Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी भित्राउने कुरा के भयो?

When will the international students return to Australia...

When will the international students return to Australia... Source: Getty

विदेशबाट अस्ट्रेलिया फर्कने यात्रुहरूको सङ्ख्यामा सरकारले बढोत्तरी गर्ने निर्णय गरेसँगै कोभिडका कारण निकै मारमा परेको अस्ट्रेलियाली उच्च शिक्षाको क्षेत्रलाई पुनर्स्थापित गर्न दबाब बढेको छ।


Published

Updated

Source: SBS




Share this with family and friends


विदेशबाट अस्ट्रेलिया फर्कने यात्रुहरूको सङ्ख्यामा सरकारले बढोत्तरी गर्ने निर्णय गरेसँगै कोभिडका कारण निकै मारमा परेको अस्ट्रेलियाली उच्च शिक्षाको क्षेत्रलाई पुनर्स्थापित गर्न दबाब बढेको छ।


साउथ अस्ट्रेलियाले विद्यार्थीहरू  फिर्ता ल्याउनका लागि परीक्षण कार्यक्रम अर्थात् पाइलट प्रोग्रामको परिकल्पना गरेको छ जस अन्तर्गत करिब ३ सय बिद्यार्थीहरु अस्ट्रेलिया भित्रन पाउनेछन् तर यसका लागि मोरिसन सरकारले अनुमति दिनु पर्नेछ।

 

युनिभर्सिटी अफ साउथ अस्ट्रेलियाका सयौँ अन्तर्राष्ट्रिय विद्यार्थीहरू सो पाइलट प्रोग्रामलाई सरकारले कहिले अनुमति दिन्छ भन्दै पर्खेर बसेका छन्।

 

यदि यो कार्यक्रम सञ्चालन भए चीन, जापान, हङकङ र सिंगापुरका करिब ३०० विद्यार्थीहरू पहिलो चरण अन्तर्गत कक्षा कोठामा फर्कन पाउनेछन् । 

 

साउथ अस्ट्रेलिया सरकारले यो योजना बनाएको करिब एक महिना पुगी सक्यो तर मोरिसन सरकारको अनुमति नपाएका कारण अहिले यो अनिश्चित बनेको छ ।

स्टडी एडिलेड नामक एक स्वतन्त्र संस्थाले यो कार्यक्रमको परिकल्पना गरेको थियो । 

 

संस्थाका प्रमुख कार्यकारी अधिकृत क्यारेन केन्ट भन्छिन् यो कार्यक्रम कार्यान्वयनका लागि सम्पूर्ण रूपमा तैयारी अवस्थामा छ  । 

 

साउथ अस्ट्रेलियाले हालै आफ्नो होटेल क्वारेनटिन क्षमतालाई हप्ताको ८ सय पुर्‍याएको छ जस अन्तर्गतका ६ सय स्थान विद्यार्थीहरूका लागि छुट्ट्याएको हो  ।

यतिखेर एडिलेडमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आफ्ना सहपाठी विदेशमा फस्दाको अनुभव थाहा छ । 

 

मि का ट्याम हङकङबाट एडिलेड आएको ३ वर्ष पुरा भयो । 

 

उनी यतिखेर कोरियामा फसिरहेका आफ्ना साथीको अवस्थाका बारेमा चिन्ता व्यक्त गर्छन् । 

 

त्यसै गरी सिन्डी डु संघाईमा फसेको पनि धेरै भइसक्यो । 

 

एडिलेडमा चाईल्ड केयर एजुकेटर हुने उनको सपना अहिले कोभिडका कारण केही समयका लागि रोकिएको छ ।

साउथ अस्ट्रेलियाले उच्च शिक्षाको क्षेत्रबाट बर्सेनि करिब २ दशमलव २ अर्व डलर बराबरको आम्दानी गर्छ । 

 

यहाँ रहेका कतिपय स्थानीय व्यवसाय अन्तर्राष्ट्रिय विद्यार्थी कै भरमा टिक्दछन् र व्यवसायीहरू पनि यतिखेर अन्तर्राष्ट्रिय विद्यार्थीका पुन आगमनको कार्यक्रम छिटो कार्यान्वयनमा आएको हेर्न चाहन्छन् ।

 

 नेथन वङ एडिलेडमा बारबिक्यू सिटी नामको  सानो व्यवसाय गर्छन् । 

 

उनी भन्छन् “ मेरो आधा भन्दा बढी व्यापार अन्तर्राष्ट्रिय विद्यार्थीहरु नभएका कारण घटेको छ ।”

 

गत जुलाईमा राजधानी क्यानबेरामा अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउने योजना भिक्टोरियामा कोरोनाको दोस्रो चरणको सङ्क्रमणको आगमनसँगै तुहिएको थियो ।

कतिपय साउथ अस्ट्रेलियावासी भने अन्तर्राष्ट्रिय विद्यार्थीहरू ल्याउँदा हाल कोभिड सङ्कटबाट दूर रहेको साउथ अस्ट्रेलियामा समस्या पैदा हुने भन्दै चासो व्यक्त गरेका छन् । 

 

तर सिन्डी डु जस्ता विद्यार्थीहरू भन्छन् सरकारले आफूहरूलाई अस्ट्रेलिया फर्कन  अनुमतिको अवसर दिए सरकारी स्वास्थ्य सम्बन्धी सम्पूर्ण  मापदण्डहरू पुरा गर्न तैयार छन् । 

 

हाल यो परियोजनाको समय रेखाका बारेमा विभिन्न स्तरमा छलफल चलिरहेको छ ।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या र तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे थप जानकारी यहाँ उपलब्ध छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

 

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now