अस्ट्रेलिया र न्युजिल्यान्डका नेपालीभाषी खेलाडीहरूको सहभागिता सहित छैटौँ ओसनिया नेपाली स्पोर्टस् मिट् (ओएनएसएम) पर्थमा सम्पन्न भएको छ। शुक्रवार, १९ एप्रिलदेखि आइतवार, २० एप्रिलसम्म दश विविध खेलमा ४०० भन्दा बढी प्रतिस्पर्धीहरूको उपस्थिति रहेको आयोजक तथा ओएनएसएमका वर्तमान अध्यक्ष आङ दावा जाङ्बु शेर्पाले एसबीएस नेपालीलाई बताएका छन्। उक्त प्रतियोगिता र खेलकुदमा ओसनिया क्षेत्रका नेपाली समुदायको सक्रियताबारे शेर्पासँगको हाम्रो कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् ।
Share





