प्रधानमन्त्री एन्थोनी अल्बानिजीले नोभेम्बरको पहिलो साता गर्ने चीनको भ्रमणलाई लिएर अहिलै निकै चासो व्यक्त भइरहेको छ। पछिल्लो समय चीन र अस्ट्रेलियाबीच चिसिएको सम्बन्ध सुधारतर्फ गइरहेका बेला भ्रमणलाई लिएर निकै आशा गरिएको छ। इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले, गाजामा हमासले बन्धक बनाइएका दुई सय मानिसलाई छुटाउने सम्भावना बलियो बन्दै गएको बताएका छन्। प्रधानमन्त्री नेतान्याहुले अक्टोबर ७ मा हमासले इजरेलमा गरेको आक्रमणलाई सेप्टेम्बर ११ मा अमेरिका माथि अलकायदाले गरेको आक्रमणसँग तुलना गरे। खेल तर्फ भने, एडी जोन्सले वालाबिजको प्रशिक्षकको भूमिकाबाट राजीनामा दिएका छन्। गएको एक हप्ता यता अस्ट्रेलियाका प्रमुख घटनाहरू बारे नेपाली भाषामा समाचार।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share




