न्यु साउथ वेल्स र भिक्टोरियाको सिमानामा रहेको अल्ब्री निवासी मेघनाथ रिमाल र दुर्गाप्रसाद रिमाल दुवै जना भुटानमा जन्मेर नेपालमा २० वर्ष लामो शरणार्थी शिविरको बसाइ पछि संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको शरणार्थी उच्च आयोग, युएनएचसीआरको पहलमा पुनर्वासका लागि झन्डै दुई दशक अगि अस्ट्रेलिया आइपुगेका शरणार्थी हुन्। शरणार्थी सप्ताह (जुन १५ देखि २१)को अवसरमा रिमाल दाजुभाइसँग साहित्य, मानसिक स्वास्थ्य, अटिजम् र अस्ट्रेलियामा भुटानी शरणार्थीका दोस्रो पुस्ता बारे एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





