Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

उपभोक्तालाई थाहै नदिइ ‘फेसियल रिकग्निसन’ प्रविधिको प्रयोग गर्ने ठूला पसलहरूमाथि अनुसन्धान सुरू

Kmart is one of the three major Australian retailers using the facial recognition technology in its stores.

Kmart is one of the three major Australian retailers using the facial recognition technology in its stores. Source: AAP/PAUL MILLER/AAPIMAGE

अस्ट्रेलियाका प्रमुख खुद्रा व्यवसायहरूले अनुहारको लगत राख्ने फेसियल रिकग्नीसन प्रविधिको प्रयोग गर्ने बारे धेरै मानिसहरू अनभिज्ञ रहेको एक रिपोर्टले खुलासा गरेको छ।


Published

Updated

By Tina Quinn

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


अस्ट्रेलियाका प्रमुख खुद्रा व्यवसायहरूले अनुहारको लगत राख्ने फेसियल रिकग्नीसन प्रविधिको प्रयोग गर्ने बारे धेरै मानिसहरू अनभिज्ञ रहेको एक रिपोर्टले खुलासा गरेको छ।


बनिङ्गस्, केमार्ट र द गुड गाइज जस्ता पसलहरूले ग्राहकहरूको अनुहारको रूपरेखा रेकर्ड गर्ने गरेका छन्।

यो अभ्यास विवादित बन्न सक्ने सम्भावना रहेको बताइँदै गर्दा ती कम्पनीहरूले भने चोरी र सुरक्षा सम्बन्धी अन्य चिन्ताहरूका कारण उक्त कदम चालेको भन्दै आफ्नो बचाऊ गरेका छन्।

यता केही विज्ञहरू चाहिँ यसले गर्दा गोपनीयता सम्बन्धी कानून उल्लङ्घन हुन सक्ने औँल्याउँछन्।

तर अस्ट्रेलियामा बस्ने धेरै मानिसहरूलाई नामुद पसलहरूले अनुहार पहिचान गर्ने प्रविधि प्रयोग गरिराखेको पत्तो नै छैन।

अस्ट्रेलियन कन्ज्युमर्स एसोसिएसन र चोइसले गरेको एक अनुसन्धानका अनुसार पसलहरूका गोपनीयता सम्बन्धी नीतिहरू सजिलैसँग भेट्टाउन सकिँदैन, चाहे त्यो अनलाइनमा होस् वा पसलमै। 

ग्राहकहरूको विवरण सम्बन्धी विषयमा वकालत गर्ने कन्ज्युमर डेटा एड्भोकेटकी केट बवेरले पसलहरूले अनुहार पहिचान गर्ने प्रविधिको प्रयोग गरिएकोबारे जानकारी टाँसेको भेटिए पनि, त्यो पर्याप्त नभएको बताएकी छिन्।

"बनिङ्गस् र केमार्टले पसल छिर्ने ठाउँमा निकै सानो सूचना टाँसेका छन्, हामीलाई लाग्दैन यो ग्राहकहरूलाई जानकारी दिन पर्याप्त छ।"

"७६ प्रतिशत मानिसहरूलाई उक्त प्रविधिको प्रयोगबारे जानकारी नै छैन," उनले भनिन्।

पुरा रिपोर्ट सुन्नुहोस्:उपभोक्तालाई थाहै नदिइ ‘फेसियल रिकग्निसन’ प्रविधिको प्रयोग गर्ने ठूला पसलहरूमाथि अनुसन्धान सुरू हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Is there any draw back with the use of facial recognition technology?
Bazı süpermarket zincirleri yüz tanıma teknolojisi kullanıyor. Peki, bunlar ne kadar yasal ve müşterileri ne olduğunun farkında mı? Source: Getty

यी व्यवसायहरूले उक्त प्रविधि मानिसहरूको गतिविधिलाई हेरेर मार्केटिङ गर्न प्रयोग नगरिने बताएका छन्।

द गुड गाइजले चोरी र असामाजिक व्यवहारलाई रोक्न तत्काललाई अनुहार पहिचान गर्ने प्रविधि दुई वटा पसलहरूमा राखेर परीक्षण गरिएको एसबीएसलाई बताएको छ।

