Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

यहुदी नरसंहार अस्विकार गर्ने र खोप विरोधी सामग्रीहरुको प्रकाशनमा रोक लगाउने फेसबुकको घोषणा

Facebook CEO Mark Zuckerberg
Facebook CEO Mark Zuckerberg Source: AAP

फेसबुकले हालै गरेको घोषणामा अब देखि खोप विरोधी विज्ञापनहरू र नाजी द्वारा गरिएको यहुदी मानिसहरूको नरसंहार नभएको भन्ने जस्ता दाबीहरू माथि प्रतिबन्ध लगाउने बताएको छ।


Published

Updated

By Marcus Megalokonomos

Presented by Dinita Rishal

Source: SBS




Share this with family and friends


फेसबुकले हालै गरेको घोषणामा अब देखि खोप विरोधी विज्ञापनहरू र नाजी द्वारा गरिएको यहुदी मानिसहरूको नरसंहार नभएको भन्ने जस्ता दाबीहरू माथि प्रतिबन्ध लगाउने बताएको छ।


आजभोलि सामाजिक सञ्जालको प्रयोग नगर्ने मानिसहरू कमै भेटिन्छन् होला। तपाईँ हामीले चलाउँदै आएको फेसबुकको न्युज फिडमा अब केही परिवर्तनहरू देखिन सक्नेछन्। 

 

केही समय देखि घृणात्मक किसिमका सन्देश फैलाउने सामाग्रीहरूलाई आफ्नो प्ल्याटफर्मबाट हटाउन भन्दै फेसबुकमाथि धेरै दबाबहरू आइरहेका थिए।

 

गत सोमबार अक्टोबर १२ तारिखमा फेसबुकले होलोकस्ट, अर्थात् दोस्रो विश्व युद्धको समयमा लाखौँको सङ्ख्यामा यहुदीहरूको हत्या गरिएको घटनाको विरुद्ध तयार पारिएका सामग्रीहरूमाथि प्रतिबन्ध लगाउने घोषणा गर्‍यो । त्यसकै भोलि पल्ट अक्टोबर १३ मा मानिसहरूलाई खोप लगाउन हुँदैन भन्ने खोप विरोधी विज्ञापनहरूलाई पनि निषेध गरियो।

अब देखि सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले कुन सामग्री राख्न पाउने छन्, र कुन सामाग्री राख्न पाउने छैनन् त?

 

फेसबुकले अब देखि मानिसहरूलाई खोपको प्रयोग गर्न निरुत्साहित गर्ने, या खोपलाई रोगको रोकथामका लागि अप्रभावकारी र असुरक्षित भनी तुल्याउने विज्ञापनहरूलाई स्वीकार नगर्ने भएको छ। 

 

फेसबुकले खोपको प्रयोगको बारेमा समर्थन र जागरूकता जगाउनका लागि विश्व स्वास्थ्य संगठन र युनिसेफसँग काम गर्दै आएको छ। यो नयाँ नीति भुक्तान गरिएका विज्ञापनहरूमाथि मात्र लागु हुनेछ। व्यक्तिगत या सामूहिक रूपमा खोपको प्रयोग विरुद्ध गरिने पोस्टहरू भने हटाइने छैन। 

Coronavirus Pandemic Causes Climate Of Anxiety And Changing Routines In America
A protester holds an anti-vaccination sign as supporters of President Donald Trump rally to reopen California as the coronavirus pandemic continues to worsen. Source: Getty Images North America

यस सन्दर्भमा एसबीएसले अस्ट्रेलियाली खोप जोखिम नेटवर्कलाई सम्पर्क गरेको थियो, तर केही जवाफ भने प्राप्त भएको छैन।

 

खोपको प्रयोगको विषयमा यस्ता अनलाइन माध्यमहरूमा हुने कुराकानी कतिपय समयमा निकै खतरनाक हुने सिड्नी विश्वविद्यालयका अनलाइन मिडियाका प्राध्यापक एवम् इन्टरनेट अनुसन्धानकर्ता डाक्टर जोनाथन हचिन्सन बताउँछन्। 

 

त्यस्तै, सिड्नी विश्वविद्यालयका डिजिटल मिडिया र एथ्नोग्राफीका अन्वेषक डाक्टर जोलिना सिनानन बताउँछिन् कि, गत हप्ता फेसबुकले घोषणा गरेका यी दुई नीतिहरूले मानिसको स्वतन्त्र रूपमा बोल्न पाउने अधिकार अर्थात् 'फ्रीडम अफ स्पीच' र अरूप्रति घृणा व्यक्त गर्दै बोल्ने प्रवृत्ति, 'हेट स्पीच' बिचको भिन्नतालाई अझै धमिलो बनाएको छ। 

