Coming Up Thu 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio
एसबीएस नेपाली पोडकास्ट

अस्ट्रेलियामा १० वर्ष उमेरका बालबालिकाहरूलाई पनि जेल पठाइँदै

Source: Getty Images

अस्ट्रेलियामा आपराधिक कारबाहीका लागि न्यूनतम उमेर १४ वर्षको बनाइनुपर्ने मागबारे निर्णय गर्न थप समय आवश्यक रहेको गत वर्ष देशभरका राज्य तथा प्रादेशिक सरकारका न्यायाधिवक्ताहरुले बताएका थिए। तर बालबालिकाहरूलाई जेलको सट्टा अन्य वैकल्पिक सुधार गृह पठाउने योजनाबारे जाँच गर्ने भनी बताइएको एक वर्ष पुग्दा अहिलेसम्म कुनै सहमति वा परिवर्तन पनि भएका छैनन्।

अस्ट्रेलियामा १० वर्ष उमेरका बालबालिकालाई आपराधिक क्रियाकलापका लागि पक्राउ गर्न, जरिवाना तिराउन, र कैद गर्न सकिन्छ - यो उनीहरूले फेसबुक अकाउन्ट बनाउन पाउने भन्दा तीन वर्ष कम उमेर हो।
 
अस्ट्रेलियाली सरकारहरूले यस विषयमा ध्यानपूर्वक सोच्नु पर्ने समय आएको मानव अधिकार कानुन केन्द्रकी कानुनी निर्देशक मिना सिंहले भनिन्।
 
आपराधिक कारबाहीको न्यूनतम उमेर सम्बन्धी कार्यकारी समूहले गत वर्षको जुलाई महिनामा देशका शीर्ष कानुन अधिकारीहरूलाई एक रिपोर्ट प्रस्तुत गरेका थिए।
 
आपराधिक कारबाहीको न्यूनतम उमेर १४ वर्ष बनाइनु पर्ने उक्त रिपोर्टमा उल्लेख गरिएको थियो।
 
अहिले त्यसको एक वर्ष बितिसक्दा रेज द एज गठबन्धनका ४७ वटा सङ्गठनहरू अझै केही परिवर्तनको पर्खाइमा रहेका छन्।
 
सिंह भन्छिन्, सङ्घीय न्यायाधिवक्ता मिसेलिया क्यास समक्ष यो विषय पेस गरिएको १२ महिना पछि पनि कुनै प्रतिक्रिया आएको छैन।
 

रिपोर्ट सुन्नुहोस्: 
अस्ट्रेलियामा १० वर्ष उमेरका बालबालिकाहरूलाई पनि जेल पठाइँदै
00:00 00:00
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा यहाँबाट नि:शुल्क डाउनलोड गर्न सक्नुहुन्छ।

 
स्वास्थ्य र कल्याण सम्बन्धी अस्ट्रेलियाली संस्थानको तथ्याङ्क अनुसार गत वर्ष जुन महिनामा १० देखि १७ वर्ष उमेर समूहका करिब ८०० जना बालबालिकाहरू नजरबन्दमा रहेका थिए।
 
ती मध्य ४८ प्रतिशत आदिवासी तथा टोरेस स्ट्रेट आइल्यान्डर बालबालिका थिए, जब कि यस उमेर समूहमा कूल केवल ६ प्रतिशत आदिवासी अस्ट्रेलियालीहरू मात्र छन्।
 
थुप्रै आदिवासी बालबालिकाहरू उपेक्षा र हिंसाको सिकार भएको हुनाले उनीहरूलाई आफ्नो परिवारबाट हटाइने गरेको सिंहले बताइन्।
 
उनी आफू पनि योर्टा योर्टा र भारतीय पृष्ठभूमिकी महिला हुन्।
 
GPS tracking device
The use of GPS tracking devices for juveniles on bail is under consideration by Queensland.
In Pictures Ltd./Corbis via Getty Images
 
यही महिना मात्र राष्ट्रिय आपराधिक कारबाही उमेरलाई बढाउन संयुक्त राष्ट्रका ३० वटा सदस्य राष्ट्रहरूले गरेको आह्वानको प्रतिरोध गरे पछि अस्ट्रेलिया आलोचनामा परेको थियो।
 