बनिङ्गस्ले एक विज्ञप्ति मार्फत यसको सिसिटिभी प्रणालीले यो प्रविधिको प्रयोग गरेर "पहिले भएका चिन्ताजनक घटनाहरूमा सहभागी व्यक्तिहरूलाई पहिचान गर्न  सहयोग पुगोस्" भन्ने उद्देश्यले पसलमा राखिएको बताएको छ।

कम्पनीले यो प्रविधि कर्मचारी र ग्राहक दुवैको लागी सुरक्षित वातावरण बनाइराख्न महत्त्वपूर्ण मापदण्ड हुने विश्वास लिएको छ।

तर उपभोक्ताहरू भने यो कुराबाट त्यति सन्तुष्ट देखिएका छैनन्।

Kmart is one of the three major Australian retailers using the facial recognition technology in its stores.
Kmart is one of the three major Australian retailers using the facial recognition technology in its stores. Source: AAP/PAUL MILLER/AAPIMAGE

एक ग्राहक भन्छन्, "मलाई त यो हामीलाई बिग ब्रदरले हेरिरहेको जस्तो लागेको छ, र यसबाट मलाई अलिकति डर पनि लागेको छ।"

उक्त प्रविधिले मानिसहरूको अनुमतिबिना बायोमेट्रिक जानकारीहरू जम्मा गर्छ ।

यसले गर्दा एक गम्भीर प्रश्न उब्जिएको छ कि कतै यसले गोपनीयता सम्बन्धी कानूनलाई उल्लङ्घन त गरेको छैन।

विज्ञहरूको बिचमा भने यो प्रविधि पास हुन सकेको छैन।

मोनास युनिभर्सिटीका प्रोफेसर मार्क एन्ड्रेजेभिक भन्छन् कि उपभोक्ताको जानकारी बिना नै यस्ता प्रविधिहरूको प्रयोग गरिनु कानुनी हिसाबले प्रश्न उब्जाउने विषय हो।

"यो डरलाग्दो किसिमकै छ, भीडमा मानिसहरूलाई पहिचान गर्ने क्षमता हुनु जसको बारेमा उनीहरूलाई थाहा नै हुँदैन," उनले भने।

अर्का विज्ञ युनिभर्सिटी अफ न्यु साउथ वेल्सका प्रोफेसर टबी वाल्सका अनुसार अर्को ठुलो समस्या भनेको कार्य शुद्धता पनि हो।

"यसले पुरुषहरूको तुलनामा महिलाहरूमा त्यति राम्रो काम गर्दैन, यो गोरो छाला भएको मान्छेको तुलनामा अश्वेत छालामा धेरै राम्रो काम गर्दैन र यसले अश्वेत महिलाहरूमा त झन् कम काम गर्छ ... कतै यसले मानिसहरूलाई विभेद त गर्दैन किनभने यसले उनीहरू (अश्वेत)मा राम्रोसँग काम गर्दैन।"

अनुसन्धान सुरू

यसरी बनिङ्स र केमार्ट जस्ता ठुला पसलहरूले ‘फेसियल रिकग्निसन’ प्रविधिको प्रयोग गरेको खुले पछि उनीहरूमाथि अनुसन्धान पनि सुरु भएको छ।

अफिस अफ दि अस्ट्रेलियन इन्फरमेसन कमिस्नर (ओएआइसी) भनिने अस्ट्रेलियाली जानकारी आयुक्तको कार्यालयले उपभोक्ताहरूको जानकारी बिना नै केही ठुला खुद्रा व्यवसायहरूले उक्त प्रविधि प्रयोग गरेको रिपोर्ट सार्वजनिक भएपछि आफूले यसबारे अनुसन्धान थालेको पुष्टि गरेको हो।

गुड गाइजले भने सो रिपोर्ट सार्वजनिक भएपछि आफूले उक्त कार्य बन्द गरेको बताएका थियो।

ओएआइसीले गुड गाइजसँग पनि यस बारे कुराकानी भएको पुष्टि केही दिन अघि गरेको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now