अस्ट्रेलियामा बसोबास: अभिभावक छुट्टिएको अवस्थामा बच्चा हेर्ने जिम्मेवारी कसको हुन्छ?

Family law concept. Family Paper and Judge gavel on the table

Family Court is always the last option, but resources are available to guide you through the process. Source: Moment RF / Rapeepong Puttakumwong/Getty Images

‘फ्यामिली ल एक्ट’ भन्ने एक ऐनले अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरूका पारिवारिक समस्यालाई कानुनी रूपमा समाधान गर्न सहयोग गर्छ। आमाबाबु अलग्गिए वा उनीहरूले ‘डिभोर्स’ गरेपछि हुने बालबालिकाको पालनपोषण सम्बन्धी हित-अधिकारका कुरा, अस्ट्रेलियामा यही ऐन अन्तर्गत अगाडी बढाइन्छ।अठार वर्षभन्दा कम उमेरका बालबालिका एवं किशोर-किशोरीहरूसँग कानुनी रूपमा आफू कोसँग बस्ने भनेर निर्णय गर्ने अधिकार हुँदैन। यस कारण, आमाबाबुले आफ्नो बच्चाहरूको उचित रेखदेख, सुरक्षित र व्यवहारिक हुने देख भाल व्यवस्थाहरू बारे समझदारीमा पुग्नुपर्छ।


 ‘फ्यामिली ल एक्ट‘ विवाहित, ‘डि फ्याक्टो‘, या समलैङ्गिक आमाबाबुका साथै हजुरबा, हजुरआमा जस्ता बालबालिकाको देख भाल गर्ने सबैमाथि समान रूपमा लागू हुन्छ।

यस्तो व्यवस्था हुँदा, आफ्ना आमाबाबु दुवै जनासँग सार्थक सम्बन्धमा रमाउन पाउने बालबालिकाहरूको अधिकारले सुनिश्चितता पाउँछ।

र, आफ्नो पालनपोषण गर्ने आमाबाबु लगायतका परिवारजनको भूमिका लैङ्गिक या अन्य मान्यता बारे बिना कुनै पूर्वाग्रहित धारणा नै अर्थपूर्ण सम्बन्ध राख्न पनि उक्त ऐनले बच्चाहरूलाई सहयोग पुर्‍याउँछ।

यस कारण, आमाबाबु छुट्टिए पछि, एक जनाले मात्र बच्चाको रेखदेख वा दुवै जनाको तर्फबाट निर्णय गर्ने अधिकार स्वतः पाउँदैनन्।

बर्नाडेट ग्रान्डीनेट्टी लिगल एड भिक्टोरियामा एक्टिङ प्रोग्राम म्यानेजर छिन्।

“फ्यामिली ल एक्टमा आमाबाबु दुवैले बराबरी रूपमा आफ्नो जिम्मेवारी वहन गर्नेछन् भन्ने अनुमान गरिएको छ।”, उनले भनिन्।

यसको अर्थ के हो भने, आमाबाबुले बालबालिकाहरू बारे दीर्घकालीन असर गर्ने गरी जिम्मेवारी लिनु अगाडि आफूहरूले बराबरी रूपमा उक्त जिम्मेवारी लिनेछन् भनेर कानुनले सोचेको छ।
बर्नाडेट ग्रान्डीनेट्टी, एक्टिङ प्रोग्राम म्यानेजर, लिगल एड भिक्टोरिया
So excited to see daddy!
Equal shared parental responsibility means both parents must support the child financially. Credit: PeopleImages/Getty Images

तर, यहाँ ख्याल राख्नै पर्ने कुरा भनेको केवल अदालतले मात्र आमाबाबुलाई आफ्ना सन्तान भेट्नबाट रोक्न सक्छन्, जस्तै कि पारिवारिक हिंसा सम्बन्धी मुद्दामा।

बराबरी रूपमा आमाबाबुले जिम्मेवारी लिनुपर्छ भन्नुको अर्थ बच्चाको खर्च व्यहोर्नु हो न कि सन्तानले आमाबाबुसँग बराबरी समय बिताउनु।

ग्रान्डीनेट्टी अगाडी भन्छिन् कि आमाबाबु दुवै मिलेर जसो गर्दा सबैभन्दा सजिलो र राम्रो हुन्छ, सोही अनुरूपको निर्णय लिनुपर्छ।

