घर किन्न भनेर वकिललाई भनेर पठाएको १० लाख डलर अनलाइन ठगले बिचमै उडादिएको आरोप

Scam

Lockdown has given cyber criminals yet another opportunity to test new methods of scamming Australians. Source: Getty Images/fizkes

अहिले लकडाउनको अवस्थामा आफ्नो घरमै बस्न बाध्य मानिसहरूले आफ्नो धेरै समय इन्टरनेटमा बिताई रहेका छन् र योसँगै साइबर अपराधीहरूलाई मानिसहरू ठग्ने विभिन्न प्रकारका उपाय अपनाउने अवसर प्रदान गरेको सुरक्षा विज्ञहरूको भनाइ छ।


लगानी सम्बन्धितदेखि, रोमान्स जस्ता बहानाका साथ मानिसहरूले हजारौँ डलर गुमाउने ठगीका उदाहरणमा अब बिलहरूबाट पनि ठगी बढ्न थालेको छ।

गएको सालमा मात्र विभिन्न ठगीका घटनाका कारण अस्ट्रेलियामा मानिसहरूले ८५ करोड १० लाख डलर गुमाएको प्रतिस्पर्धा र उपभोक्ता सुरक्षा सम्बन्धी राष्ट्रिय नियामक निकाय अस्ट्रेलियन कम्पिटिसन एन्ड कन्स्युमर कमिसन (एसीसीसी) द्वारा बताइएको छ।

त्यसरी ठगिनेहरूमा ७६ वर्षीय जेफ पनि एक हुन् - जसले आफूबाट पैसा चोर्न मानिसहरूले नयाँ तरिका अपनाइरहेको बारे पत्तो नै पाएका थिएनन्।

अनलाइन मार्फत शेयर किनबेच गर्ने एक सेवाबाट आफ्नो पैसा फिर्ता लिन भन्दै सुरु भएको एक टेलिफोन कुराकानी पछि आफूले झनै बढी पैसा गुमाउनुपरेको जेफ बताउँछन्।  

एसीसीसीका अनुसार मानिसहरूले गए वर्ष गुमाएका करोडौँ डलर मध्ये कुल ३२ करोड ८० लाख डलर अनलाइन लगानी सम्बन्धी ठगी अन्तर्गत रहेको छ।

दोस्रोमा अनलाइन मार्फत सञ्चालन हुने रोमान्सका ठगी परेका छन् - जसका कारण अस्ट्रेलियामा रहेका मानिसहरूले १३ करोड १० लाख डलर गुमाएको बताइएको छ।

Online scams
'Catfishing,' or online romance and dating scams are on the rise during the pandemic in Australia. Source: Getty Images/Mayur Kakade

क्वीन्सल्यान्ड युनिभर्सिटी अफ टेक्नोलोजीमा कार्यरत डाक्टर कस्याण्ड्रा क्रसका अनुसार ठगीका घटनाहरूमा विभिन्न चरण गरेर मानिसहरूको व्यक्तिगत जानकारी चोरी हुने र पैसा पठाउन बाध्य पारिने जस्ता गतिविधि पनि हुने गरेका छन्।  

डाक्टर क्रसका अनुसार ठगिबाट पीडित हुने मानिसहरूमा युवादेखि वृद्धसम्मका व्यक्तिहरू हुनुका साथै विभिन्न किसिमका उद्योगका कामदारहरू पनि रहने गरेका छन्।

रियल इस्टेट खरिद-बिक्रीका क्रममा पैसा उठाउनेदेखि स-साना शुल्कका सक्कली जस्तो देखिने बिलहरू पठाउने जस्ता काम अनलाइन अपराधीहरूले गरिरहेको उनको भनाइ छ। 

रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नक्कली बिलका कारण १२ करोड ८० लाख डलर ठगी भएका छन्।

न्यु साउथ वेल्स प्रहरीद्वारा गरिएको एक पछिल्लो छानबिनमा - नयाँ घर किन्न लागेका सिड्नीका एक दम्पतीले करिब १० लाख डलर गुमाएको बारे जाँच पडताल भइराखेको छ।

प्रहरी डिटेक्टिभ इन्स्पेक्टर इयन राइटका अनुसार उक्त दम्पतीले आफ्नो वकिललाई पठाएको भनेर सोचेको पैसा, अरू कसैले हात पारेको भन्नेबारे छानबिन भइरहेको छ।

Experts advise how to avoid being scammed.
Online scams are impacting thousands of people stuck at home during the pandemic. Source: Getty Images

आफ्नो कानूनी सल्लाहकारको नामबाट आएको बैङ्क खाता विवरण अनुसार आफूहरूले पठाएको पैसा अन्ततः ठगीमा संलग्न भएकाहरूले पठाएको आरोप ती दम्पतीको रहेको राइट बताउँछन्।  

यस्ता घटनाहरू आफूलाई हुन नदिन मानिसहरूले विभिन्न कदम अपनाउन सक्ने बताउँछिन्, डाक्टर क्रस।

यदि तपाईंले सामान्य रूपमा पैसा पठाउने व्यवसायको बैङ्क खाता विवरण फरक रहेको छ भने वा सामान्य भन्दा फरक देखिन्छ छ भने पनि त्यस्ता सम्पर्कहरू प्रति सतर्क रहने जरुरी रहेको उनको भनाइ छ।  

त्यस्तै भनाइ ठगी बाट पीडित भएका जेफको पनि रहेको छ।

उनले चाहिँ तपाईंले नचिनेको व्यक्ति बाट आएको फोन नउठाउने देखि कसैलाई पनि विश्वास नगर्न सल्लाह दिएका छन्। 


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now