अस्ट्रेलियाका चार प्रमुख बैंक मध्ये यो वर्ष ब्याज दर बढाउने निर्णय गर्ने गर्ने पहिलो बैंक बनेको वेस्टप्याकको घोषणा पछि प्रधानमन्त्री स्कट मोरिशनले आफ्नो बैंकसँग सन्तुष्ट नरहेका ग्राहकहरुले आफ्नो घरको लागि ऋण अर्कै बैंक बाट लिन सक्ने बताएका थिए। तर प्रधानमन्त्रीको भनाई झैं बैंक फेर्न कतिको सजिलो छ त? के बैंक फेर्दैमा राम्रो नतिजा प्राप्त हुने निश्चित रहन्छ त? यी प्रश्नहरु बारे एसबीएस नेपालीसँग आफ्नो बिचार व्यक्त गर्दै आर्थिक सल्लाहकार विश्वास भट्टराई।