबैजसो भेपहरूमा निकोटिन हुन्छ।

“थेराप्युटिक गुड्स एड्मिनिस्ट्रेशन र अन्य समूहहरूले निकोटिन नभएको भनी लेबल लगाइएका भेपिङ सामाग्रीहरूको परीक्षण गर्दा ८० देखि ९० प्रतिशतको बिचमा निकोटिन पाइएको थियो।”
प्रवीण पाठक, १५ वर्षदेखि जीपीको रूपमा कार्यरत छन्। उनी भन्छन् कि नेपाली समुदायमा स्मोकिङको समस्या छैन, तर युवा पुस्तामा भेपिङ एकदमै लोकप्रिय छ, एउटा फेसन जस्तै भएको छ।
भेपमा पनि निकोटिनको मात्रा हुने हुँदा यसले स्वास्थ्यमा असर पुर्याउने उनी बताउँछन्।

उपलब्ध सहयोगहरू
अस्ट्रेलियाभरी धुम्रपान वा भेप छोड्न चाहनेको लागी क्वीटलाइन मार्फत फोन तथा अनलाइनबाट परामर्श सेवा दिइन्छ। यसका शाखाहरू प्रत्येक राज्य र प्रदेशहरूमा हटलाइन १३ (QUIT) टाइप गरी (१३७८४८) मार्फत सञ्चालन गर्छन्।
क्वीट भिक्टोरियाकी निर्देशक रेचल एन्डरसन भन्छिन्, भेपिङको लतबाट बाहिर निस्कन गरेका प्रयासहरू हरेक किशोर किशोरीको लागी एक अविस्मरणीय क्षण बन्छ।
“चुरोट होस् वा भेपिङ, यी दुवै छोड्नको लागी कुनै त्यस्तो केही तरिका त छैन। तर लत छोड्ने कोसिस गरिरहेकाहरूले भने एकै किसिमको अनुभव गर्छन्। निकोटिनको लतबाट बाहिर निस्कन सबैभन्दा धेरै सहयोगी जीपीहरू नै हुन सक्छन्।”
पाठक भन्छन् कि, भेपिङ र स्मोकिङ छोड्नको लागी परिवारको साथ एकदमै जरुरी हुन्छ। साथै निकोटिनको लतबाट बाहिर निस्कनको लागी जीपी सँगको परामर्शले धेरै सहयोग पुग्छ।
रचेल एन्डरसन थप्छिन्, साथीहरूबिच यति खाएर केही हुँदैन भन्ने खालका दबाब र यसले स्वास्थ्यमा कस्तो समस्या पर्छ भन्ने नबुझ्दा टिनेजरहरूलाई भेपिङ छोड्न गाह्रो हुन्छ।

आफ्नै छोराछोरीलाई भेप छोड्न कसरी सहयोग गर्ने त?
मेलबर्नकी सुष्मा दवाडी, को १२ वर्षकी छोरी छिन्।
उनी भन्छिन् कि कुलतमा लाग्दा स्वास्थ्यमा कस्तो समस्या पर्छ भन्नेबारे छोराछोरी सँग कुराकानी गर्न धेरै समय बिताउनु पर्छ।
खासमा छोराछोरीले अभिभावकलाई आफ्नो समस्या भन्न नसक्ने नै सबैभन्दा ठुलो समस्या रहेको दवाडीको भनाई छ।
“यदि उनीहरू थाहा नपाईकन पनि कुलतमा लागिहाल्यो भने, अभिभावकलाई आएर भन्न सकिने वातावरण बनाउनुपर्छ। किनभने भेपिङ तथा स्मोकिङ छुटाउने सबैभन्दा ठुलो भूमिका बाबुआमाको हुन्छ।”

भेपिङ छोड्न उपलब्ध सहयोगहरूः
- अस्ट्रेलियन क्यापिटल टेरिट्री
- न्यु साउथ वेल्स
- नर्दन टेरिट्री
- क्वीन्सल्यान्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- भिक्टोरिया
- वेस्टर्न अस्ट्रेलिया







