SKIP TO MAIN CONTENT

रहेनन् आदिवासी भूमीअधिकार आन्दोलनका अग्रणी युनोपिङ्गु

Garma 2022
Yunupingu with Anthony Albanese at Garma 2022. Credit: Melanie Faith Dove/Yothu Yindi Foundation

आदिवासीहरूको भुूमी अधिकार आन्दोलनका सूत्रधार मानिने ७४ बर्सिया युनोपिङ्गुको निधन भएको छ।


Published

Updated

By Guy McLean, Gareth Boreham

Presented by Krishna Pokhrel

Source: SBS



Skip to podcast episode content

आदिवासीहरूको भुूमी अधिकार आन्दोलनका सूत्रधार मानिने ७४ बर्सिया युनोपिङ्गुको निधन भएको छ।


निकै लामो समयदेखि बिरामी रहेका आदिवासी भूमि आन्दोलनका अग्रणी युनोपिङ्गुको ७४ वर्षको उमेरमा निधन भएको हो।

उनले आदिवासी समुदायको अधिकारको लडाइँमा सम्पूर्ण जीवन लगाएका थिए।

उनका थुप्रै सर्हनिय काम मध्य सन् १९८९ मा आएको बुरुङ्गा वतव्यलाई पनि एक मानिन्छ।

आदिवासी र सरकारकाबीचमा सहकार्यको प्रस्ताव उक्त वक्तव्य मार्फत राखिएको थियो।

“यो वक्तब्य आगामी २०० वर्षसम्म कायम रहनेछ, यसलाई हामी आजै हासिल गरौँ, यसलाई सही बनाऔँ, हामीले बषौदेखि कुर्दै आएको दिन आजै हो,” १९८९ मा जारी वक्तब्यलाई सबै आदिवासीले स्वागत गरेका थिए।

तत्कालीन प्रधानमन्त्री बव होकले उक्त वतव्यमा समर्थन जनाउँदै, आदिवासी र सरकारबिच सन्धि गरिने वाचा गरेको भए पनि त्यो पुरा भने भएन।

“सबै अस्ट्रेलियालीहरूको प्रतिनिधित्व गर्दै सरकार र आदिवासीबिच सन्धि हुनुपर्छ।” तत्कालीन समयमा प्रधानमन्त्री होकले भनेका थिए।

सरकारबाट आदिवासीको अधिकारमा बेवास्ता गरिएपछि, आदिवासीको सांगीतिक समूह योथु यिन्डीले तत्कालै सन्धि गर भन्दै एक गीत नै सिर्जना गरेका थिए।

'ट्रीटि नाव' वोलको उक्त गीत सन् १९९१ निकै चर्चित पनि हुन पुग्यो।

Garma 2018
Yunupingu with daughter Binmila Yunupiŋu at Garma 2018. Credit: Melanie Faith - Yothu Yindi Foundation

योथु यिन्डी फाउन्डेसनले एक वक्तव्य जारी गदै, उनको मृत्युको पुष्टि गरेको छ।

"वास्तवमा युनिपिङ्गु आफ्नो समाजका एक होनहार व्यक्ति थिए जसलाई आफ्नो समुदायको बारेमा प्रशस्तै ज्ञान थियो।” योथु यिन्डी फाउन्डेसनले जारी गरेको वक्तव्यमा भनिएको छ।

युनिपिङ्गुको जीवनलाई संर्घषले भरिएको मानिन्छ।

नर्दन टेरिटरी स्थित अर्नाममा यिरकला समुदायमा जन्मिएका उनी आफ्नो समुदायका एक सम्मानित वृद्ध र गुमात्ज वंशका एक प्रखर नेता पनि थिए।

स्थानीय मिसन विद्यालयबाट शिक्षा लिएको भए पनि सन् १९६३ बाटै आदिवासी जमीनको अधिकारका लागि उनि लड्दै आएका थिए।

अस्ट्रेलियाको संसद्ले मान्यता दिएको 'बार्क पेटीसन्' भनिने पहिलो माग पत्रको लेखनमा समेत उनले आफ्नो बाबुलाई सहयोग पुर्‍याएका थिए।

उक्त पेटीसनले अर्नामको करिब ३०० किलोमिटरको जमिनलाई आदिवासी मान्यता दिँदै खानीका लागि प्रयोग नगर्नका लागि माग गरिएको थियो।

उक्त मागलाई स्थानीय सञ्चारमाध्यमहरूले पनि राम्रो स्थान दिएका थिए।

यद्यपि उक्त माग पत्रलाई बेवास्ता गर्दै खानी बनाउने योजनालाई सरकारले अघि बढाएको थियो।

यस घटनाले युनिपिङ्गुलाई आदिवासी हकहितका लागि लड्ने एक प्रखर नेताका रूपमा उभ्याउन मद्दत पुर्‍यायो।

समाजसेवा कै क्रममा, पछि उनले नर्दन ल्यान्ड काउन्सिलमा आदीवासीहरुको प्रतिनिधित्व पनि गरेका थिए।

उनी सन् १९७८ मा 'अस्ट्रेलियन अफ द इयर'को उपाधि पनि पाउन सफल बने।

उनकै नेतृत्वमा प्रधानमन्त्रीदेखि लिएर, नेता र आम अस्ट्रेलियाली समेतलाई ध्यान तान्ने वार्षिक 'गार्मा फेस्टिभल'को आयोजना हुन थालेको हो।

सन् २००४ मा ल्यान्ड काउन्सिलबाट राजीनामा दिएको भए पनि, आफ्नो समुदायको अधिकारका लागि सदैव अग्रसर रही रहे।

गत वर्षको गार्मा फेस्टिभलमा प्रधानमन्त्री एन्थोनि एल्बनिजीले आदीवासीहरुको आवाज संसद्मा पुर्‍याउनका लागि 'भोइस टु पार्लियामेन्ट' मागलाई सम्बोधन गर्ने बताइरहँदा उनी प्रधानमन्त्रीको छेवैमा उभिएका थिए।

*युनोपिङ्गुको परिवारले उनको थर प्रयोग गर्न अनुमति दिएका छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now