नेपालमा एक दशक अगि गोर्खा जिल्ला केन्द्रबिन्दु बनाएर झन्डै ९,००० जनाको मृत्यु हुने गरी गएको ७.८ म्याग्निट्युडको भूकम्पमा २२,००० भन्दा बढी घाइते हुनुका साथै लाखौँ मानिसहरू प्रभावित भएका थिए। भूकम्प पछिका राहत कार्यमा विभिन्न स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय संस्थाहरू लागिपरेका थिए। तिनै मध्ये एक, नेपालका हिमाली क्षेत्रमा परोपकारी कामहरू गर्दै आएको गैर नाफामूलक संस्था अस्ट्रेलियन हिमालयन फाउन्डेसका एक संस्थापक निर्देशक साइमन बल्डर्स्टनसँग उक्त दिन, त्यसपछि तत्कालै राहत सामाग्री जुटाएर नेपाल पुर्याउने प्रक्रिया र त्यसले पुर्याएको दीर्घकालीन सहयोगका बारे एसबीएस नेपालीले गरेको कुराकानीको अंश सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।
Share





