अस्ट्रेलियाको भिक्टोरिया र क्वीन्सल्यान्ड पछि आफ्नै सामुदायिक केन्द्र स्थापना बारे न्यु साउथ वेल्सका नेपाली पनि लागि परेका छन्। ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चरल सेन्टर निर्माण हेतु आउँदो अगस्ट महिनाको २९ देखि ३१ तारिखसम्म बरूड पार्कमा कलश यात्रा सहितको आध्यात्मिक महोत्सवको पनि आयोजना हुन लागेको केही दिन अगि सिड्नी आयोजित एक अन्तरक्रिया कार्यक्रमका क्रममा जानकारी दिइएको थियो। यसैक्रममा हामीले उक्त कार्यक्रममा उपस्थित केही नेपालीहरूलाई समुदायको लागि बन्ने भनिएको केन्द्र कस्तो हुनुपर्छ भनेर सोधेका थियौं।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।
Share




