SKIP TO MAIN CONTENT

'सम्झना पाठशाला': पश्चिमी सिड्नीको नेपाली समुदायलाई जोड्ने प्रयासमा रहेको भाषा विद्यालय

samjhana 7.jpg
Children playing at 'Samjhana Pathsala' in Seven Hills, Sydney. Credit: SBS Nepali/Krishna Pokhrel

पछिल्लो समय सिड्नीको पश्चिममा पर्ने ब्ल्याकटाउन वरपरको क्षेत्रमा नेपाली भाषीहरूको उपस्थिति बाक्लिँदै गएको छ। घर किनेर बस्ने नेपालीहरूको सङ्ख्या बढेसँगै बालबालिका भएका अभिभावकहरूले आफ्ना सन्तानका लागि नेपाली भाषा, रहनसहन र संस्कृति सिकाउन, साथै नेपाली समुदायका अन्य बालबालिकासँग घुलमिल गराउन नेपाली भाषा विद्यालय पुर्‍याउने गरेका छन्। सेभेन हिल्समा रहेको यस्तै एक विद्यालय 'सम्झना पाठशाला'ले हाल ४५ भन्दा बढी बालबालिकालाई भाषा सिकाइसँगै, चित्रकला, कराँते, नृत्य जस्ता क्रियाकलाप गराउने गरेको छ। आइतवार, १५ अक्टोबरको दिन एसबीएस नेपाली सेभेन हिल्समा रहेको मेडोज पब्लिक स्कुल पुग्दा, कोही विद्यार्थी कराँते सिक्दै थिए, कोही भने कक्षामा बसेर दशैँका बारेमा पढ्दै थिए। हामीले त्यहाँ पढ्दै गरेका केही बालबालिका, शिक्षक र सञ्चालकहरूसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

पछिल्लो समय सिड्नीको पश्चिममा पर्ने ब्ल्याकटाउन वरपरको क्षेत्रमा नेपाली भाषीहरूको उपस्थिति बाक्लिँदै गएको छ। घर किनेर बस्ने नेपालीहरूको सङ्ख्या बढेसँगै बालबालिका भएका अभिभावकहरूले आफ्ना सन्तानका लागि नेपाली भाषा, रहनसहन र संस्कृति सिकाउन, साथै नेपाली समुदायका अन्य बालबालिकासँग घुलमिल गराउन नेपाली भाषा विद्यालय पुर्‍याउने गरेका छन्। सेभेन हिल्समा रहेको यस्तै एक विद्यालय 'सम्झना पाठशाला'ले हाल ४५ भन्दा बढी बालबालिकालाई भाषा सिकाइसँगै, चित्रकला, कराँते, नृत्य जस्ता क्रियाकलाप गराउने गरेको छ। आइतवार, १५ अक्टोबरको दिन एसबीएस नेपाली सेभेन हिल्समा रहेको मेडोज पब्लिक स्कुल पुग्दा, कोही विद्यार्थी कराँते सिक्दै थिए, कोही भने कक्षामा बसेर दशैँका बारेमा पढ्दै थिए। हामीले त्यहाँ पढ्दै गरेका केही बालबालिका, शिक्षक र सञ्चालकहरूसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now