विजेतालाई एक करोड पुरस्कार दिने नेपाली एक ‘रियालिटी शो’को दाबी

Keshav Acharya.png
Source: Supplied / Keshav Acharya

विश्व स्तरमा नै पहिलो पटक आयोजना हुने भनिएको नेपाली रियालिटी शो ‘मेरो भोइस कप युनिभर्स’ र ‘मेरो डान्स कप युनिभर्स’ को अस्ट्रेलिया अडिसन गत मार्च २० मा सिड्नीमा सम्पन्न भएको छ।


Published

Updated

By Indra Adhikari

Source: SBS



Share this with family and friends


विश्व स्तरमा नै पहिलो पटक आयोजना हुने भनिएको नेपाली रियालिटी शो ‘मेरो भोइस कप युनिभर्स’ र ‘मेरो डान्स कप युनिभर्स’ को अस्ट्रेलिया अडिसन गत मार्च २० मा सिड्नीमा सम्पन्न भएको छ।


‘मेरो भोइस कप युनिभर्स’ र ‘मेरो डान्स कप युनिभर्स’ मा १२०\१२० जना गरेर कूल २४० जना प्रतिस्पर्धीहरू छानिने र उनीहरूलाई नेपाल लगेर अन्तिम कार्यक्रम हुने बताइएको छ।

विजेताद्वयलाई नेपाली १-१ करोड रुपैयाँ दिने दाबी गरिएको उक्त प्रतियोगिताका लागि अस्ट्रेलिया लगायत अमेरिका, युरोप, मध्यपूर्व, भारत, थाइल्यान्ड अनि नेपालमा प्रतियोगीहरू छान्ने काम सकिएको आयोजक संस्था अमेरिकाको इन्टर फाउन्डेसनका प्रतिनिधि केशव आचार्यले बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now