एक पूर्वानुमानका अनुसार सन् २०१९ मा ४० अर्बको रहेको शिक्षा उद्योग सन् २०२२ सम्ममा घटेर २० अर्बमा झर्ने अनुमान गरिएको हो।
यो सङ्कुचनको प्रभाव विश्वविद्यालयलाई लगायत अन्य बृहत् क्षेत्रमा प्रभाव पार्ने अनुमान छ ।
सीमा बन्दका कारण अस्तव्यस्त बनेको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय शिक्षा उद्योग महामारीका दौरान एउटा यस्तो गम्भीर मुद्दा बनेको छ जसले अस्ट्रेलियालाई पिरोलिरहेको छ ।
भिक्टोरिया युनिभर्सिटी अन्तर्गतको मिचेल इन्सटीट्युटका अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा भर पर्ने शिक्षा उद्योग सन् २०२२ को अन्त्यसम्ममा आधा सङ्कुचनमा आउने छ - यसको अर्थ सन् २०१९ मा ४० दशमलव ३ अर्बको उद्योग सन् २०२२ मा पुग्दा २० अर्ब डलरमा झर्नेछ ।
करिब ५० प्रतिशतको कमी आउने यस्ता पूर्वानूमानहरुले अस्ट्रेलियामा विद्यार्थीलाई सेवा दिने संस्थाहरू मात्र नभएर विद्यार्थीहरूका अन्य आवश्यकता पुरा गर्ने संस्थाहरूलाई पनि समस्यामा पार्ने देखिएको छ ।
इन्सटीट्युटका शिक्षा नीति हेर्ने पिटर हर्ली अन्तर्राष्ट्रिय विद्यार्थी युनिसर्भीटलाई मात्र नभएर अन्य क्षेत्रमा पनि उत्तिकै प्रभाव पार्ने बताउँछन् ।
“तपाईँले अन्तर्राष्ट्रिय क्षेत्रलाई हेर्दै हुनुहुन्छ जसको मूल्य आधा घटेको छ, आगामी वर्षको अन्त्यसम्ममा यसले ठुलो प्रभाव पार्ने वाला छ, अन्तर्राष्ट्रिय बिद्यार्थीहरुको प्रभाव अर्थव्यवस्थाको ठुलो भागमा पर्नेछ," उनले भने ।
महामारीका कारण कक्षाकोठामा हुने पढाई खुम्चिएको छ भने अनलाइन माध्यमको पढाइले भने व्यापक स्थान लिइरहेको छ ।

महामारी अघि अनलाइन शिक्षा करिब करिब ९० लाख अस्ट्रेलियन डलर बराबरको मात्र भएको मानिन्थ्यो तर सन् २०२० को अन्त्य हुँदै गर्दा यो ३ अर्ब भन्दा बढीको व्यवसाय बनेको छ।
यो वृद्धिमा अधिकांश हात तिनै विद्यार्थीहरुको रहेको छ जो महामारी पछि आफ्नो मुलुक फर्किएका छन् र जस्तो सुकै परिस्थितिमा पनि आफ्नो पढाइलाई निरन्तरता दिने दृढतामा छन् ।
इन्सटीट्युटको रिर्पोटले सन् २०२० को नोभेम्बर सम्म केवल १७ हजार विद्यार्थीले मात्र बिश्वबिद्यालयहरुमा भर्ना गरेको देखाउँछ जबकि यो ६ महिनाको अवधिमा एक लाख २० हजार विद्यार्थी भर्ना हुनु पर्ने हो।
हालै भिक्टोरिया राज्यले प्रत्येक हप्ता १२० जना विद्यार्थीलाई भित्र्याउन सङ्घीय सरकार समक्ष राखेको प्रस्तावले धेरैलाई आशा भने जगाएको छ ।
आकाँक्षा नागुसुन्दरम गत वर्षको अप्रिलमा महामारीका कारण आफ्नै मुलुक मलेसिया फर्किएकी थिइन् उनी मेलबर्नमा रहेको रोयल मेलबर्न इन्स्टीच्यूट अफ टेक्नेलोजिमा चाँडै फर्कने आशा गर्छिन् ।
"म आशा गर्छु कि यो योजना सफल हुनेछ र हामी पुन कक्षा कोठामा फर्किन सक्नेछौ," उनी भन्छिन्।
यदि प्रत्येक हप्ता सीमित सङ्ख्यामा विद्यार्थीहरुलाई आउने अनुमति दिइयो भने चाहीँ प्रतीक्षाको सुची निकै लामो हुने अनुमान छ ।

तर हर्ली भन्छन् कि सम्पूर्ण विद्यार्थी फर्कन महिनौँ लाग्न सक्छ ।
यता युनिभर्सिटी अफ न्यु साउथ वेल्सले भने आफ्ना करिब १० हजार विद्यार्थी उनीहरूकै मुलुकमा रहेका र अप्ठेरो समयमा उनीहरूलाई आवश्यक सहयोग गरिरहेको बताउँछ र चीनमा हालै मात्र अफसोर शिक्षा लिने दुई वटा केन्द्रहरू विश्वविद्यालयले स्थापना गरी दिएको छ जहाँबाट बिद्यार्थीहरुले आफ्नो पढाइलाई निरन्तरता दिन सक्दछन् ।
तर विद्यार्थीहरुले अनलाइन शिक्षा लिँदै गर्दा शुल्क तिर्नु परेका बारेमा भने चासो व्यक्त गर्छन् ।
नागासुन्दरन विश्वविद्यालये लिइरहेको शुल्कका बारेमा चासो व्यक्त गर्छिन् ।

अन्तर्राष्ट्रिय शिक्षा सङ्गठन अस्ट्रेलियाका फिल हनीउड अहिलेको अवस्थालाई अस्ट्रेलियाका लागि मात्र नभएर अन्य बृहत् क्षेत्रका लागि गुमेको अवसरका रूपमा व्याख्या गर्छन् ।
“यहाँ रहेका विद्यार्थीहरुको आङ्कलन गर्न गार्हो छ, अन्य बेला करिब सात लाखको सङ्ख्यामा रहेका विद्यार्थी मध्ये कम्तीमा पनि एक लाख त यहाँ होलान्, तर यो केवल ४० अर्बको व्यवसायी घाटा मात्र होइन,यो गुमेको अवसर पनि हो।"
"सो क्षेत्रका भोलिका युवा नेताहरूलाई शिक्षा प्रदान गर्न जो भोलिका दिनमा व्यवसाय,राजनीति वा शिक्षा क्षेत्रलाई नेतृत्व गर्नेछन् । कुनै बेला यस्तो हुनसक्छ कि इन्डोनेसिया वा मलेसियाका एक तिहाइ मन्त्रीहरू अस्ट्रेलियामा पढेका हुन सक्छन् र यो अवसर अस्ट्रेलियाले गुमाउनेछ ।”
हाल कोभिड १९ महामारी सुरु हुनुभन्दा अगाडीको तुलनामा करिब २ लाख ६० हजार कम विद्यार्थीहरू अस्ट्रेलियामा बसेर आफ्नो पढाइलाई निरन्तरता दिई रहेका छन् ।
यस विषयमा के तपाईँसँग समस्या वा प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, ट्विटर मार्फत वा यहाँ क्लिक गरेर पठाउन पनि सक्नुहुनेछ।
"]









