Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'काम गर्ने कि छुट्टी': अस्ट्रेलिया डेमा बिदाको विकल्प दिँदै केही रोजगारदाता

Team working in office

अस्ट्रेलिया डेमा बिदाको विकल्प दिँदै केही रोजगारदाता Source: Getty / Getty Images

अस्ट्रेलिया डे को अवसरमा २६ ज्यानुअरीमा सार्वजनिक बिदा दिने चलन छ।


Published

Updated

By Allan Lee

Presented by Krishna Pokhrel

Source: SBS



Share this with family and friends


अस्ट्रेलिया डे को अवसरमा २६ ज्यानुअरीमा सार्वजनिक बिदा दिने चलन छ।


विवाद रहित बन्न नसकेको २६ ज्यानुअरी अर्थात् अस्ट्रेलिया डे मा सामान्यतया अस्ट्रेलियाका सबै राज्य एवम् प्रदेशहरूमा सार्वजनिक बिदा दिने गरिन्छ।

तर कतिपय संस्थाहरूले भने त्यस दिन काम गरेर आफूलाई पायक पर्ने दिनमा छुट्टी दिने विकल्प कर्मचारी सामु अघि सारेका छन्।

अस्ट्रेलिया डे सबैका लागि खुसीको दिन भने होइन, विशेष गरी आदिवासी समुदायका लागि २६ ज्यानुअरी ले अतिक्रमण र हिंसाको अर्थ राख्छ।

प्रत्येक अस्ट्रेलियालीहरूका भिन्न अर्थ राख्ने भएकाले पनि कतिपय रोजगारदाताहरूले आफ्ना कर्मचारीहरूलाई बिदाको विकल्प अघि सारेका छन्।

वर्कवेज नामक संस्थाका प्रमुख कार्यकारी अधिकृत केरेन केर्नी आफ्ना कर्मचारीलाई बिदाको विकल्प प्रदान गरेको बताउँछन्।

“हामीले यसो गर्नुको कारण आदिवासी समुदायका लागि यो पिडाको दिनका रूपमा हेरिन्छ, यस्तो संवेदनशील विषयमा कर्मचारीहरूलाई फरक दिन छान्न यसले विकल्प दिन्छ,” केर्नीले भने।

यदि कुनै कर्मचारीलाई २६ ज्यानुअरी उत्सव मनाउनका लागि उचित दिन होइन जस्तो लाग्छ भने यसको सट्टामा अरू नै कुनै दिन बिदा लिने विकल्प प्रदान गरिएको छ।

वर्कवेजले आफ्ना कर्मचारीलाई यस्तो विकल्प दिएको पहिलो पटक हो।

केरेन केर्नी कर्मचारीका लागि पनि यो काम गरेर अतिरिक्त पैसा कमाउने अवसरका रूपमा मात्र हेरिनु नहुने बताउँछन्।

“यो पैसा कमाउने दिनका रूपमा मात्र नहेरिएर, कर्मचारीहरूका लागि यो दिन उपयुक्त छैन है भन्ने अवसर पनि हो, हामीले काम गर्ने पर्छ भनेर जोड दिएका छैनौ, यो उनीहरूमा निर्भर गर्छ।” उनले भने।

संस्थाको यो कदमले सकारात्मक प्रतिक्रिया पाएको उनको भनाई छ।

Overhead view architects drafting blueprints at table
Source: Getty / Getty Images

वर्कवेज बाहेकका संस्थाहरूले पनि कर्मचारीहरूलाई यस्तो विकल्प दिन थालेका छन्।

मोरीसन सरकारले काम सम्बन्धी लचकताको नियमलाई एल्बनिजी सरकारले उल्ट्याएसँगै सरकारी कर्मचारीहरूले पनि यस्तो विकल्प पाउने भएका छन्।

यता केही विश्वविद्यालयहरूले पनि यस्तो विकल्प पाउने भएका छन्।

वंलङ्गन विश्वविद्यालयले केही हप्ता अघि मात्र आफ्ना कर्मचारीलाई यस्तो सुविधा दिने निर्णय अघि सारेको छ।

उक्त संस्थाकी भाइस चान्सलर प्राध्यापक पेट्रेसिया डेभिड्सन अन्य बिदाहरूको बारेमा पनि सोच्नका लागि यसले अवसर दिने बताउँछिन्।

“हामीले बहु सांस्कृतिक र विविध अस्ट्रेलियाली समुदायको कुरा गर्दा, सायद अव यस्ता दिनहरूका बारेमा सोच्नु पर्ने बेला आएको छ,” उनले भनिन्।

यता नेशनल टेरीटरी एजुकेसन युनियनका डाक्टर एलिसन बर्नेस अन्य विश्वविद्यालयहरूलाई पनि यही नीति अपनाउनका लागि सुझाव छ।

“मलाई लाग्छ कि विश्वबिद्यालयहरुले सोच परिवर्तन गर्न प्रमुख भूमिका खेल्छन्, जनवरी २६ ले टोरेस स्ट्रेट आइल्याण्डर र आदिवासीहरूका लागि कस्तो महत्त्व राख्छ भन्ने कुरा सोचेको हुनुपर्छ, त्यसैले सही काम गर्नु जरुरी छ, कर्मचारीहरूलाई अन्य दिन बिदा लिन मिल्ने विकल्प प्रदान गर्नु पर्छ,” उनले भनिन्।

यता मेट्रो एबोरजिनल ल्यान्ड काउन्सिलका नाथन मोरन भने यी विकल्पहरू प्रदान गरिनुलाई मेलमिलापको बाटोमा अघि बढिरहेको देख्छन्।

“सन् २०२३ मा आई पुग्दा, २३० वर्ष पछि निजी र सार्वजनिक संस्थाहरूमा केही परिपक्वता आएको देखिन्छ।”

यता कर्मचारीहरूलाई विकल्प दिने केही ठुला कम्पनीहरूमा टेलेस्ट्रा पनि परेको छ।

टेलेस्ट्रासंगै वुलवर्थस् र के-एम-पी-जीले पनि कर्मचारीलाई यस्तै विकल्प दिएका छन्।

तर साना कम्पनीहरूका हकमा भने विकल्प प्रदान गर्ने कुरा त्यति सहज नहुने आर्थिक विश्लेषक रेमन्ड च्यान बताउँछन्।

“अहिले बेरोजगारी दर निकै कम भएको अवस्थामा, व्यवसायलाई सञ्चालन गर्नकै लागि मात्र भए पनि केही कर्मचारीहरूलाई आवश्यक भन्दा बढी तलब दिएर पनि कामका लागि राखिएको हुन्छन्,” उनले साना व्यवसायीमा भोगेको समस्या सुनाए।

तर यति भनिरहँदा, ज्यानुअरी २६ मा अस्ट्रेलिया डे मनाउने विषय भने विवादरहित हुन सकेको छैन।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now