मुख्य बुँदा:
- अस्ट्रेलियामा सामान्य नियम भनेको 'रिसाइक्लिङ बिन'मा कपडाजन्य फोहर फ्याँक्न पाईदैन्।
- केही ठूला कपडा पसलहरूले, जुन सुकै अवस्थामा रहेका कपडालाई पनि रिसाइक्लिङका लागि लिने गर्छन्।
- प्रयोग गर्न नमिल्ने कपडा दिँदा, यसको व्यवस्थापन गर्नका लागि च्यारिटी संस्थालाई आर्थिक भार त पर्छ नै, वातावरणलाई पनि असर गर्छ।
अस्ट्रेलियन फेसन काउन्सिलका अनुसार यहाँ बस्ने मानिसहरूले बर्सेनी सरदर करिव ५६ वटा नयाँ कपडा किन्ने गर्छन्।
फास्ट फेसन पनि भनिने यस्ता कपडा चलन चल्ती अनुसारको डिजाइनमा तयार पारिन्छ भने, छोटो समयमै अर्को डिजाइनले यसलाई विस्थापित गरिदिन्छ।
मानिसहरूले चलन चल्तीको कपडा किन्न सकुन् भनेर यसको मूल्य पनि कम राखिएको हुन्छ।
तर अब फेरी नलगाउने भन्ने निर्णय गरिसके पछि भने यस्ता कपडाहरू सही ढङ्गले व्यवस्थापन गर्नु चाहिँ हाम्रो जिम्मेवारी भित्र पर्छ।
'रिसाइक्लिङ बिन'मा कपडा फ्याँक्न मिल्दैन
कपडालाई फोहरका रुपमा फ्याँक्नु भन्दा, यसलाई पुन: जिवन दिने वा रिसाइक्लिङका विकल्प हामी छान्न सक्छौ।
प्लानेट आर्ककी प्रमुख कार्यकारी अधिकृत रेबिका गिलिङ्ग, समान्य 'रिसाइक्लिङ बिन'मा कपडा जन्य सामाग्रीहरू फ्याँक्न नमिल्ने बताउँछिन्।
“सामान्य नियम भनेको चाहिँ, लत्ता कपडा, जुत्ता, तन्ना, टावल जस्ता सामान रिसाइक्लिङ बिनमा हाल्नु हुदैन, यी बिनहरु कार्डबोर्ड, कागज र अन्य प्याकेजिङ्गहरुका लागि बनाइएका हुन्, यस्ता बस्तु रिसाइकल गर्ने मेसिनले कपडाहरु रिसाईल गर्न सक्दैन।”
यसरी फ्याँक्दा, रिसाइक्लिङ मेसिन नै बिगार्ने वा रिसाइकल गर्न मिल्ने अन्य वस्तुलाई समेत फोहरमा फ्याँक्नु पर्ने अवस्था आउने गिलिङ्गले बताइन्।
पुराना कपडा व्यवस्थापन गर्न अस्ट्रेलियामा अन्य राम्रा विकल्प भने छन्।

'अप–सप'मा दान गर्नुहोस्
अर्को विकल्प भनेको चाहिँ यसलाई दान दिने हो, यसका लागि आफू बसोबास गर्ने स्थानमा उपलब्ध च्यारिटी बिन वा 'अप–सप' पनि भनिने च्यारिटी पसलहरुमा लगेर छाड्न सकिन्छ।
केही बर्षदेखि सिड्नीमा नेपाली समुदाय लक्षित बुटिक संचालन गरिरहेका श्याम सुन्दर गिरि, व्यक्तिगत रुपमा र आफ्नो पसलमा रहेका कपडाहरू स्थानीय च्यारिटी बिनमा लगेर राख्ने गरेको बताउँछन्।
“हामीकहाँ आउने कति कपडामा स-साना ड्यामेजहरु आँउछन्, ड्यामेज भन्नाले सामान्य कटिङ्गमा समस्या भएका कपडाहरू आँउछन्, जसलाई हामी ग्राहकलाई बेच्न सक्दैनौ,” गिरि भन्छन्।
हाम्रो स्टोर नजिकै च्यारिटी कन्टेनर छ, यसमा लगेर हामीले ती कपडाहरू राखिदिने गरेका छौ।
यसरी दानबाट आएका कपडाहरू बेचेर, अस्ट्रेलियाका अप–सपहरुले बर्षेनी एक अर्ब डलर बराबर जम्मा गर्ने गर्छन्।
तर आफूले के दान गर्दैछु भन्ने कुरामा भने विचार पुर्याउनु पर्ने गिलिङ्ग बताउँछिन्।
“च्यारिटी स्टोरमा लगाउनै नमिल्ने वा एकदम धेरै च्यातिएका वा मिति गुज्रिसकेका वस्तु छाड्न भने हुदैन किनकी ती सामानहरू फेरी फोहरकै रुपमा फ्याँक्नु पर्ने हुन्छ र यसका लागि खर्च हुन्छ,” उनले भनिन्।
“च्यारिटी सपहरुले यस्ता प्रयोग गर्न नमिल्ने कपडाहरूको व्यवस्थापनका लागि करिव बर्सेनी करिव १ करोड ३० लाख डलर खर्च गर्ने गरेका छन्।”
“यसरी मात्र करिव ६०, ००० टन फोहरका रुपमा ल्यान्डफिलमा जान्छ।”
यता च्यारिटेवल रिसाइक्लिङ अस्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत ओमर सोकर, सामान्य टेस्ट गरेर च्यारिटीका लागि पठाउन योग्य छन् कि छैनन् भनेर थाहा पाउन सकिने बताउँछन्।
जस्तो कि कुनै सामान आफ्नो साथीलाई दिन उपयुक्त छैन भने, दानमा दिनका लागि पनि उपयुक्त हुन सक्दैन।
“सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ, हामीले च्यारिटीमा दिन लागेका सामान्, गुणस्तरका छन् कि छैनन भनेर विचार गर्ने हो, जस्तो कि कुनै सामान तपाईंले आफ्नो साथीलाई दिन उपयुक्त ठान्नु हुन्न भने, दानमा दिन पनि त्यो उपयुक्त छैन्,” उनले भने।
“फेरी पनि, हामी च्यातिएको, फाटेको, दाग लागेको वा टुक्रिएको सामानहरू च्यारिटीका रुपमा लिदैनौ, तपाईंले साथीलाई दिन योग्य सामान हामीलाई दिनु भयो भने हामीले त्यसलाई नयाँ घर दिन्छौ।”
अस्ट्रेलियाका धेरै जसो शहरहरुमा साल्भोज, भिनीज, अस्ट्रेलियन रेड क्रस, सेभ दि चिल्ड्रेन, लाइफलाईन, एङ्गलिकेयर, ब्रदरहुड अफ सेन्ट लरेन्स जस्ता च्यारिटी संस्थाहरू भेटिन्छन्।
च्यारिटेबल रिसाइक्लिङ अस्ट्रेलियाको वेबसाइटमा अन्य च्यारिटी संस्था र कपडा जन्य फोहरका बारेमा जानकारीहरू राखिएका छन्।

