SKIP TO MAIN CONTENT

नेपाली महिलाको समूहद्वारा पहिलो पटक अन्नपूर्ण-१ हिमालको किर्तिमानी आरोहण

Annapurna I Nepali women first climb
Source: Purnima Shrestha

६ जना नेपाली महिलाले पहिलो पटक अन्नपूर्ण हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएका छन्। फोटो पत्रकार पूर्णिमा श्रेष्ठको नेतृत्वमा दावा याङजुङ शेर्पा, दावा फुटी शेर्पा, शर्मिला तामाङ, माया शेर्पा र पासाङ ल्यामु शेर्पा गत शुक्रवार दिउँसो अन्नपूर्णको शिखरमा पुगेका हुन्। काठमान्डूबाट सेवा भट्टराईको रिपोर्ट।


Published

Updated

By सेवा भट्टराई

Source: SBS



Skip to podcast episode content

६ जना नेपाली महिलाले पहिलो पटक अन्नपूर्ण हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएका छन्। फोटो पत्रकार पूर्णिमा श्रेष्ठको नेतृत्वमा दावा याङजुङ शेर्पा, दावा फुटी शेर्पा, शर्मिला तामाङ, माया शेर्पा र पासाङ ल्यामु शेर्पा गत शुक्रवार दिउँसो अन्नपूर्णको शिखरमा पुगेका हुन्। काठमान्डूबाट सेवा भट्टराईको रिपोर्ट।


 निकै कठिन मानिने यो संसारको १० औं अग्लो हिमाल हालसम्म करिब ३०० जनाले मात्र आरोहण गरेका छन् र ८००० मिटर माथिका हिमाल मध्ये यसमा पर्वतारोहीको मृत्युदर सबभन्दा धेरै छ। 

 आरोहण गरिसकेपछि पत्रकार सम्मेलनमा पूर्णिमा श्रेष्ठ भन्छिन्, "सन् २०१९ मा हामी आमादाब्लाम चढ्यौँ, त्यो एकदम सुन्दर हिमाल भनेर, होस् अब हिमाल नचढ्ने, कति हिमाल चढ्ने भनेर कुरा भइरहेको थियो।"

"अनि दुई तीन जना शेर्पा गाइडले मलाई के भन्नुभयो भने अहिले तैँले आराम गर्नु हुँदैन, उमेरदार छस्, अझै गर्न सक्छस्।"

हिमाल आरोहण गर्नका लागि विशेष लुगा, जुत्ता, अक्सिजन लगायतका सामग्री पनि आवश्यक हुने भएकाले निकै खर्चिलो हुने गर्छ र लाखौँ रुपैयाँ जम्मा गर्नु हिमाल चढ्नु भन्दा गाह्रो भएको अनुभव बाँड्दै श्रेष्ठ अगाडी भन्छिन्, "दुइटा हिमालमा नेपाली महिला पुगेका छैनन्, अन्नपूर्ण र धौलागिरि…..अनि त्यसपछि दुई वर्ष सम्म मैले अन्नपूर्ण बाहेक केही पनि देखिन।"

"केही छैन, मान्छेमा सपना भन्ने कुरा त्यस्तो हुँदो रहेछ - कहिले जिम जाने, कहिले के गर्ने, सबै अन्नपूर्ण जानका लागि।"

तर पनि पछिल्लो दशकमा हिमाल आरोहण गर्ने महिलाको सङ्ख्या बढिरहेको छ।

 सन् २०१८ सम्म सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने महिलाको प्रतिशत १२ थियो भने त्यसपछि प्रत्येक वर्ष बढिरहेको छ।

Annapurna I Nepali women first climb
Source: Purnima Shrestha

 धेरै महिला पर्वतारोहीले महिलाको क्षमताको बारेमा सन्देश दिनका लागि यस्ता कठिन हिमाल चढ्ने गरेको बताउँछन्, र यस्ता आरोहणले अरू पर्यटकको पनि ध्यानाकर्षण गर्ने गरेको पाइन्छ।

 आफ्नो क्षेत्रको हिमाललाई प्रवर्द्धन गर्ने उद्देश्यले मनासलु हिमालबाट पर्वतारोहण सुरु गरेको पूर्णिमा श्रेष्ठ बताउँछिन्। त्यसपछि उनले सगरमाथा र आमादाब्लामको पनि आरोहण गरिसकेकी छिन्।

 महिला टोलीको यो आरोहणले सुस्ताएको पर्यटन क्षेत्रमा केही पर्वतारोहीको रुचि जाग्ने अपेक्षा गरिएको छ।

 कोरोनाका कारणले गत वर्ष सबै पर्वतारोहणका गतिविधिमा रोक लगाइएको थियो, र त्यसपछि यस वर्ष पर्यटन प्रवर्द्धन गर्नका लागि थुप्रै यस्ता गतिविधि भइरहेका छन्।

अस्ट्रेलियाको पछिल्लो समाचार तथा अन्य सामाग्री नेपाली भाषामा सुन्न हाम्रो पोडकास्टको नि:शुल्क ग्राहक बन्नुहोस्


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now