Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

हिप्पीहरू भारतलाई भन्दा बढी नेपाललाई किन मन पराउँथे?

Kathmandu Freak St 1970

करिब ७० वटा किताब लेखिसकेका इतिहासविद् प्रकाश ए. राजले भर्खरै आफ्नो ७० को दशक नाघिसकेको उमेरमा आएर एउटा नौलो पुस्तक प्रकाशन गरेका छन्, जसको शीर्षक रहेको छ – ‘लेजेन्डरी कन्ट्री फर द यङ्ग पिपल अफ द वेस्ट’ (नयाँ पुस्ताका पश्चिमा मानिसहरूको निम्ति लोकप्रिय देश)। हाम्रा नेपाल संवाददाता गिरिश सुवेदीले उनीसँग गरेको कुराकानी।


Published

Updated

Source: SBS




Share this with family and friends


करिब ७० वटा किताब लेखिसकेका इतिहासविद् प्रकाश ए. राजले भर्खरै आफ्नो ७० को दशक नाघिसकेको उमेरमा आएर एउटा नौलो पुस्तक प्रकाशन गरेका छन्, जसको शीर्षक रहेको छ – ‘लेजेन्डरी कन्ट्री फर द यङ्ग पिपल अफ द वेस्ट’ (नयाँ पुस्ताका पश्चिमा मानिसहरूको निम्ति लोकप्रिय देश)। हाम्रा नेपाल संवाददाता गिरिश सुवेदीले उनीसँग गरेको कुराकानी।


उनले भर्खरै आफ्नो ७० को दशक नाघिसकेको उमेरमा आएर एउटा नौलो पुस्तक प्रकाशन गरेका छन्, जसको शीर्षक रहेको छ – ‘लेजेन्डरी कन्ट्री फर द यङ्ग पिपल अफ द वेस्ट’ (नयाँ पुस्ताका पश्चिमा मानिसहरूको निम्ति लोकप्रिय देश) ।

यस पुस्तकमा उनले नेपाल र विशेष गरी काठमाडौँमा सन् १९७० को दशकमा आएका हिप्पी समूहका विदेशीहरू कसरी बसोबास गर्थे भनेर वर्णन गरेका छन्।

उनले लेखेका नेपाली गाइडबुकहरु यिनै विदेशीमाझ पछिल्लो समयसम्म पनि चर्चित रहे र उनको यस अध्ययनको बारेमा भन्छन्, “आजभन्दा ४० वर्ष अगाडी, सन् १९७० ताका तिर, युवा विदेशीहरूमाझ नेपाल धेरै चर्चित देश हुन पुग्यो।”

Prakash A. Raj
लेखक प्रकाश ए राज सन् १९७० ताका अमेरिकामा Source: Prakash A. Raj
अमेरिका, युरोप र अस्ट्रेलियाबाट उनीहरू प्रायजसो हवाईजहाज नभईकन समुद्र तथा जमिनको बाटो हुँदै यहाँ आइपुग्थे। युरोपबाट आउनुपरेमा उनीहरू ग्रिसबाट टर्की-ईरान-अफ्गानिस्तान-पाकिस्तान-भारत हुँदै नेपाल आइपुग्थे। उनीहरूको कारण नेपाल चर्चित हुन पुग्यो र उनीहरूलाई हिप्पी भनेर चिनिन थालियो। काठमाडौँको असनस्थित क्याबिन रेस्टुरेन्टमा सुरुमा रहेका उनीहरू पछि झोँछेः मा बस्न थाले। यो करिब १९७१ को कुरा हो, र यस बेला उनीहरू भारतभन्दा नेपाललाई बढी रुचाउँथे, किनभने उनीहरूलाई त्यहाँ धेरै सोधपुछ हुने गर्थ्यो। त्यसको तुलनामा नेपालमा उनीहरूले निकै राम्रो सत्कार पाए। त्यही बेला मैले पनि अचम्मसँग उनीहरूको बारेमा लेख्न सुरु गरेँ। एउटा पत्रकारको हैसियतले पनि मैले त्यस बेला आफूले भेटेका व्यक्तिहरूको बारेमा केही लेख्न थालेँ। त्यसको करिब एक दशक सम्म धेरै त्यस्ता मानिसहरूसँग भेट भयो र मैले यसमा आफ्नो लेखनलाई निरन्तरता पनि दिएँ। त्यस लेखनमा उनीहरूको जीवनशैलीको बारेमा मैले आफ्नो डायरीमा लेखेँ, जुन अङ्ग्रेजीमा पनि थियो। यसमा त्यसताका आउने व्यक्तिहरूको कारण नेपालमा के-कस्ता प्रभाव परे भनेर मैले लेखेँ।
उनीसँगको कुराकानी समेतको रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

हिप्पी समुदाय त्यसताका नेपालमा बस्दा माहौल कस्तो हुने गर्थ्यो?

उनीहरू सुरुमा बसेको झोँछेः लाई फ्रीक स्ट्रिट भन्न थालियो, जुन आज पनि कायम नै छ। हिप्पीहरूलाई नै ‘फ्रीक’ भनेर चिनिन्थ्यो। त्यसको करिब १२ वर्षपछि उनीहरूको बसाई ठमेलतिर सर्‍यो। उनीहरूमाझ लागु औषध को बिक्री वितरण बढी हुने भएको हुनाले पनि झोँछेः मा धेरैले मन पराएनन्। त्यस ताका मेरा समकालीन मित्र कर्ण शाक्यले ठमेलमा काठमाडौँ गेस्ट हाउस खोलेका थिए, जसमा सस्तोमा बास पाइन्थ्यो। त्यस कारण त्यहाँ धेरै जना हिप्पीहरू बस्न थाले र ठमेल उनीहरूको नयाँ थलो हुन पुग्यो। उनीहरूले दिनको १० डलर बजेटमा आफूलाई ठमेल वासी बनाएका थिए। मेरो घर त्यसताकादेखि नै हनुमान ढोकाको पश्चिममा रहेको छ। त्यस बेला म हरेक साँझ आफ्नो गाइड बुकको निम्ति अनुसन्धान गर्न रेस्टुरेन्ट जान थालेँ। त्यसताका नेपालमा ‘पाई शप’ पनि पहिलो पटक खुल्न थाले काठमाडौँ भित्र। अमेरेकीहरूकोलागि काम गर्ने नेपालीहरूले यो शिप सिकेर मरु गणेश स्थानबाट विष्णुमती जाने बाटोमा रहेको क्याम्प होटेल लगायत अन्य केहीमा पहिलो पटक यस्तो व्यवसाय सुरु गरेका हुन्। म पनि त्यस ताक २८ वर्षको युवक थिएँ र राम्रोसँग अङ्ग्रेजी बोल्न सक्थेँ। हिप्पीहरूको अध्ययन क्रममा मैले केही खाली खुट्टा हिँड्ने व्यक्तिहरू समेत देखेँ। कतिपय भने विभिन्न गुम्बाहरूमा बसेर बौद्ध धर्मको अध्ययन गर्ने इच्छाले पनि यहाँ आएको पाइयो।

Legendary Country for Young People of the West
Source: Prakash A. Raj


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now