इन्सेसेन्ट रेनले हालसालै 'हाउस अफ ड्रागन', 'अ सिरिज अफ अन्फर्चुनेट इभेन्ट्स' लगायतका उत्पादनमा काम गरेको छ।
किरणभक्त जोशीका अनुसार इन्सेसेन्ट रेनमा हाल नेपालमा २४० जना भन्दा बढी र भारतमा ३० भन्दा बढी कलाकार रहेका छन्।
एसबीएस नेपालीसँग कुरा गर्दै उनले इन्सेसेन्ट रेन एकेडेमीले १८० भन्दा बढी विद्यार्थीलाई एनिमेसन र भिजुअल इफेक्ट्समा तालिम दिइसकेको बताएका छन्।
नेपाल संवाददाता सेवा भट्टराईले द्रुत रूपमा विकसित हुँदै गएको प्रविधिले एनिमेसन गर्ने तरीकामा परेको प्रभाव लगायतका विषयमा गर्नुभएको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।