SKIP TO MAIN CONTENT

'एनिमेटर बनेर के गर्छस्? मान्छेहरूलाई डिजिटल क्रिएसनमा कति पैसा छ भनेर थाहा छैन'

Kiran Bhakta Joshi.jpg
Kiran Bhakta Joshi, founder of Incessant Rain animation studio in Nepal. Credit: Sewa Bhattarai

'हलिवुड'को एक प्रसिद्ध कम्पनी डिज्नीमा एनिमेटरका रूपमा थुप्रै वर्ष काम गरेका किरणभक्त जोशीले करिब १५ वर्ष अघि नेपालमा इन्सेसेन्ट रेन नामको एनिमेसन स्टुडियो खोलेका थिए। जोशीले डिज्नीमा उक्त कम्पनीको डिजिटल एनिमेसनबाट बनेका 'ब्युटी एन्ड द बिस्ट' जस्ता पहिलो चरणका चलचित्रहरूमा काम गरेका थिए। उनले आफ्नो त्यही अनुभवलाई अघि बढाउँदै इन्सेसेन्ट रेन मार्फत अहिले पनि हलिवुडका नामी चलचित्र र सिरिजहरूमा काम गरिरहेका छन्।

Published

Updated

Presented by Sewa Bhattarai

Source: SBS

Skip to podcast episode content

'हलिवुड'को एक प्रसिद्ध कम्पनी डिज्नीमा एनिमेटरका रूपमा थुप्रै वर्ष काम गरेका किरणभक्त जोशीले करिब १५ वर्ष अघि नेपालमा इन्सेसेन्ट रेन नामको एनिमेसन स्टुडियो खोलेका थिए। जोशीले डिज्नीमा उक्त कम्पनीको डिजिटल एनिमेसनबाट बनेका 'ब्युटी एन्ड द बिस्ट' जस्ता पहिलो चरणका चलचित्रहरूमा काम गरेका थिए। उनले आफ्नो त्यही अनुभवलाई अघि बढाउँदै इन्सेसेन्ट रेन मार्फत अहिले पनि हलिवुडका नामी चलचित्र र सिरिजहरूमा काम गरिरहेका छन्।

इन्सेसेन्ट रेनले हालसालै 'हाउस अफ ड्रागन', 'अ सिरिज अफ अन्फर्चुनेट इभेन्ट्स' लगायतका उत्पादनमा काम गरेको छ।

किरणभक्त जोशीका अनुसार इन्सेसेन्ट रेनमा हाल नेपालमा २४० जना भन्दा बढी र भारतमा ३० भन्दा बढी कलाकार रहेका छन्।

एसबीएस नेपालीसँग कुरा गर्दै उनले इन्सेसेन्ट रेन एकेडेमीले १८० भन्दा बढी विद्यार्थीलाई एनिमेसन र भिजुअल इफेक्ट्समा तालिम दिइसकेको बताएका छन्।

नेपाल संवाददाता सेवा भट्टराईले द्रुत रूपमा विकसित हुँदै गएको प्रविधिले एनिमेसन गर्ने तरीकामा परेको प्रभाव लगायतका विषयमा गर्नुभएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now