Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलिया आउने आप्रवासीहरूको सङ्ख्या घट्ने, अर्थतन्त्रमा नकारात्मक असर पर्ने चिन्ता

Group of Nepalis sitting and chatting in Melbourne, Australia.

कोरोनाभाइरस महामारीका कारण यो वर्ष अस्ट्रेलियामा आप्रवासीहरूको सङ्ख्यामा कमी आउँदा यसले देशको आर्थिक र सामाजिक सन्तुलनमा खलल पुर्‍याउनुका साथै सामान्य अवस्थामा फर्कन लामो समय लाग्ने विज्ञहरूले बताएका छन्।


Published

Updated

By Evan Young, Alan Lee

Source: SBS




Share this with family and friends


कोरोनाभाइरस महामारीका कारण यो वर्ष अस्ट्रेलियामा आप्रवासीहरूको सङ्ख्यामा कमी आउँदा यसले देशको आर्थिक र सामाजिक सन्तुलनमा खलल पुर्‍याउनुका साथै सामान्य अवस्थामा फर्कन लामो समय लाग्ने विज्ञहरूले बताएका छन्।


राष्ट्रिय मन्त्रिपरिषद्को बैठक पश्चात् शुक्रवार भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री स्कट मोरिसनले आर्थिक वर्ष २०१८ /१९ को तुलनामा आगामी वर्ष आप्रवासीहरू आउने सङ्ख्यामा ८५ प्रतिशतले कमी आउने बताएका छन्।

अस्ट्रेलियाको आप्रवासन कार्यक्रमहरूले देशको आर्थिक वृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ र यो प्रक्रिया कोभिड-१९ महामारी पूर्व विगत तीन दशकदेखि बिना कुनै अवरोध चलिरहेको थियो।

तर विश्वभर अवलम्बन गरिएको सीमा बन्द तथा लकडाउनका कारण अस्ट्रेलियाले यो आर्थिक वर्षमा स्थायी तथा अस्थायी रूपमा आप्रवासी भित्र्याउने सङ्ख्या धेरै समय पछि अत्यन्त न्यून रहने अनुमान गरिएको छ।

यसले गर्दा जनसांख्यिकीमा प्रभाव पर्ने र त्यसको असर केही समयसम्म रहिरहने अनुसन्धानविद्हरूको कथन छ। साथै उनीहरूले यो महामारीको अवस्था सकिए पछि अस्ट्रेलियाले आफ्नो अर्थतन्त्रमा सुधार ल्याउन भारी मात्रामा आप्रवासीहरूमा निर्भर हुनु पर्ने बिचार राखेका छन्।

अस्ट्रेलियाली राष्ट्रिय विश्वविद्यालयका जनासंख्याविद लिज एलेनले आगामी दिनहरूमा देशलाई जोगाइ राख्न आप्रवासीहरूमा निर्भर हुनु पर्ने भनाइ राखेकी छन्।

एलेनले अस्ट्रेलियाको आप्रवासीहरूलाई स्विकार्ने सङ्ख्याले यो खाडललाई पुर्ने बताएकी छन्।

Nepali in Melbourne, Australia
Source: Abhas Parajuli

अस्ट्रेलियाको २०१९-२० को आप्रवासन कार्यक्रम सङ्घीय सरकारको १ लाख ६० हजार स्थानहरू भर्ने उद्देश्य पुरा गर्न निकै कम हुने बताइएको छ।

कार्यकारी अध्यागमन मन्त्री एलन टजका प्रवक्ताले कोभिड-१९ ले २०१९-२० को आप्रवासन कार्यक्रमलाई असर पार्ने निश्चित प्राय रहेको बताएका छन्।

गृह मामिला विभागको तथ्याङ्कले स्थायी वासस्थान भिसाका लागि आमन्त्रण गरिनेको सङ्ख्यामा विगत केही महिनामा नाटकीय गिरावट आएको देखिएको छ।

स्वतन्त्र सिपयुक्त भिसा अर्थात् १८९ भिसा हाल्नका लागी निमन्त्रणा पाउनेहरूको सङ्ख्या अप्रिलमा ५० मात्र रहेको थियो जुन सङ्ख्या मार्चमा १ हजार ७ सय ५० रहेको देखिन्छ र यो भिसा अन्तर्गत आवेदकले अस्ट्रेलियाका जुनसुकै स्थानमा बस्न पाउने छन्।