प्रयोगकर्ताहरूको न्युज फिडमा देखा पर्ने सामग्रीहरूमाथि फेसबुकको ठूलो हात हुने युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीका डिजिटल र सामाजिक सञ्जाल प्रयोगका विशेषज्ञ फ्रान्सेस्को बेलो बताउँछन्।

 

गत सेप्टेम्बरमा आएको नेटफ्लिक्स वृत्तचित्र 'द सोसियल डिलेमा' मा सामाजिक सञ्जालले विश्वभरि नै मानव समुदायमा गर्ने नकारात्मक असरहरूको बारेमा प्रस्तुत गरिएको छ। यसमा अनलाइन माध्यमहरूले कसरी अल्गोरिदम र कृत्रिम बुद्धिमत्ता को प्रयोग गरी प्रयोगकर्ताहरूलाई सोसियल मिडियाको लत लाग्न मजबुर बनाउँछ भन्ने बारे बताइएको छ।

कोरोनाभाइरस महामारी र ब्ल्याक लाइभ्स म्याटर विरोध जस्ता हालका केही घटनाहरूको बारेमा इन्टरनेटमा फैलिएको गलत खबर र घृणात्मक सन्देशहरूका कारण फेसबुकजस्ता कम्पनीहरू यस्ता नयाँ नियम लागु गर्न बाध्य भएको सिनानन बताउँछिन् । 

 

यी नयाँ नियमहरूले हाम्रो फेसबुक फिडबाट षड्यन्त्र-सम्बन्धित सामग्री हटाउन मद्दत गर्ने टेक्नोलोजी विशेषज्ञ ट्रेभर लङको भनाइ छ।

 

कानुन निर्माताहरूले केही वर्षदेखि सामाजिक सञ्जाल सम्बन्धी अझै कडा नियमहरू बनाइनु पर्ने आह्वान गर्दै आएका छन्। 

Social media apps displayed on a mobile phone, 2019.
Social media apps displayed on a mobile phone, 2019. Source: AAP

धेरैजस्ता सामाजिक सञ्जाल कम्पनीहरू कुनै बाहिरी नियामक निकायको अधीनमा काम गर्दैनन्। उनीहरूले स्व निर्मित नियमहरूको मात्र पालना गर्ने भएकाले पूर्ण स्वतन्त्र रहेको डाक्टर हचिन्सन भन्छन्।

 

युट्युबले सन् २०१९ मा मात्र अठासी लाख भिडियोहरू आफ्नो साइट बाट हटाएको, र ती मध्य दुई तिहाइ भिडियोको एउटा पनि दर्शक नरहेको बताएको छ। त्यस्तै, तेत्तीस लाख युट्युब च्यानलहरू र ५ करोड कमेन्टहरू पनि हटाइएको थियो।

 

फेसबुकले भने पछिल्लो तीन महिनामा २ करोड पच्चीस लाख हेट स्पीचहरू मेटाएको थियो। र २०१९ मा ३ करोड भन्दा बढी पोस्टहरू माथि केही किसिमको कारबाही गरेको थियो। 

Facebook chairman Mark Zuckerberg announces ban on political advertising one week before US election
Facebook chairman Mark Zuckerberg Source: Getty

होलोकस्ट विरुद्ध तयार पारिने सामग्रीहरू हटाउने कदमको समर्थन गरिएको फेसबुकले बताएको छ। द क्लेम्स कन्फरेन्स पछिल्ला ६ दशकदेखिहोलोकस्टका पीडितहरूलाई न्याय दिलाउनका लागि पछिल्ला ६ दशकदेखि लागि परेको छ।

 

यस्तै, अनलाइन क्षेत्रमा पनि केही परिवर्तन ल्याउनका लागि आफूहरू लामो समयदेखि लागि परेको, र फेसबुकको पछिल्लो नीतिलाई सम्पूर्णहोलोकस्टका पीडा भोगेका मानिसहरूले नजिकै बाट अवलोकन गर्ने द क्लेम्स कन्फरेन्सका उपाध्यक्ष ग्रेग स्नेइडरले बताए। 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now