साउथ अस्ट्रेलियामा चार वर्ष पछि आयोजना गरिएको नेपाल फेस्टिभल एडिलेड सन् २०२३, नेपाली संस्कृति र नेपाली खानाको प्रचार गर्दै सम्पन्न भएको छ।
नेपालको सांस्कृतिक, सामाजिक र भौगोलिक झल्को दिने नेपाल हाउस गैर नेपाली पाहुनाको लागि प्रमुख आकर्षण थियो ।

शनिवार आयोजित उक्त कार्यक्रमको साँझतिर नेपाली कलाकारहरू प्रकाश सपुत, प्रीति आले, विक्रम बराल आदिले माहोल तताएका थिए भने फायरवर्क्सले फेस्टिभलमा रौनक थपेको थियो ।

बालबालिकाहरू विशेष गरी नेपाली खाना र नाचगान हेर्न बढी झुम्मिएको देखिन्थ्यो ।

नेपाल फेस्टिभल जस्ता कार्यक्रमहरूले अस्ट्रेलियामा जन्मिएको पुस्तालाई पनि नेपाली संस्कृति जान्न सहज बनाउने उपस्थित केहीले एसबीएस नेपालीलाई बताए ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।Share



![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)
