Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

शिशुको लागि वजन भएको ब्ल्याङ्केट प्रयोग नगर्न नयाँ अभिभावक र व्यवसायीलाई चेतावनी

Baby boy lying awake in crib, high angle view

Experts say weighted blankets can be risky and potentially life-threatening for babies Source: Getty Images/Sarah Monika

के तपाईँले बेबी स्लीपिङ ब्यागहरूको बारेमा सुन्नु भएको छ? त्यसलाई वेटेड स्लीपस्याक्स (Weighted sleepsacks) भनेर पनि चिनिन्छ, र यसले बच्चालाई शान्त बनाउने र निदाउन मद्दत गर्ने भन्दै आजकल अनलाइनमा यसका थुप्रै विज्ञापनहरू देख्न सकिन्छ। तर कतिले भने, यो हानिकारक हुने भनी चेतावनी दिँदै, अभिभावकहरूलाई यसको प्रयोग नगर्न आग्रह गरिरहेका छन्।


Published

Updated

By Hannah Kwon

Presented by Dinita Rishal

Source: SBS




Share this with family and friends


के तपाईँले बेबी स्लीपिङ ब्यागहरूको बारेमा सुन्नु भएको छ? त्यसलाई वेटेड स्लीपस्याक्स (Weighted sleepsacks) भनेर पनि चिनिन्छ, र यसले बच्चालाई शान्त बनाउने र निदाउन मद्दत गर्ने भन्दै आजकल अनलाइनमा यसका थुप्रै विज्ञापनहरू देख्न सकिन्छ। तर कतिले भने, यो हानिकारक हुने भनी चेतावनी दिँदै, अभिभावकहरूलाई यसको प्रयोग नगर्न आग्रह गरिरहेका छन्।


लोरी गाउने देखि लिएर, भेडा गन्ने सम्म, धेरै जसो नयाँ अभिभावकहरूले आफ्नो नवजात शिशुलाई सुताउनको लागि जे गर्न पनि तयार हुन्छन्।  

बच्चाहरू निदाउन मद्दत गर्ने भन्दै, आजकल सोसियल मिडियामा, दैनिक प्रयोग गर्न मिल्ने भनिने वेटेड स्लीपस्याक्स अर्थात् वजन भएको स्लीपस्याकहरूको विज्ञापन धेरै देखिन थालेको छ। 

यो चाहिं, वयस्कहरू प्रयोग गर्ने वेटेड ब्ल्याङ्केट अर्थात् वजन भएको ब्ल्याङ्केट जस्तै हुन्छ।

तर साना बच्चाहरूमा यो प्रयोग गर्दा चाहिं, एकदमै घातक किसिमको जोखिम हुन सक्छ।  

हरेक वर्ष एक एक वार्षिक चन्दा सङ्कलन अभियानका रूपमा अगस्ट १२ तारिखमा रेड नोज डे मनाइन्छ।

यसले बाल गरिबीको चक्र अन्त्य गर्ने र सबै बालबालिकाको स्वस्थ भविष्य सुनिश्चित गर्ने उद्देश्य बोकेको छ। 

रिपोर्ट सुन्नुहोस्: शिशुको लागि वजन भएको ब्ल्याङ्केट प्रयोग नगर्न नयाँ अभिभावक र व्यवसायीलाई चेतावनी हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

यसै अवसरमा, रेड नोज डे परोपकारी संस्थाकी प्रमुख कार्यकारी अधिकृत केरेन लड्स्कीले बच्चाहरूको लागि वजन भएको ब्ल्यांकेट सम्बन्धी खतराको बारेमा जनचेतना फैलाउँदै छिन्।  

सोसल मिडियामा अभिभावकहरूले यसको विज्ञापन देखेर दङ्ग परिरहेको बेलामा, यता थुप्रै स्वास्थ्य अधिकारी, बाल हेरचाह कर्ता र निजी व्यवसायीहरूले भने यसको बारेमा प्रश्न सोध्दै थुप्रो सङ्ख्यामा फोन गर्ने गरेको उनी बताउँछिन्।  

"अनि यता अभिभावकहरूलाई सोसल मिडियामा ती विज्ञापन देख्दा, "ओहो कस्तो राम्रो सामान, के यो सामानले मेरो बच्चालाई निदाउन मद्दत गर्छ त" भन्ने लाग्न सक्छ," लड्स्कीले भनिन्।

"तर ती विज्ञापनहरूले अभिभावकहरूको आवश्यकताको फाइदा मात्र उठाइरहेका हुन्।"

मेलबर्न विश्वविद्यालयको मेडिसिन, दन्त चिकित्सा र स्वास्थ्य विज्ञान सङ्कायमा अनुसन्धानको असोसियेट डीन हुन्, प्रोफेसर अलिसिया स्पिटल। 

उनी भन्छिन् कि कुनै ठुला बालबालिका या वयस्कको लागि, वजन भएको ब्ल्यांकेट प्रयोग गर्नुको कारण भनेको, आराम प्रदान गर्नु हो।

"जस्तै कि त्यसको वजनले आफूलाई कसैले अँगालो हालेको जस्तो महसुस भएर आनन्द दिने गर्छ," उनले भनिन्।

"तर शिशु अर्थात् साना बच्चाहरूलाई त्यस्तो किसिमको आनन्द या सुरक्षाको महसुस गराउन वजन भएको ब्ल्यांकेट बाहेक अरू तरिका छन्, जस्तै नियमित स्लीपिंग ब्याग, या बच्चालाई टाउको मात्र देखिने गरी सामान्य कपडा या ब्ल्याङ्केटले बेर्ने।"

अस्ट्रेलियाको प्रतिस्पर्धा तथा उपभोक्ता आयोग [एसीसीसी]ले एक विज्ञप्ति जारी गर्दै, असुरक्षित उत्पादनहरूको बारेमा अभिभावकहरूलाई सही जानकारी दिने प्रतिबद्धता जनाएको छ।  

यी वजन भएका ब्ल्याङ्केट र स्लीपस्याकहरूको जोखिमको बारेमा रेड नोजको वेबसाइटमा पनि जानकारी उपलब्ध रहेको लड्स्कीले बताइन्।  

आफ्ना यी सेवाहरूलाई अन्य भाषामा अनुवाद गर्ने काम पनि भइरहेको उनको भनाइ छ।  

यी ब्ल्याङ्केट प्रयोग गरेर अस्ट्रेलियामा कुनै शिशुको मृत्यु भएको अहिले सम्म थाहा भएको छैन, तर अमेरिका र क्यानडा भने यस्ता केही घटनाहरू घटेका छन्।  

अब अहिले यो अवस्थामा निकै ढिलो भइसकेको हुनाले कुनै कारवाही लिन नचाहेको, तर सम्बन्धित अधिकारीहरूले छिटै उचित कदम चाल्नु पर्ने पनि रेड नोजकी प्रमुख कार्यकारी अधिकृतको भनाई छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now