रिसाइक्लिङका लागि दिने
यदी तपाईले आफ्नो साथीलाई दिनका लागि त्यो कपडा यौग्य छैन भने दान दिनका लागि पनि योग्य छैन भनेर बुझनु पर्छ । तर अस्ट्रेलियाका केही कपडा पसलहरूले जस्तो सुकै अवस्थामा रहेको भएपनि रिसाइक्लिङका लागि लिने गरेका छन्।
एच एन्ड एम, जारा, युनिक्लो जस्ता कपडा पसलहरूले रिसाइक्लिङका लागि कपडाहरु लिने गरेका छन्।
recyclingnearyou.com.au मा गएर, क्लोथिङ्ग एन्ड टेक्सटाइल राखेर आफ्नो पोस्टकोड हाल्यो भने, आफ्नो क्षेत्रमा रहेका पसल र रिसाइक्लिङ बिनका बारेमा थाहा पाउन सकिन्छ।
गिलिङ्गका अनुसार प्रयोग भएका स्पोर्टस सुजहरूका लागि पनि रिसाईकल गर्ने व्यवस्था छ।
प्लानेट अर्थले स्थानिय र अर्न्तराष्ट्रिय समुदायसँगको सहकार्यमा प्रयोग गर्न मिल्ने जुत्तालाई आवश्यक परेका मानिसहरू माझ पुर्याउने काम गर्दछ।
न्यु साउथ वेल्स, भिक्टोरीया र क्वीन्सल्यान्डमा यसको 'ड्रप अफ पोइन्ट'हरु पनि छन्।
यस बाहेक, आफूलाई नचाहिने कपडाहरू अरुसँग साट्न मिल्ने विकल्प पनि उपलब्ध छ। बिभिन्न संघ, संस्था र काउन्सिलहरुले द क्लोथिङ्ग एक्सचेन्ज कार्यक्रमहरू सञ्चालन गर्छन्।
सिटी अफ सिड्नीका काउन्सिलर एडम वालिङ्ग आफुलाई मन पर्न छाडेको वा ठूला वा सानो भएका कपडाहरू, साट्नका लागि द क्लोथिङ्ग एक्सचेन्ज कार्यक्रम निकै उपयोगी हुने बताउँछन्।
क्लोदिङ्गएक्सचेन्जको वेबसाइटमा गएर, इभेन्ट्सहरुका बारेमा थाहा पाउन सकिन्छ।

सर्कुलर इकोनोमि
आफुले प्रयोग गर्दै आइरहेका कपडाहरूको भरपुर उपयोग गर्दा यसले धेरै कुरालाई फाइदा पुर्याउँछ।
च्यारिटेबल रिसाइक्लिङ अस्ट्रेलियाले रिसाइक्लिङ सर्कुलर इकोनोमि क्याम्पियन चलाइरहेको छ, जसले कपडालाई जति सक्दो, पुन प्रयोग गर्न, रिसाइकल गर्न वा कम खपतमा जोड दिन्छ।
सर्कुलर इकोनोमिको अर्थ नयाँ चीजहरूको प्रयोगलाई कम गर्नु भएको ओमर सोकर बताउछन्।
“यो भनेको चाहिँ, आवश्यकता भएमा मात्र नया कपडा किन्नुहोस् भन्ने हो, सकभर त्यसलाई धेरै प्रयोग गर्नुहोस्, मर्मत गरेर प्रयोग गर्नुहोस्, प्रयोग गर्न मिल्ने अवस्थामा छ भने, दानमा दिनुहोस्, ताकि त्यो कपडाले अर्को घर पाओस्,“
”फ्याँक्नै पर्ने अवस्थामा छ भने चाहिँ, उपयुक्त तरिकाले फ्याँक्नुहोस्।”










