Coming Up Thu 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio

बोन्डाइ क्लस्टर:थप कडा प्रतिबन्धहरूको सम्भावना

NSW agriculture minister tests positive for COVID-19. Source: AAP

न्यु साउथ वेल्सका कृषि मन्त्री एडम मार्शाल कोभिड-१९ सङ्क्रमित पुष्टि भएका छन् भने, सिड्नीका केही क्षेत्रहरूको ढलमा भाइरसको सङ्केत देखिएको बताइएको छ।

केही केसहरूको श्रोतको अनुसन्धान हुँदै गर्दा, आवश्यक परेमा प्रतिबन्धहरू कडा गरिने र लकडाउन पनि एक विकल्प रहेको राज्यकी प्रिमियर ग्लाडिस बेरेजिक्लियनले बताएकी छिन्।

मास्क नलगाए जरिवानाको चेतावनी

Police officers wear face masks in Sydney.
Getty

न्यु साउथ वेल्स प्रहरीका डेपुटी कमिस्नर ग्यारी वारबोइजले मास्क लगाउन जारी गरिएको घोषणा नमाने अब जरिवाना गरिन सकिने बताएका छन्।

बिहीवार सिड्नीमा आयोजित कोभिड-१९ महामारी सम्बन्धी पत्रकार सम्मेलनका क्रममा उनले भने कि राज्य प्रहरीले मास्क लगाउनुपर्ने स्थानहरूमा बिना मास्क हिँडेका १५० जनालाई अहिलेसम्म चेतावनी दिएर छाडेको छ।

Nepali Infographics MASKs
SBS Nepali

तर अब भने राज्य प्रहरीले "सामान्य शिक्षा" भन्दा नियम पालना गराउन र तिनको उल्लङ्घन भए कारबाही गर्न अग्रसर हुने उनले बताएका छन्।

"निश्चित रूपमा अब केही मानिसहरू जिस्किन खोज्न थालेका छन् वा नियमको बर्खिलापमा जान उद्धत छन्," उनले भने।

"त्यस्ता व्यक्तिहरूलाई प्रहरीले सोधपुछ गर्नेछ र चेतावनीको सट्टा सजाय सहितको सूचना जारी गरिनेछ।"

 

Coming up next

# TITLE RELEASED TIME MORE
बोन्डाइ क्लस्टर:थप कडा प्रतिबन्धहरूको सम्भावना 24/06/2021 07:49 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार २७ अक्टोबर २०२१ 27/10/2021 05:33 ...
घर वा कार्यालय: मानिसहरूले आफ्नो कामको उत्कृष्ट प्रदर्शन कहाँ गर्छन्? 27/10/2021 05:24 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलबार २६ अक्टोबर २०२१ 26/10/2021 08:06 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार २५ अक्टोबर २०२१ 25/10/2021 06:53 ...
चिनिया राजदूतको कम्युनिष्ट पार्टीहरू एक हुनुपर्ने भनाइ विवादित र भीषण वर्षाले ठुलो जन धनको क्षति: गत ७ दिन नेपालमा 24/10/2021 04:52 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार २४ अक्टोबर २०२१ 24/10/2021 11:39 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार २२ अक्टोबर २०२१ 22/10/2021 05:25 ...
भर्खरै लकडाउन मुक्त भएको मेलबर्नमा घरेलु हिंसा विरुद्ध "रिभर वक" आयोजना हुँदै 22/10/2021 10:14 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहिबार २१ अक्टोबर २०२१ 21/10/2021 14:28 ...
View More