Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

दुई वर्षमा एक पटक मात्रै भाडा बढाउन पाउने नियम ल्याउँदै भिक्टोरिया सरकार

The Victorian Government has pledged $5.3 billion for social housing

The Victorian Government has pledged $5.3 billion for social housing Source: AAP

भिक्टोरियामा भाडामा बस्नु हुन्छ र घरबेटीले बेला बेलामा भाडा बढाउने नोटिसका कारण दिक्क हुनु भएको छ भने राज्य सरकारले राहतका लागि नयाँ योजना अघि सारेको छ।


Published

Updated

By Gareth Boreham

Presented by Krishna Pokhrel

Source: SBS




Share this with family and friends


भिक्टोरियामा भाडामा बस्नु हुन्छ र घरबेटीले बेला बेलामा भाडा बढाउने नोटिसका कारण दिक्क हुनु भएको छ भने राज्य सरकारले राहतका लागि नयाँ योजना अघि सारेको छ।


पछिल्लो समय रिजर्भ बैंकले ब्याजदर बढाउँदा बैकको ऋणको किस्ता पनि बढी रहेको छ।

घरधनीहरूलाई मोर्गेजमा अतिरिक्त भार परेसँगै, इन्भेस्टमेन्ट प्रर्पटीमा लगानी गरेकाहरूले पनि घरमा भाडामा बस्ने मानिसहरूबाट, भाडा वृद्धिका नाममा अतिरिक्त रकम उठाउने गरेका छन्।

भिक्टोरियाको प्रेस्टनमा बस्ने सिम्रन राई र उज्ज्वल मालाकारको जोडी यस अघि बस्दै आएको ठाउँमा घरबेटीले एक्कासि धेरै भाडा बढाएकाले नयाँ स्थानमा सरेका हुन्।

“पहिले बसेको ठाउँमा भाडा बढेको थियो, टु बेड रुम, टु बाथरुम युनिटलाई पहिले २४०० डलर तिर्ने गरेकोमा एक्कासि बढाएर ३२०० डलर पुर्‍याउने भयो,” सिम्रनले भनिन्।

बजेट बाहिर हुने भएपछि उनीहरू त्यहाँबाट अर्को ठाउँमा सरेको उनी बताउँछिन्।

सिम्रनका पार्टनर उज्ज्वल मालाकारले आफू पहिले सिड्नीमा बस्ने गरेको स्मरण गरे।

भाडा महँगो भएकाले मेलबर्न सरेको उनी सम्झना गर्छन्।

“तर अहिले चाहिँ सिड्नी कै प्राइसमा गइसक्यो मेलबर्न पनि,” मालाकारले भने।

सिम्रन र उज्ज्वल जस्तै बेला बेलामा भाडा बढेर दिक्क भइरहेका मानिसहरूलाई केही राहत दिन भिक्टोरिया सरकारले नयाँ योजना सारेको छ। जुन लागू भएमा कम्तीमा दुई वर्षसम्म घरधनीहरूले भाडा बढाउन पाउने छैनन्।

Rental crisis deepens in Sydney.
Rental crisis deepens in Sydney. Source: Getty / Getty Image

भाडामा बस्ने मानिसहरूको समूहले सरकारी योजनाको स्वागत गरेको भए पनि, रियल इस्टेट इन्स्टिच्युटले भने यसलाई 'विनाशकारी' र 'अविवेकी' योजना भएको प्रतिक्रिया दिएको छ।

भिक्टोरियाको भाडामा बस्ने मानिसहरूको सङ्गठन भिक्टोरियन टेनेन्ट्स युनियनका प्रमुख कार्यकारी जेनिफर बेवरिज पछिल्लो समय वासस्थान निकै महँगो बन्दै गएको बताउँछिन्।

“भाडामा बस्नेहरू पिडामा छन्...हामीले सुने अनुसार भिक्टोरियामा अहिलेको भन्दा १० देखि ३० प्रतिशतले भाडा बढेको छ, तर कति त दोब्बर भाडा तिर्न बाध्य छन्,” l बेवरिज भन्छिन्।

यसको समाधानका लागि भिक्टोरियाका प्रिमियरले ठुलो परिवर्तनको योजना अघि सारेका छन्।

“सबै कुरा तयार भइसक्यो, नीतिगत रूपमा परिवर्तन गर्न सकिने धेरै कुराहरू छन्...मैले बुढा हजुरबुबा हजुरआमाहरूसँग कुरा गरेको छु, युवाहरूसँग कुरा गरेको छु, उनीहरू भविष्य प्रति चिन्तित छन्, वासस्थानका बारेमा उनीहरू चिन्तामा छन्,” एन्ड्रुज भन्छन्।

तर सरकारी योजना विवाद रहित भने छैन।

प्रिमियर एन्ड्रुज सहयोगको आवश्यक रहेका मानिसहरूलाई राहत दिन सरकारले विभिन्न खाले योजना बनाउने गरेको बताउँछन्।

उनले बिजुलीको बिल तिर्न गाह्रो परिरहेकाहरूलाई पनि विभिन्न योजना मार्फत सहयोग गरिरहेको उनले उदाहरण दिए।

यता टेनेन्ट्स भिक्टोरियाकी जेनीफर बेवरिज भाडा कतिसम्म वृद्धि गर्न पाउने भन्ने कुराको पनि निश्चित मापदण्ड तोकिनु पर्ने बताउँछिन्।

“मलाई लाग्छ कि यो व्यवहारिक समाधान हो, भिक्टोरियामा अहिले पनि वर्षमा एक पटक मात्र भाडा बढाउन पाउने नियम छ, यसलाई अलिकति बढाइएको छ, अझ यसमा कति भाडा बढाउन पाउने भनेर एउटा दर पनि तोकिनु पर्छ,” बेवरिजले भनिन्।

तर यो प्रभावकारी नहुने भन्ने धारणा पनि सार्वजनिक भएका छन्।

रियल स्टेट इन्स्टीच्यूट अफ भिक्टोरियाका प्रमुख कार्यकारी क्विन्टेन किलियन भने सरकारले सोचे भन्दा फरक नतिजा यसले दिने बताउँछन्।

“यो मुद्दाका लागि यो विनाशकारी हुने देखिन्छ, भाडा लगाउनेहरू पलायन हुदैछन्, यसले यो प्रवृत्तिलाई झनै बढाउनेछ,” उनले भने।

“समस्या झनै बढ्छ, किनकि बजारमा खालि घरहरू कम भेटिनेछन्, जसका कारण बास विहीन बन्नु पर्ने स्थिति आउन सक्छ, झनै मंहगो बन्दै जानेछ, यो ठिक निर्णय हो जस्तो मलाई लाग्दैन।”

यस बाहेक नयाँ योजना अन्तर्गत एअरबिएनबि जस्ता छोटो समयका लागि भाडा लगाउनेहरूलाई पाँच डलरको अतिरिक्त लेभि लगाउने योजना पनि अघि सारिएको छ।

यसबाट उठ्ने रकम सहुलियत वासस्थानको व्यवस्थापनमा खर्च हुनेछ।

प्रिमियर एन्ड्रुजले धेरै कामहरू भइरहेको र निकट भविष्यमा ठुलो परिवर्तनको घोषणा हुने बताएका छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now