Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा सिपयुक्त कामदारहरूको अभाव दोब्बर, कम्पनीहरू बढी तलबमा कर्मचारी राख्न बाध्य

Nervous on job interview

Woman on job interview in modern office Credit: Pekic/Getty Images

अस्ट्रेलियामा धेरै पेसाहरूमा सिपयुक्त कामदारहरूको अभाव दोब्बर हुँदै गर्दा राजनीतिज्ञहरू यसको दोष एक अर्कालाई दिन व्यस्त रहेका छन्।


Published

Updated

By Phillippa Carisbrooke

Presented by Sunita Pokharel

Source: SBS




Share this with family and friends


अस्ट्रेलियामा धेरै पेसाहरूमा सिपयुक्त कामदारहरूको अभाव दोब्बर हुँदै गर्दा राजनीतिज्ञहरू यसको दोष एक अर्कालाई दिन व्यस्त रहेका छन्।


देशभरका थुप्रै व्यवसायहरू कर्मचारीहरू अभावका कारण दैनिक सेवा प्रदान गर्न सङ्घर्षरत छन्।

दक्षिण पूर्वी मेलबर्नको कपाल काट्ने सलुन यसको एक उदाहरण हो।

उक्त व्यवसायकी निर्देशक पोला फूर्ड भन्छिन्, "हामीले निरन्तर आउने ग्राहकहरूलाई पनि फर्काउनु परिरहेको छ जो विगत २० वर्ष भन्दा अगाडीदेखि आइरहेका थिए। र हामीले ग्राहकहरूको आवश्यकता पनि पुरा गर्न सकेका छैनौँ जुन लज्जास्पद हो।"

Hairdresser Paula Foord has been trying to recruit staff for over a year (SBS).jpg
Hairdresser Paula Foord has been trying to recruit staff for over a year

इनरभिजन सलुन विगत एक वर्षदेखि कपाल काट्ने कर्मचारी नियुक्त गर्ने असफल प्रयासमा रहेको छ।

"हामी फुल टाइम वा पार्ट टाइम काम गर्ने कोही खोजिरहेका छौँ। यसले यति हताश बनाइसक्यो कि हामी केही अनुभव भएका र इच्छुक जसलाई पनि लिन तयार छौँ।"

हेयर ड्रेसरहरूको आपूर्तिमा देशभर नै कमी रहेको छ।

'२०२२ सिप प्राथमिकता सुची' मा पर्दै यो पेसा सिपयुक्त कामदार अभाव भएको सूचिमा परेको छ।

यसमा कामदार अभाव भएका २८६ अन्य पेसाहरू पनि रहेका छन्, जुन सङ्ख्या अघिल्लो वर्षको १५३ बाट बढेको हो।

सिप तथा तालिम सम्बन्धी मन्त्री ब्रेण्डन ओ'कनरले यस्तो अभावको लागि मोरिसन सरकार जिम्मेवार भएको आरोप लगाएका छन्।

"यो अभाव झन् खराब गराइयो योजना गर्न चुकेर; ट्रेनीङ्गहरू, शिक्षा वा सीपयुक्त आप्रवासनबाट चाहिएको सिपहरू उपलब्ध गराउन चुकेर, अघिल्लो सरकार सही काम गर्नबाट चुकेर।"

उता उद्योग, सिप र तालिम सम्बन्धी विपक्षी प्रवक्ता सुजन ली भन्छिन् अवकाशप्राप्त पूर्व कामदारहरूलाई उनीहरूको सुविधा कटौती नगरी काममा फर्किन सरकारले स्वीकृति दिएको भए यसमा सुधार गर्न सकिन्थ्यो।

"यदि उनीहरूले त्यसो गरेको भए श्रमिकको खोजीमा रहेका व्यवसायहरूका रिक्त स्थान पाको उमेरका अस्ट्रेलियालीहरूले लिएको देख्न सकिन्थ्यो।"

त्यस्तै कामदारहरूको चरम अभाव खेप्ने क्षेत्रहरूमा स्वास्थ्य, शिक्षा र व्यापार रहेका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

अस्ट्रेलियाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका नीति प्रमुख डेभिड एलेक्जेन्डर भन्छन् तालिमहरूका लागि लक्षित कोषहरू उपलब्ध गराइनु पर्दछ।

कामदार अभावका कारण केही कम्पनीहरूले नयाँ कामदारहरूलाई चाहिने भन्दा बढी बढुवा गर्ने वा बढी पारिश्रमिक दिनु पर्ने अवस्था रहेको आरएम-आइ-टी अनलाइनको अध्ययनले देखाएको छ।

अस्ट्रेलियाका व्यवस्थापकहरूमाथि गरिएको सर्वेक्षणमा झन्डै आधि (४६ प्रतिशत)ले नव नियुक्त कामदारहरूलाई आवश्यकता भन्दा बढी तलब दिनुपरेको अनुभव राखेका छन्। बजार प्रतिस्पर्धा र उम्मेदवारहरूबाट उच्च अपेक्षा राखिएकाले त्यसो गर्नु पर्ने सर्वेक्षणले देखाएको छ।

झन्डै ४० प्रतिशतले त्यसरी नियुक्त गरिएकाहरूमा नयाँ भूमिकालाई लिएर सिप वा अनुभवको कमी पाइएको विचार राखेका छन्।

आरएम-आइ-टी अनलाइनकी अन्तरिम प्रमुख कार्यकारी अधिकृत क्लेयर हप्किन्स रोजगारदाताहरूलाई तत्काल तालिम प्रदान गर्न केन्द्रित हुन सुझाव दिन्छिन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now