अलग्गिने थुप्रै मानिसहरूले आफूहरू बिच नै बच्चाको देख भाल गर्ने व्यवस्था मिलाउन सक्छन्। आपसी समझदारीमा मुखैले बोलेर वा लेखेर सहिछाप गरे, यसलाई हामी ‘पेरेन्टिङ प्लान’ भन्छौँ।
बर्नाडेट ग्रान्डीनेट्टी, एक्टिङ प्रोग्राम म्यानेजर, लिगल एड भिक्टोरिया

पेरेन्टिङ प्लानमा आर्थिक व्यवस्था वा बच्चाको देख भालमा हुने खर्चको कुरा बारे पनि सहमति समावेश हुन सक्छ।

अस्ट्रेलियन क्यापिटल टेरिट्री वा एसीटीको वीमन्स लीगल सर्भिसकी एक सिनियर सोलिसिटर शीरीन फघानी उदाहरण दिँदै भन्छिन् कि हप्ताका कुनै दिन बच्चा आमासँग बस्न सक्छ भने बाँकी दिन बाबुसँग।

पेरेन्टिङ प्लान कानूनी रूपमा बाध्यात्मककारी हुँदैनन्।

यसको उदेश्य भनेको आमाबाबु छुट्टिँदा हुने झगडालाई मत्थर पार्ने हो, विशेषगरी उनीहरू बिच राम्रो संवाद नहुँदा गलत सोचको थप विकास हुन सक्ने परिस्थितीलाई रोक्न।

पेरेन्टिङ प्लान आफ्नो बच्चाको आवश्यकता अनुसार हेरफेर गरिरहन मिल्छ।

पेरेन्टिङ प्लानलाई कानुनी मान्यता दिने वा कानूनी रूपमा मान्नै पर्ने बाध्यात्मककारी बनाउने निर्णय गर्नुभयो भने चाहिँ एक अनलाइन फर्म भरेर फेडरल सर्किट एन्ड फ्यामिली कोर्ट अफ अस्ट्रेलियामा आफ्नो निवेदन दिन सक्नुहुनेछ।

यसका लागि तपाईँले पेरेन्टिङ कन्सेन्ट अर्डर भन्ने फर्म भर्नुपर्छ।

Why are they arguing?
Little girl feeling sad while her parents are arguing in the background. Credit: skynesher/Getty Images

अलग्गिने निर्णय गरेका आमाबाबु बिच आफूहरूको सन्तानलाई लिएर कुनै पनि सहमति वा समझदारी भएन भने, मध्यस्थकर्ता वा फ्यामिली डिस्प्युट रेजोलुसन भनिने पारिवारिक विवाद समाधान अर्को कदम हुनसक्छ।

बर्नाडेट ग्रान्डिनेटीका अनुसार अस्ट्रेलियाभर रहेका लीगल एड कमिसनहरूले फाइनान्सियल एड भनिने आर्थिक अनुदानका लागि योग्य ग्राहकहरूका लागि मध्यस्थकर्ताको काम गरिदिन सक्छन्।

उनी भन्छिन् कि सामुदायिक वा निजी रूपमा पनि यस्ता सुविधाहरू लिन मिल्छ।

एन-मेरी राइस फेडरल सर्किट एन्ड फ्यामिली कोर्ट अफ अस्ट्रेलियामा वरिष्ठ न्यायिक रजिस्ट्रार छिन्। उनी भन्छिन् कि धेरैजसो आमाबाबु अदालत पुग्नु अघि नै पेरेन्टल अग्रिमेन्टमा सहमत भइसक्छन्।

“आमाबाबु बिच आपसी सहमतिका आधारमा हुने सम्झौताहरूले द्वन्द घटाउन र बालबालिकाहरूलाई निश्चिन्तता दिन्छ,” उनले भनिन्।

सहमतिसम्म पुग्न सक्नुभएन भने पनि न्यायाधीशकै अगाडी गएर उभिनुपर्ने अवस्था चाहिँ प्राय आइहाल्दैन। अदालतले तपाईँलाई मद्दत गर्छ।
एन-मेरी राइस, वरिष्ठ न्यायिक रजिस्ट्रार, फेडरल सर्किट एन्ड फ्यामिली कोर्ट अफ अस्ट्रेलिया
Young Family Reunites After Work and School
L'aumento del costo della vita sta avendo ripercussioni su migliaia di famiglie in Australia. Source: Moment RF / LOUISE BEAUMONT/Getty Images

रजिस्ट्रार राइस भन्छिन् कि विवाद सकेसम्म चाँडो र सस्तो रूपमा सल्टाउनु अदालतको कर्तव्य हो तर यो विकल्पसम्म पुग्नु ठिक कुरा होइन।

