SKIP TO MAIN CONTENT

फेन्काको अधिवेशनमा प्रधानमन्त्री आल्बनिजी!

Anthony Albanese FeNCAA
Prime Minister Anthony Albanese (R) and FeNCAA Patron Council Chair Bom Yonzon (L) shake hands at the annual general meeting of the Federation of Nepali Community Associations of Australia (FeNCAA) at Parliament House, Canberra on Tuesday, 11 August 2026. Credit: Facebook/Fencaa NSW

क्यानबरामा हालै आयोजित एक नेपाली कार्यक्रममा उपस्थित हुँदा ‘भाइरल’ भएको प्रधानमन्त्री एन्थोनी आल्बनिजीको फोटो पछाडिको कथा के हो? र प्रधानमन्त्री आल्बनिजी लगायत अन्य अस्ट्रेलियन नेताहरूले नेपालीभाषी समुदायलाई के सन्देश दिएका छन्?


Published

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

क्यानबरामा हालै आयोजित एक नेपाली कार्यक्रममा उपस्थित हुँदा ‘भाइरल’ भएको प्रधानमन्त्री एन्थोनी आल्बनिजीको फोटो पछाडिको कथा के हो? र प्रधानमन्त्री आल्बनिजी लगायत अन्य अस्ट्रेलियन नेताहरूले नेपालीभाषी समुदायलाई के सन्देश दिएका छन्?


गए मङ्गलबार, ११ अगस्टमा नेपाली सामुदायिक संस्थाहरूको महासङ्घ फेन्काले क्यानबरास्थित पार्लियामेन्ट हाउसमा आफ्नो वार्षिक साधारण सभा आयोजना गर्दा प्रधानमन्त्री एन्थोनी आल्बनिजीका साथ सहायक सङ्घीय रक्षा मन्त्री पिटर खलिल, नागरिकता तथा बहुसांस्कृतिक मामिला सम्बन्धी छाया सहायक मन्त्री डेभ शर्मा लगायत अन्य केही नेताहरूको पनि उपस्थिति रहेको थियो।

अघिल्लो जनगणनाका बेला सबैभन्दा छिटो बढेको समुदायका रूपमा चिनिएको अस्ट्रेलियामा बस्ने नेपालीभाषी समुदायलाई प्रधानमन्त्रीले के सन्देश दिए त?

उक्त कार्यक्रमपछि हामीले फेन्काको कम्युनिटी रिसर्च कमिटीका प्रमुख कृष्ण हमालसँग गरेको कुराकानी सुुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now