क्यान्बरा निवासी निर्जला सिग्देल आफ्नो छोरा लिएममा निकै दुर्लभ मानिने जेनेटिक अवस्था डुशेन मस्कुलर डिस्ट्रोफी (डीएनडी) रहेको थाहा पाउँदा संसारै उल्टिए जस्तो लागेको बताउँछिन्। यो एक गम्भीर र क्रमशः बढ्दै जाने जेनेटिक डिसअर्डर वा जिनमा रहेको एक असामान्य अवस्था हो र यो अवस्था आफ्नो एक्लो सन्तान हाल दुई वर्षका लिएमलाई पनि रहेको थाहा पाउँदाको अनुभव देखि उनी यस रोगको उपचार अस्ट्रेलियामा नै सम्भव होस् भनेर कसरी सक्रिय रूपमा आवाज उठाइरहेकी छिन् भन्ने बारे पेसाले रजिस्टर्ड नर्स रहेकी सिग्देलले बताएकी छिन्। सहकर्मी सुनिता पोखरेलसँग गरिएको कुराकानी प्रस्तुत गर्नु अघि श्रोताहरूलाई। नोट: यो कुराकानी कतिपय श्रोताका लागि विचलित पार्ने किसिमको पनि हुन सक्छ। कुराकानीका क्रममा आत्महत्याको बारेमा पनि उल्लेख गरिएको छ।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन। यस कुराकानीमा व्यक्त गरिएका स्वास्थ्य सुझावहरू सामान्य प्रकारका मात्र छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो अवस्था सुहाउँदो सल्लाहका लागि आफ्नो चिकित्सकलाई सम्पर्क गर्नुहोस् ।
यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई मानसिक स्वास्थ्य सम्बन्धि सहायता चाहिएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ:
- लाइफलाइन: १३ ११ १४
- बियन्ड ब्लु: १३०० २२ ४६३६
- सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७
- पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८००
आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।
दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।
मानसिक स्वास्थ्य सम्बन्धी बहुभाषी सामाग्रीका लागि एसबीएसको माइन्ड योर हेल्थ पोर्टलमा जानुहोस्।
इम्ब्रेस मल्टिकल्चरल मेन्टल हेल्थले सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई सहयोग प्रदान गर्दछ।
यो ट्रान्स्क्रिप्ट एआईको सहयोगमा प्रस्तुत गरिएको हो।





