न्यु साउथ वेल्सका हाइस्कुलहरुमा मोबाइल चलाउन नपाइने

CHRIS MINNS SCHOOL MOBILE PHONES BAN

New South Wales Premier Chris Minns learns how to check a phone in during a visit to Condell Park High School, Monday, April 03, 2023. NSW high schools will begin discussing ways to enforce a state-wide mobile phone ban to soon come into effect to improve children's learning outcomes. (AAP Image/Steven Saphore) Source: AAP / STEVEN SAPHORE/AAPIMAGE

न्यु साउथ वेल्स सरकारले राज्यका हाइस्कुल अध्ययनरत विद्यार्थीलाई मोबाइल फोन चलाउन बन्देज गर्ने भएको छ।


न्यु साउथको पेन्सहर्स्टमा बस्ने प्रमोद आर्चायका छोरा हाल ११ मा पढ्छन्।

ओट्ली सिनियर कलेजमा पढ्दै गरेका आफ्ना छोराको पढाई प्रति प्रमोद चिन्तित छन्।

अहिलेसम्म पढाइमा अब्बल देखिएको छोरा, सिनियर स्कुलमा पुग्दा पढाई बिगार्ने पो हो कि भन्ने उनलाई चिन्ता छ।

बालबालिकाहरूले मोबाइल र कप्यूटरमा आफ्नो धेरै समय वर्वाद गर्ने भएकाले पनि पढाई बिग्रने हो की भन्ने आशङ्का प्रमोद जस्ता थुप्रै अभिभावकमा छ।

तर न्यु साउथ वेल्स राज्यले यसै वर्ष अर्थात् टर्म फोरदेखि सरकारी हाईस्कुलहरुमा मोबाइल फोन चलाउन नपाउने नियम ल्याउँदै छ।

नियमका बारेमा आफूले जानकारी पाइसकेको प्रमोदले बताए।

“कलेजले त केही भनेको छैन तर, टर्म फोर देखि फोन जामीङ्ग गर्दै गरेको मैले सुनेको छु,” उनले भने।

यसका धेरै राम्रा पक्ष रहेको उनको भनाई छ।

तर फोन बोक्न नपाउँदा कहिले काहीँ अपर्झट सम्पर्क गर्न भने अप्ठेरो पर्ने उनले बताए।

“कैले काहीँ इमर्जेन्सी पर्दा कनट्याक्ट गर्न गार्‍हो हुन्छ नि।”

राज्यका केही हाइस्कुलहरुले भने सरकारी निर्णय नआउँदै पनि विद्यार्थीहरूलाई फोन चलाउन बन्देज गरेका थिए।

Mobile phone
Picture shown for illustration purpose only. Credit: Pexels

अब राज्यका ३२०,००० बिद्यार्थीहरुले यहिँ नियम अपनाउनु पर्नेछ।

डेभिड्सन हाइस्कुलका प्रधानाध्यापक डेभिड रुल ठुलो जोखिम मोलेर आफूले यो नियम सुरु गरेको भए पनि यसको नतिजाले आफू खुसी भएको बताउँछन्।

“हामीले विद्यार्थीहरुमा भावनात्मक र सामाजिक वृद्धि देखिरहेका छौ,” उनले भने।

तर विद्यालय बाहिर पनि स्मार्टफोनको प्रयोगले विद्यार्थीहरूमा समस्या ल्याइरहेको विज्ञहरू बताउँछन्।

सिड्नीका एक अभिभावकले आफ्नी छोरीको फोन बोक्ने बानिले उनमा धेरै नकारात्मक परिवर्तनहरू आएको बताए।

“मेरी छोरीले सुत्दा समेत फोन लाने गरेको भेटियो, यसको प्रयोगबाट उनी यति धेरै प्रभावित थिइन् कि घर र स्कुलमा समेत पहिला जस्तो व्यवहार गर्न छाडेकी थिइन्,” डानी एलाचिले भने।

अन्य अभिभावकहरुसँगको छलफल र सहकार्यमा पछि उनले बालबालिकालाई फोन बोक्न नदिन एक समूह नै खडा गरे।

“बालबालिकालाई फोन नबोक्ने म मात्रै हाईन् भन्ने भावना जगाउनका लागि अभिभावकहरूले यस्तो सहकार्य गर्‍यौ, हामीले अन्य विद्यालयका अभिभावकहरूलाई पनि समूह बनाउनका लागि प्रोत्साहित गरिरहेका छौ,” एलाचिले भने।

तर केही मानिसहरूले भने विद्यार्थी आफैले फोनको प्रयोगको व्यवस्थापन गर्नु पर्ने धारणा राख्छन्।

तर त्यस कुरामा साइबर सुरक्षा सम्बन्धी विज्ञहरू भने सहमत छैनन्।

सुसन म्याकलिन जस्ता नाम चलेका साइबर सुरक्षा विज्ञहरू बालबालिकाहरूलाई जति बेला मन लाग्यो त्यति बेला फोन दिइन नहुने बताउँछिन्।

यसो त विद्यार्थीहरूलाई फोन दिने कि नदिने भन्ने विषयमा अहिले विश्वमै विभिन्न परीक्षणहरू भइरहेका छन्।

स्पेनमा भएको अनुसन्धानले फोन प्रयोग नगर्दा, बुलिङ्गमा कमी आएको र पढाइको नतिजा पनि राम्रो आएको देखाएको छ।

जनस्वास्थ्य सम्बन्धी अनुसन्धानकर्ता सारा एब्राहमसन् नर्वेका विद्यालयमा भएको अध्ययन संलग्न थिइन्।

उनका अनुसार यस्तो नियमले धेरै फाइदा गरेको छ।

“टिनएजेरहरु मैले यसो भन्दा रिसाउलान् तर मेरो अध्ययनले फोनका बारेमा कढा नियम लिएर आउँदा, पढाइको नतिजा धेरै राम्रो देखिएको छ।”


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now