त्यस्तै अस्ट्रेलियाका ग्रामीण क्षेत्रहरूमा बस्नै पर्ने नियम हुने ४९१ भिसा आवेदनका लागी निमन्त्रणा पाउनेहरूको सङ्ख्या ३ सय बाट घटेर ५० पुगेको छ।

जनवरी २५ मा पहिलो कोरोनाभाइरस सङ्क्रमण देखिएको भन्दा ७ महिना अगाडी अर्थात् सन् २०१९, जुन महिनाको ३० तारिखसम्ममा २ लाख ९८ हजार २ सय आप्रवासीहरूले अस्ट्रेलिया छोडेको रेकर्ड रहेको छ र अस्ट्रेलियाको अस्थायी आप्रवासीहरू स्विकार्ने सङ्ख्यामा पनि कमी आउने अनुमान गरिएको छ।

सिड्नी विश्वविद्यालयमा आप्रवासन विज्ञ रहेकी एना बशरका अनुसार कोरोनाभाइरस सङ्कटले अस्ट्रेलिया कति आप्रवासीहरूमा निर्भर रहेको छ भन्ने कुरा छर्लङ्ग पारिदिएको छ।

साथै उनले अस्ट्रेलिया अन्य राष्ट्रहरूसँग आप्रवासनलाई लिएर प्रतिस्पर्धामा रहेको भन्दै, यदि अन्य राष्ट्रहरूले पनि आफ्नो सीमा बन्द गरे भने अस्ट्रेलिया कोभिड-१९ पूर्वकै अवस्थामा फर्कने सक्ने विश्वास व्यक्त गरेकी छन्।

अर्थविद्हरू आप्रवासीहरूको सङ्ख्यामा आएको कमीले अस्ट्रेलियालाई पहिले कै अवस्थामा फर्कन प्रतिकूल प्रभाव पार्ने बताउँछन्।

Nepali in Melbourne
Source: SBS Nepali

आप्रवासीहरू नै कामदार, करदाता, उपभोक्ता र घर जग्गा बजारको हिस्सा रहेको भन्दै केही अर्थविद्हरूले त उनीहरू कतिपय अवस्थामा नयाँ आविष्कार र उत्पादकत्व बढाउन जिम्मेवार रहने समेत बताएका छन्।

ग्राटन इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत जन ड्यालीले जनसङ्ख्या वृद्धि र आर्थिक वृद्धि सँगसँगै जाने भन्दै यसमा आप्रवासीहरू प्रमुख रहने भनेका छन्।

ड्यालीले आर्थिक सुधार जहिले पनि ढिलो हुने जसले गर्दा अर्थतन्त्र पूर्ण तया पहिले कै अवस्थामा आउन धेरै वर्षहरू लाग्न सक्ने बताएका छन्।

“अस्ट्रेलियामा त झन् धेरै दबाब रहने छ किनभने यहाँ आवश्यकता भन्दा कम आप्रवासीहरू हुनेछन्,” उनी भन्छन्।

थप समस्याहरू

Canadian Immigration Minister Ahmed Hussen
Canada's Immigration Minister Ahmed Hussen said that by 2036 100 per cent of its population growth will be as a result of immigration. (CBC) Source: CBC News

डा लिज एलेनका अनुसार जब अस्ट्रेलियालाई देश पुनर्निर्माणको लागी आप्रवासीहरूको आवश्यकता पर्नेछ त्यति बेला उनीहरूले अस्ट्रेलिया बाहेकका राष्ट्रहरू छान्न सक्छन्।

उनले आप्रवासीहरूका लागी आकर्षक स्थानको रूपमा अस्ट्रेलिया नरहने सम्भावना भएको भन्दै सचेत गराएकी छिन्।

अस्ट्रेलियाका आप्रवासीहरूलाई सहायता प्रदान गर्न सङ्घीय सरकारले केही भिसा खुकुलो पार्नुका साथै सुपरएनुएसन पनि निकाल्न सक्ने व्यवस्था ल्याएको थियो।

तास्मानिया, भिक्टोरिया र एसिटीले पनि आ-आफ्नै व्यवस्था ल्याएका थिए।

“अस्ट्रेलियाले आफ्ना आप्रवासीहरूको हेरचाह गर्नु पर्छ किनभने उनीहरू बिना अस्ट्रेलियाको भविश्व निश्चित छैन,” डा एलन भन्छिन्।

Covid-19 Schools open Nepali Infographics
Source: SBS Nepali

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

covid-19.png


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now