एडिलेड स्थित एक विश्वविद्यालय भएको एक दीक्षान्त समारोहमा बोल्दै पूर्व रक्षा मन्त्री क्रिस्टोफर पाईनले ताइवानलाई लिएर चीन सँग भविष्यमा युद्धको सम्भावना रहेको चेतावनी दिएका छन् ।
यदि चीनले ताइवानमा सेना खटाए, अमेरिका त्यसको विरोधमा उभिने र अस्ट्रेलियाले अमेरिकाको साथ दिने भएकाले, अस्ट्रेलिया पनि यसमा होमिने एडिलेड स्थित एक विश्वविद्यालयको दीक्षान्त समारोहमा पाइनले बताएका हुन्।
“आजको पाँच वर्ष अघि सम्भावना निकै कम रहेको मैले बताएको थिए, तर अहिले म यो भन्छु कि तत्कालीन समय भन्दा अहिले सम्भावना निकै धेरै छ।"
चीन यो कुरामाआफू निकै विश्वस्त र सक्षम भएको देखाउँदै छ जसले ताइवान माथि दबाब बढेको छ ” उनले भने।
ताइवान - उत्तरी हङकङ र पूर्वी चीनका बिचमा रहेको एउटा टापु हो जहाँ करिब दुई करोड ४० लाख मानिसहरू बसोबास गर्दछन्।
१७ औँ शताब्दीमा सो टापु आदिवासी हुँदै डच शासक, चीन र जापान हुँदै पुनः चीनको अधीनमा रहेको छ।
सन १९४९ को गृह युद्ध पश्चात् चिनिया गणतान्त्रिक सेनाले ताइवानलाई आफ्नो अधीनमा लियो - यो त्यो समय थियो जब कम्युनिस्ट सेनाले मेन ल्यान्ड भनिने मुख्य भूमिलाई आफ्नो नियन्त्रणमा राख्न सफल भयो।

सन् १९८० मा गणतन्त्र स्थापना हुनु अघि, सैनिक शासन अन्तर्गत गणतान्त्रिक सेनाले ताइवानलाई आफ्नो अधीनमा राख्दै आएको थियो ।
ताइपेमा निर्वाचित भएको सरकारले आफूलाई पुरै चीनको वैध सरकार मान्दै आएता पनि, यथार्थमा उनीहरूले ताइवान तथा त्यस वरपरका केही स-साना द्विपहरूको व्यवस्थापन मात्र गर्ने गर्छन्।
अन्तर्राष्ट्रिय रूपमा पनि उनीहरूलाई मान्यता प्राप्त छैन; संयुक्त राष्ट्र सङ्घले पनि ताइवानले चीनकै एक प्रान्तका रूपमा हेर्दै गर्दा चीन पुनः ताइवान आफ्नो नियन्त्रणमा आओस् भन्ने चाहन्छ भन्छन् म्यालकम डेभीज।
अस्ट्रेलियन स्ट्राटेजिक पोलिसी इन्स्टीच्यूटमा एक विश्लेषकका रूपमा कार्यरत डेभीज भन्छन् कि चिनिया सरकार ताइवानलाई आफूबाट गुमेको एक क्षेत्रको रूपमा हेर्दछ।
"अर्को तर्फ ताइवानका नागरिकहरू भने आफूलाई चिनिया भएको स्विकार्दैनन्, उनीहरू आफूलाई ताईवानीज भएको बताउँछन् र, चीनसँग एकीकरण हुनुपर्छ भन्नेमा पनि ताइवानमा खासै समर्थन छैन।"
उनका अनुसार त्यसै कारण पनि चीन एकीकरणका लागि बल प्रयोग गर्न लालायित छ, चाहे त्यसका लागि आफ्नो सेना नै किन प्रयोग गर्नु नपरोस्।
तर ताइवानलाई शक्तिका आधारमा आफ्नो बसमा पार्नुको अर्थ अन्तर्राष्ट्रिय द्वन्द्व निम्त्याउनु हो।
अमेरिकाको तल्लो संसद्ले ताइवानको भविष्यका बारेमा शान्तिपूर्ण वा कूटनैतिक हिसाबले निष्कर्षमा नपुगे, आफूले ताइवानलाई रक्षा गर्ने वाचा गरेको छ।
अस्ट्रेलिया लागि अमेरिकी राजदूतका सहायक माइक गोल्डम्यानले अस्ट्रेलियन नेश्ननल युनिभर्सिटीको राष्ट्रिय सुरक्षा सम्बन्धी पोडकाष्टमा बोल्दै चीनले ताइवानमा आफ्नो सेना उतारे, अस्ट्रेलिया र अमेरिकासँग त्यसका लागि आफ्नै योजनाहरू छन्।
"मेरो बिचारमा सँगै काम गर्ने सहयोगीका रूपमा काम गर्न हामी कटिबद्ध छौँ, हाम्रो सामरिक क्रियाकलापले राम्ररी काम गरोस् भन्नेमा मात्र होइन, रणनीतिक योजनामा पनि," गोल्डम्यानले भने।
अब फेरी रणनीतिक योजनाको कुरा गर्दा, थुप्रै विषयहरू मध्ये ताइवानको मुद्दा पनि एक हो।
डा डेभीज भने ती योजनाहरू सम्भावना भन्दा पनि यथार्थ तिर बढी ढल्केको बताउँछन्।
उनी भन्छन् कि पूर्व रक्षा मन्त्री पाइनको आगामी पाँच वर्ष भित्रै युद्ध हुनसक्ने विश्लेषण सही छ र त्यो चिनियाँ नौसेनाको काबिलियतमा भर पर्छ।
र यदि चीनले ताइवानमा सेना खटाए, अमेरिकाले ताइवानलाई दिएको बचन तोड्न नसक्ने पनि डा म्यालकम डेभीजको विचार छ।
साथै, त्यस्तो अवस्था आइपरेमा अस्ट्रेलियाले अमेरिकीहरूको मद्दत गर्नै पर्ने पनि उनले बताए।
"आफ्नो सहयोगी अमेरिकालाई चीनसँगको युद्धमा होमिएको अस्ट्रेलियाले टुलुटुलु हेरेर बस्छ भनेर त कल्पना पनि गर्न सकिँदैन," उनी भन्छन्।
अस्ट्रेलियाले अमेरिकालाई प्रत्यक्ष रूपमा सैन्य कारबाहीमा सहयोग गर्ने अपेक्षा गर्न सकिन्छ जसमा चीन विरुद्ध सोझै रणभूमिमा जाइलाग्ने क्रियाकलाप पनि एक हुनसक्छ।
तर क्रिस्टोफर पाईनले एडिलेड विश्वविद्यालयका स्नातकहरूलाई आसाका अझै बाँकी रहेको बताउँदै भने कि अबको मार्ग भनेको जापान र भारत जस्ता चीन तथा अस्ट्रेलिया दुवैका सहयोगीहरूको मद्दतमा कूटनीति नै हो
"चीनलाई रोक्ने नीति लिनु कसैको हितमा छैन," पाइनले भने।
"बरु चीनलाई पनि सँगै लिएर हिँड्दा सबैको चासोको सम्बोधन हुनेछ।"