अर्थात्, उनीहरूले रजिस्टर्ड फ्यामिली डिस्प्युट रेजोलुसन प्राक्टिस्नरसँग मिलेर मध्यस्थतामा भाग लिनुपर्छ र पनि कुरा मिलेन भने यसबारे प्रमाणपत्र लिएर मात्र अगाडी बढ्न सकिन्छ।

"फ्यामिली लको क्षेत्रमा काम गर्ने जसले पनि अदालत जानु भनेको अन्तिम विकल्प हो भन्छन् जस्तो मलाई लाग्छ, तर आफ्नो बच्चाको विषयमा औपचारिक आदेश खोज्ने आमाबाबुले एकदमै जोखिम भयो भने वा अत्यावश्यक आवश्यक अवस्थामा बाहेक एक आपसमा कुरा गरेर समझदारीमा जान कोसिस गर्नुपर्छ,” उनले भनिन्।

अर्थात, उनीहरूले रजिस्टर्ड फ्यामिली डिस्प्युट रेजोलुसन प्राक्टिस्नरसँग मिलेर मध्यस्थतामा भाग लिनुपर्छ र पनि कुरा मिलेन भने यसबारे प्रमाणपत्र लिएर मात्र अगाडी बढ्न सकिन्छ।

फ्यामिली डिस्प्युट रेजोलुसन प्राक्टिस्नर वा एफडीआरपी भनिने अधिकारी चाहिँ एक विशेष प्रशिक्षित मध्यस्थकर्ता हो जसले द्वन्द्वमा परेका परिवारहरूसँग काम गर्छ।

एफडीआरपी अधिकारीका बारे थप जानकारी फ्यामिली रिलेसनशिप सेन्टरका वेबसाइटहरूमा उपलब्ध छ। निजी मध्यस्थकर्ताहरूले पनि यस्तो सेवा दिन्छन् तर तिनको शुल्क अलि बढी हुने बताइएको छ।

फ्यामिली कोर्टले अनलाइनमा उपलब्ध गराएका सामाग्रीहरूले पनि तपाईँलाई अदालतसम्म पुग्नु नपर्ने गरी मद्दत गर्न सक्छन्। तपाईँले लीगल एड वा फ्यामिली रिलेसशिप्स अनलाइन सेवालाई पनि सम्पर्क गर्न सक्नुहुन्छ।

रजिस्ट्रार राइस भन्छिन् कि फ्यामिली डिस्प्यिुट रेजोलुसनमा जान तपाईँलाई वकिल चाहिँदैन।

तर, अर्को पक्षबाट तपाईँलाई एफडीआरमा आउन पत्राचार गरिएको छ भने चाहिँ यसबारे राम्ररी विचार गर्नुपर्छ र आवश्यक परे कानुनी सल्लाह लिन उपयुक्त हुन्छ।

तपाईँ जानुभएन भने तपाईँको धारणा बिना नै निर्णय हुन सक्ने बारे पनि ख्याल राख्नुहोस्।

Father packing daughters backpacks for school
When planning to move overseas or interstate with your child, consent from the other parent is required unless you are seeking a court order. Credit: MoMo Productions/Getty Images

आमाबाबु बिच सहमति हुन सकेन भने फ्यामिली ल कोर्टले ऐन अन्तर्गत बच्चाको सर्वोत्तम हित हेरेर आफ्नो फैसला सुनाउँछ।

र सो निर्णय बच्चा १८ वर्ष नपुगेसम्म लागु रहन्छ।

अदालतको फैसला विरुद्ध गए ठुलै सजाय हुन सक्ने व्यवस्था छ।अदालत जानै पर्ने अवस्था आयो भने अदालतको वेबसाइटमा यस बारे चाहिने आवश्यक कागजपत्रबारे सबै जानकारी उपलब्ध छ। दोभाषेको मद्दत चाहिन्छ भने यसको पनि व्यवस्था हुन्छ।

अर्कै राज्य, प्रदेश वा अरू नै देश सर्ने योजना राख्नुभएको छ भने अर्को पक्षको सहमति आवश्यक हुन्छ वा अदालतबाट आदेश जारी हुनुपर्ने फघानी बताउँछिन्।

यसबाहेक पारिवारिक हिंसा वा बच्चाका लागि कुनै खास व्यवस्था गर्नका लागि दबाब परेको छ भने पनि आफ्नो वकिलसँग परामर्श लिनुहोस्।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now