SKIP TO MAIN CONTENT

प्रहरीले बल प्रयोग गर्दा ९५ बर्सिया वृद्धको निधन पछि चौतफी आलोचना

Aged care
Over half of aged care residents in Australian government-funded facilities live with dementia. Source: Press Association

न्यु साउथ वेल्सको रिजनल क्षेत्रमा रहेको एक बृद्धस्याहार केन्द्रमा बसोबास गर्ने ९५ बर्सिया महिला माथि प्रहरीले गरेको बल प्रयोगको अहिले चौतफी आलोचना भइरहेको छ।


Published

Updated

By Deborah Groarke, Krishna Pokhrel

Source: SBS



Skip to podcast episode content

न्यु साउथ वेल्सको रिजनल क्षेत्रमा रहेको एक बृद्धस्याहार केन्द्रमा बसोबास गर्ने ९५ बर्सिया महिला माथि प्रहरीले गरेको बल प्रयोगको अहिले चौतफी आलोचना भइरहेको छ।


रिजनल साउथ वेल्सको कुमा स्थित एज्ड केयरमा बसोबास गर्ने ९५ बर्सिया क्लेर नाल्यान्ड माथि प्रहरीले विद्युतीय बन्दुक 'टेजरिङ्ग'को प्रयोग गरेपछि उनको उपचारका क्रममा मृत्यु भएको छ।

न्यु साउथ वेल्सको दक्षिणी क्षेत्रका प्रहरीका सह-कमिस्नर पिटर कोटरका अनुसार बृद्धस्याहारमा केन्द्रमा रहेको आफ्नै कोठामा चक्कु लिएर बसेको अवस्था क्लेयर भेटिएकी थिइन्।

“त्यो बेला उनी आफ्नो कोठामा किचनमा प्रयोग हुने चक्कुका साथमा थिइन्, उनलाई चक्कु फ्याँक्नका लागि अनुरोध गरियो र उनले यसो गर्न नमानेपछि एक जना प्रहरी जवानले उनलाई बसमा लिन 'टेजर'को प्रयोग गर्नु पर्‍यो, जसका क्रममा उनी भुईँमा लडिन् र टाउको ठोक्किन पुग्यो।” उनले भने।

उनका अनुसार घटनामा संलग्न प्रहरीलाई निलम्बन गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ।

उक्त अनुसन्धानलाई न्यु साउथ वेल्सको प्रहरीको विशेष टोली र अन्य स्वतन्त्र एव सरकारी निकायहरूले एकसाथ अगाडी बढाएका छन्।

अनुसन्धान प्रक्रिया अगाडी बढेको भए पनि, के बृद्धस्याहार केन्द्र भित्र डिमेन्सिया भएका वृद्धहरू माथि सही व्यवहार भइरहेको छ त भन्ने प्रश्नहरू समेत उठेका छन्।

सिड्नी स्थित एक एज्ड केयरमा क्लिनिकल म्यानेजरका रूपमा कार्यरत सबिना पोखरेल बृद्धस्याहार भित्र भएको उक्त घटनाका बारेमा सुनेर दुख लागेको बताउँछिन्।

प्रहरीले वृद्ध माथि गरेको ज्यादती गलत भएको उनको भनाई।

“केयर चाहीने भएको भएरै आफ्नो जीवन भरको कमाई बुझाएर आफ्नो पेन्सन बुझाएर बस्नु हुन्छ नि त, द वे दे ह्याभ डेल्ट इज एब्सुलेट्ली रङ,” पोखरेलले भनिन्।

उनको भनाइमा डिमेन्सिया भएका बिरामीलाई कुन कुरामा ध्यान जान्छ र के गर्छन् भन्ने ठेगानै हुँदैन।

“यसका लागि अन्य थुप्रै उपायहरू अपनाउन सकिन्छ।” उनले भनिन्।

यता न्यु साउथ वेल्सको संसद्मा पनि यसका बारेमा प्रश्न उठी रहेका छन्।

ट्रेजरर ड्यानिएल मुखेले सरकारले घटनाका विवरण लुकाउन खोजिरहेको कुरालाई इन्कार गरेका छन्।

उनले विपक्षीले घटनालाई राजनीतिकरण गर्न खोजेको आरोप लगाए।

विपक्षी सांसद डेमियन टुडहोपले सरकारले आफ्नो बोलीमा अडिक नरहेको आरोप लगाए।

यता पछिल्लो समय डिमेन्सियाका बिरामीहरू माथि शारीरिक र यौन हिंसाका घटनाहरू बढिरहेको एज्ड केयर विज्ञ पल स्याड्लर बताउँछन्।

उनका अनुसार डिमेन्सिया भएका मानिसहरूलाई सामान्य सर्टिफिकेट थ्री भएका कर्मचारीहरूले हेर्ने भए पनि उनीहरूलाई थप तालिमको भने आवश्यकता छ।

यस अघि शाही आयोगले बृद्धस्याहार केन्द्रमा बस्ने केही बृद्धहरुमाथी 'साईकोट्रफिक' औषधिहरूको प्रयोग गरिएको बारेमा पनि चासो देखाएको थियो।

अहिले पनि यो चिन्ताकै विषय भएको पल स्याड्लरको भनाई छ।

डिमेन्सिया अस्ट्रेलियाले पनि प्रहरी र स्याहार केन्द्रका कर्मचारीहरूमा रोगका बारेमा ज्ञान र तालिमलाई अनिवार्य गर्नु पर्ने बताएको छ।

राज्यकी प्रहरी कमिस्नर करेन वेबले यस्ता घटनाहरूबाट सुरक्षाकर्मीका सदस्यहरू, यस्ता विषयमा जानकार रहनु पर्ने आवश्यकता माथि प्रकाश पारेको बताइन्।

यता कुमामा भने क्लेर नाल्यान्डका परिवार र साथीभाइ भने प्रहरीले बल प्रयोग गर्नु परेको कारण बारेमा अनविज्ञ नै छन्।

स्थानीय व्यवसायी एवम् समाजका अगुवा एन्ड्र थेलर, ९५ बर्सिया क्लेरलाई प्रहरीको बल भन्दा पनि मिठा शब्द र सहयोगको आवश्यकता रहेको बताउँछन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now