SKIP TO MAIN CONTENT

अस्ट्रेलियाका एक नेपालीभाषी डाक्टरको कथा: रिजनल शहर नै किन?

Dr Bhuwan Kandel is a paediatrician based in Traralgon, Gippsland, Victoria.
Dr Bhuwan Kandel is a paediatrician based in Traralgon, Gippsland, Victoria. Credit: YouTube/Screenshot/Nandita Chakraborty

भुवन कँडेल उच्च अध्ययनका लागि सन् २००७ मा नेपालबाट रिजनल भिक्टोरियाको शहर गिप्सल्यान्ड आएका थिए। त्यति बेला त्यहाँ नेपाली भाषा बोल्ने मानिसहरू निकै कम रहेको उनी बताउँछन्। अहिले बाल रोग विशेषज्ञका रूपमा कार्यरत डा. कँडेल भन्छन् कि नेपाली समुदाय पनि विस्तार हुँदै जाँदा गिप्सल्यान्ड नै अब उनको घर बनेको छ। डा. कँडेलजस्तै रिजनल भिक्टोरियामा बसोबास गर्दै आएका विविध पृष्ठभूमिका आप्रवासीहरूको जीवनकथा समावेश गरिएको वृत्तचित्र ‘शेयर्ड टेबल: रिजनल हिरोज‘ हालै मेलबर्नमा प्रस्तुत गरिएको थियो। उक्त चलचित्रका साथसाथै अस्ट्रेलियामा नयाँ जीवन निर्माण गर्ने बाटोका बारेमा निर्देशक तथा सह-निर्माता नन्दिता चक्रवर्ती, निर्माता निरु त्रिपाठी र डा. कँडेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now