पछिल्लो वर्षमा यस उमेरलाई बढाउने प्रतिबद्धता केवल अस्ट्रेलियन क्यापिटल टेरिटोरीले मात्र देखाएको छ।
 
अन्य राज्यहरूले यो परिवर्तन ल्याउन् भन्ने आशा रहेको एसीटीका महान्यायाधिवक्ता शेन र्याटनबरीले एसबीएसलाई एक बयानमा बताएका छन्।
 
सामुदायिक प्रतिक्रियाको एक छलफल पत्र अगस्ट पाँचमा बन्द भए पछि एसीटीले नयाँ कानुनी मस्यौदा तयार पार्ने छ।
अन्य राज्य तथा टेरिटरीहरूले अहिलेसम्म कुनै ठोस कदम नचाले तापनि राष्ट्रिय तहबाट सुधार आउने प्रक्रियामा रहेको न्यु साउथ वेल्सका महाअधिवक्ता मार्क स्पीकम्यानको बयानबाट बुझ्न सकिन्छ।
 
सरकारी तहका अधिकारीहरूको यस किसिमको अनुभव नभएको हुनाले र आदिवासीहरूको प्रतिनिधित्व सरकारमा कम भएको हुनाले यस विषयमा ढिलाइ भएको हुन सक्ने सिंहले बताइन्।
The Oakland County Judge said the girl was placed in juvenile dentition as she was a threat to her mother and police had been called to the house three times.
Juvenile dentition
AAP
 
त्यसो भए कानुनको उल्लङ्घन गर्ने बालबालिकाहरूका लागि अन्य विकल्पहरू के हुन सक्छन् त?
 
सिंह भन्छिन्, यसको जवाफ हो - रोकथाम।
 
एसीटीका र्याटनबरीको भनाइ पनि यस्तै छ।
 
नजरबन्द केन्द्रहरूमा पैसा खर्च गर्नु भन्दा त्यसलाई बालबालिकाको समर्थनमा प्रयोग गरिनु पर्ने उनले बताएका हुन्।
 
आदिवासी तथा गैर आदिवासी संस्थाहरूको गठबन्धन चेन्ज द रेकर्डकी सह-अध्यक्ष शेरील एक्स्लेबी नरङ्गा क्षेत्रकी महिला हुन्। 
 
अस्ट्रेलियामा आदिवासी अस्ट्रेलियालीहरू प्रतिको व्यवहारमा परिवर्तन नआएको देख्दा आफू चकित परेको उनी बताउँछिन्।
 
तर उनले आशा भने गुमाएकी छैनन्।  
 
सम्बन्धित सामाग्री:
 
 
 
 
 

Coming up next

# TITLE RELEASED TIME MORE
अस्ट्रेलियामा १० वर्ष उमेरका बालबालिकाहरूलाई पनि जेल पठाइँदै 30/07/2021 03:34 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार २५ अक्टोबर २०२१ 25/10/2021 06:53 ...
चिनिया राजदूतको कम्युनिष्ट पार्टीहरू एक हुनुपर्ने भनाइ विवादित र भीषण वर्षाले ठुलो जन धनको क्षति: गत ७ दिन नेपालमा 24/10/2021 04:52 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार २४ अक्टोबर २०२१ 24/10/2021 11:39 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार २२ अक्टोबर २०२१ 22/10/2021 05:25 ...
भर्खरै लकडाउन मुक्त भएको मेलबर्नमा घरेलु हिंसा विरुद्ध "रिभर वक" आयोजना हुँदै 22/10/2021 10:14 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहिबार २१ अक्टोबर २०२१ 21/10/2021 14:28 ...
“भारतको प्रशिक्षक रिसाए भन्दैमा म र मेरो फुटबल टोलीमाथि अन्याय गर्न पाइँदैन”: अलमुताइरी 21/10/2021 03:03 ...
जलवायु नीतिका कारण सङ्घीय गठबन्धन सरकारमा देखिएको फाटो 21/10/2021 03:05 ...
अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको सन् २०२१ को दशैं कस्तो रह्यो त? 20/10/2021 05:48 ...
View More