नयाँ आर्थिक वर्षको सुरुवातसँगै मङ्गलवार, जुलाई १ देखि अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशहरूका सडक नियमहरूमा केही फेरबदल भएका छन्। जस्तो कि न्यु साउथ वेल्समा मोबाइल चलाउँदै गाडी कुदाउने चालकहरूले थप कडा दण्ड पाउने छन् भने भिक्टोरियामा आपत्कालीन अवस्थामा गाडी ढुवानी गर्ने ‘टो ट्रक’ वा सडक छेउ बिग्रेका सवारी मर्मत गर्ने ‘रोडसाइड असिस्ट’ सेवा भएका बखत चालकहरूले आफ्नो गाडीको गति ४० किलोमिटर प्रतिघण्टाभन्दा बढी नहुने गरी हाँक्नुपर्नेछ। यस्तै गरी क्वीन्सल्यान्डमा भने सवारी दर्ता शुल्क र जरिमाना दुवै बढेको सवारी धनी तथा सवार चालकहरूले अनुभव गर्नेछन्। यसै विषयमा ‘ड्राइभिङ इन्सट्रक्टर’का रूपममा काम गरिरहनुभएका उदय अधिकारी (न्यु साउथ वेल्स), जमुना अधिकारी रिजाल (भिक्टोरिया), छविलाल लामिछाने (साउथ अस्ट्रेलिया), अशेष महर्जन (क्वीन्सल्यान्ड), प्रदिप ढुङ्गाना (एसीसटी), दिपेश लम्साल (वेस्टर्न अस्ट्रेलिया), सञ्जीव हमाल (टास्मेनिया) र विष्णु चापागाईँ (नर्दन टेरिट्री)सँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





